समाज

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

काठमाडौँ, प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ ।  यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिनेमा प्रतिबद्धता जनाए । एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेय खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो । “नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भइ निरन्तर लागेका छौँ, आगामी… पुरा पढौ

कास्की माछापुच्छ्रे धितालका दुग्ध व्यवसायीले ४ महिना देखि भुक्तानी पाएनन, सहकारीमा दुध दिनेको सङख्या घट्दो

दिननाथ बराल, पोखरा १, साउन, कास्कीको माछापुच्छ्रे, गाउँपालिका वडा नम्बर ६ धितालका दुग्ध किसानहरू यतिबेला निराश भएका छन्। स्थानीय धिताल दुग्ध उत्पादन सहकारी संस्थालाई दूध दिँदै आएका किसानहरूले केही समयदेखि आफ्नो भुक्तानी नपाउँदा उहाँहरू हाल निराश हुनु भएको हो । गाउँमा उत्पादन भएको दूधलाई सङ्कलन गरेर सहकारीले पोखराको लवकुश डेरी उद्योग प्रा.लि.लाई उपलब्ध गराउँदै आइरहेको छ । यद्यपि लवकुश डेरीले समयमै किसानको रकम भुक्तानी गर्न नसक्दा किसानहरु निराश हुनु भएको हो । लवकुश डेरी सञ्चालक सुस्मा पहारीले यतिबेला दूधको अफ्सिजन… पुरा पढौ

जनकवि केशरी धर्मराज थापाको पोखरामा स्मरण,महेन्द्र गुफामा शालिक, कृतित्व र व्यक्तित्वको चर्चा

पोखरा, जनकवि केशरी धर्मराज थापाको १सय १ औं जन्म जयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रमका विच स्मरण गरिएको छ।शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागीले राष्ट्रले चिनेको लोक सर्जकलाई अहिलेसम्म पनि आफ्नै क्षेत्रले उपयुक्त सम्मान दिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। जनकवि थापाको व्यक्तित्व र कृतित्वको बारेमा परिचर्चा गर्दै अधिकांश व्यक्तिले बाटुलेचौरको माटोमा जन्मिएर हुर्किएका जनकविलाई स्मरण गरेर मात्र नपुग्ने बताउँदै, उनको शालिक निर्माणमा जोड दिएका छन्। पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जनकवि केशरी धर्मराज थापा लगायतका यस… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो वर्ष भन्दा आधा अर्ब बढी राजस्व संकलन गर्यो, करदाता सहायता कक्ष सञ्चालन

दीननाथ बराल,पोखरा, १ साउन, आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो आर्थिक वर्षको तुलनामा गत बर्ष २०८१÷०८२ मा आधा अर्ब रुपैयाँले बढी राजस्व संकलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा कार्यालयले ६ अर्ब ८ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल हुँदा उक्त राजश्व अघिल्लो वर्षको तुलनामा ९.१२ प्रतिशत अर्थात ५० करोड ८७ लाख ले बढी रहेको कार्यालयले पोखराक्लिकलाई जनाएको छ । गत आर्थिक वर्षको लागि ७ अर्ब १९ करोड १७ लाख ७५ हजार रुपैयाँको लक्ष्य राखिएकोमा ८५… पुरा पढौ

पत्रकार रुद्र श्रीष सम्मानित, मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कायान्वयन गर्दा समुदायको सहयोग आवश्यक पर्छः मन्त्री थापा

पोखरा,साउन १, पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पुरस्कृत भएकाछन् । विहिबार पोखरामा आयोजित एक समारोहका बिच उनलाई सम्मानपत्रको साथमा नगद १५ हजार प्रदान गरिएको हो । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्धारा संरक्षित उक्त पुरस्कार प्रदान गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कायान्वयन गर्ने विधयेक पास भएता… पुरा पढौ

लिचीबगैंचा जग्गा विवादमा शाह परिवारको दाबी, अदालतको फैसला कार्यान्वयन गर्न माग

दीननाथ बराल,पोखरा, ३२ असार, पोखराको बहु चर्चीत लिचीबगैंचा क्षेत्रको करिब १ सय ३५ रोपनी जग्गा शाह परिवारले आफ्नो स्वामित्व रहेको दाबी गरेका छन् । पोखरा–१६ स्थित बाटुलेचौरको शाह परिवारको तर्फबाट बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत दुर्गादेवी शाह वादी रहेको जग्गा प्रकरणमा अदालतको फैसला कार्यान्वयनको माग समेत गरिएको छ । शाह परिवारका प्रतिनिधिहरू सुरज शाह र भिमसेन शाहका अनुसार गण्डकी अञ्चल अदालतको २०३९ सालको फैसला र पश्चिमाञ्चल क्षेत्रीय अदालतको पुनरावलोकन निर्णयको आधारमा उक्त जग्गा शाह परिवारको पक्षमा परेको छ।… पुरा पढौ

सराङकोट धाममा श्रावण विशेष कार्यक्रम हुने

पोखरा, सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा पोखरा महानगरपालिका वडा नं। १८ सराङकोटस्थित सराङकोट धाममा श्रावण महिना विशेष कार्यक्रम हुने भएको छ । आशुतोष भगवान सदाशिवको अत्यन्त प्रिय महिना श्रावण भएकाले श्रावण महिनामा परेको चार वटै सोमबार विशेष कार्यक्रम गरिने धामका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । प्रत्येक सोमबार शिवपुजन, रुद्राभिषेक, भजन कीर्तन, महाआरतीसहित विभिन्न कार्यक्रम हुनेछ । साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमिकालिका र भैरवको दर्शनसमेत… पुरा पढौ

चिनिया पर्यटकलाई लक्षित गरी पोखरामा आधारभुत चिनिया भाषा तालिम

पोखरा, ३२ असार, पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न गरिएको छ ।पोखरामा चिनिया पर्यटकहरूको आमगनलाई लक्षित गरी उनिहरूको आतिथ्यतामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो । पोखरामा आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचाली र पर्यटन व्यवसायलाई थप टेवा पु¥याउनका लागि तालिम उपयोगी बनेको विश्वास लिइएको उहाँले… पुरा पढौ

फेवातालको सीमा निर्धारण सम्पन्न, डेढ महिनामा गाडिए १ हजार ५५ पिल्लर

दीननाथ बराल,पोखरा, ३२ असार, सर्वोच्च अदालतको आदेश अनुसार पोखराको फेवातालको सीमाङ्कनपश्चात् तालको सिमानामा सीमा स्तम्भ गाड्ने कार्य सम्पन्न भएको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको संयुक्त पहलमा १ हजार ५५ वटा सीमा स्तम्भ गाडिएको महानगरले पोखराक्लिकलाई जनाएको छ । करिब ४५ दिनको अवधिमा सम्पन्न भएको सीमाङ्कन कार्यलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यले “ऐतिहासिक उपलब्धि” को रूपमा उल्लेख गर्दै यसमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबै निकायलाई आभार व्यक्त गर्नुभयो। उहाँले अब दोस्रो चरणको फेवाताल संरक्षण अभियान सुरु… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद परिषदमा सदस्य मनोनयन, अधिकांश कास्कीका

पोखरा,३२, असार, तीन महिनादेखि रिक्त रहेको गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य पदमा प्रदेश सरकारले नयाँ मनोनयन गरेको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा परिषदमा नयाँ सदस्य हालै नियुक्त गरिएको हो। नयाँ सदस्यहरूले सोमबार पोखरामा आयोजित कार्यक्रममार्फत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवं परिषद अध्यक्ष विन्दुकुमार थापाको उपस्थितिमा परिषदका सदस्य सचिव श्रीधर शर्माले शपथ गराएका हुन्। प्रदेश खेलकुद विकास ऐन २०७७ र नियमावली २०७८ अनुसार रिक्त पदमा नियुक्ति गरिएको सदस्यसचिव शर्माले… पुरा पढौ