समाज

एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, कुन खेलाडीले कुन विधामा पुरस्कार जिते ? (सूचीसहित)

पोखरा/कीर्तिपुर नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स पाँच बल बाँकी छँदै ८५ रनमै अलआउट भयो । झिनो लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमै ४ विकेटको क्षतिमा ८६ रन बनाइ उपाधि हात पार्‍यो । यससँगै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको उपविजेतामै सीमित भएको छ । पहिलो संस्करणको… पुरा पढौ

आइतबार पोखराको ड्यामसाइडमा चौथो संस्करणको विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने

पोखरा, २७ मंसिर, पोखराको ड्यामसाइड क्लबको आयोजनामा भोलि (आइतबार) पोखराको ड्यामसाइड स्थित माछापुच्छ«े प्रतिबिम्ब पार्कमा खुल्ला विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रमेश प्रसाद बरालले पोखराक्लिकलाई बताउनुभयो। प्रतियोगितामा विभिन्न बिद्यालयका करिब ४० जना प्रतियोगिहरु सहभागि हुने भएको उहाँले जनाउनु भयो । उक्त पार्कमा बिहान ११ बजेदेखि सुरु हुने प्रतियोगितामा करिब २ घण्टा जसो प्रतियोगीहरूले विभिन्न कलाकृतिमा चित्रहरू कोर्ने भएको अध्यक्ष बरालले जनाउनुभयो। त्यसैगरी कार्यक्रमका प्रमुख… पुरा पढौ

कोन सहकारीको २७ औं साधारण सभा सम्पन्न

पोखरा, २७ मंसिर, पोखरा महानगरपालिका वडा नं. १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै संस्थाका मानार्थ संरक्षक तथा पूर्व अध्यक्ष शरदकान्त सिग्देलले संस्थाको हितका लागि आँफू सधैं सहकार्य गर्न तत्पर रहेको बताए । उनले साधारण सभाले सदस्यहरूलाई आफ्ना जिज्ञासा राख्न सहज वातावरण सिर्जना गर्ने धारणा राखे । शेयर सदस्यहरूको सक्रिय सहभागिताले मात्र सहकारीको योजना अगाडि बढाउन सहज हुने संरक्षक सिग्देलको भनाइ थियो । कार्यक्रममा… पुरा पढौ

२६ औँ आदर्श कप माघको दोस्रो हप्तादेखि हुने

पोखरा, आदर्श युवा क्लब पोखरा–२९ भण्डारढिकले २५ औँ आदर्श कप २०८१ को आय–व्यय सार्वजनिक गर्दै २६ औँ आदर्श कप २०८२ को औपचारिक घोषणा गरेको छ । आगामी माघ ९ गतेदेखि १६ गतेसम्म भण्डारढिक रङ्गशालामा २६ औँ आदर्श कप आयोजना गर्न लागिएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले भण्डारढिक खेलमैदानसँग आफ्नो बाल्यकालदेखिको निकटता रहेको उल्लेख गर्दै यस खेलमैदानलाई वर्तमान अवस्थामा ल्याउन योगदान दिने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले खेलमैदानमा विभिन्न खेल गतिविधि सञ्चालन हुँदै आएको बताउँदै… पुरा पढौ

सिद्धार्थ बैंकद्वारा ‘ग्रासरुट टेनिस’लाई सहयोग

पोखरा, २७ मंसिर, सिद्धार्थ बैंकले गण्डकी प्रदेश टेनिस संघद्वारा सञ्चालित ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो । गण्डकी प्रदेश टेनिस संघले विगत दुई वर्ष देखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको सो प्रशिक्षण कार्यक्रम गरिव तथा विपन्न वर्गका बालबालिकाहरुलाई लक्षित गरेको गण्डकी प्रदेश टेनिस संघका महासचिब नविन चालिसेले बताएका छन् । सिद्धार्थ बैंकले हरेक वर्ष २ लाख सहयोग गर्दै आएको बताउँदै महासचिब चालिसेले यो सहयोग गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको… पुरा पढौ

प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शुरु

पोखरा, पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयको खेल उत्सव शनिबारदेखि पोखरा रंगशाालामा शुरु भएको छ ।आइतबारसम्म संचालन हुने उत्सवमा ५०,१००, २००,४००,८००, मिटर दौड, छात्र÷छात्रा रिले दौड ,हाइजम्प छात्र÷छात्रा, लङ्गजम्प लगायतका खेल सम्पन्न भएको विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिए । फुटबल ,ह्याण्डबल छात्र÷ छात्रा ,वास्केटवल छात्र÷ छात्रा , व्याडमिण्टन छात्र÷ छात्रा सिङ्गल एण्ड डवल तर्फ पहिलो चरणका खेल सम्पन्न भएका छन् । कक्षा ४ र ५ को रिले छात्रा तर्फ आस्था गुरूङ,संस्कृति आचार्य,दिती बानिया, स्वस्तीका सुनार प्रथम,प्रार्थना राना,सम्भवी काफ्ले,अमना… पुरा पढौ

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

पोखरा, मङ्सिर २७, पोखरा–१०, बुद्धचोकस्थित सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकलासम्बन्धी दुईहप्ते तालिम शनिवार सम्पन्न भएको छ । तालिममा अनुपम म्युजिक तथा कास्की मल्टिमिडियाका प्रबन्ध निर्देशक अनुराग अधिकारीले सहजीकरण गरेका थिए । अधिकारीले आफूले विद्यार्थीको चाहना, आवश्यकता र क्षमतालाई मध्यनजर राखेर प्रशिक्षण गरेको अनुभव सुनाए ।विद्यालयका संस्थापक तथा निर्देशक खिमबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्रकी प्रमुख शान्ति गुरुङले सोसल पब्लिकले विद्यार्थीलाई जीवन सिकाउने अभियान सञ्चालन गरेको भनाइ राखिन् । विद्यार्थीको प्रतिभा उजागर गर्नका लागि यस्ता… पुरा पढौ

आइटिएफ जे३० वर्ल्ड टेनिस टुरमा नेपाली सिभालीलाई दोहोरो उपाधि सहित इतिहास रच्न सफल

पोखरा, २७ मंसिर, नेपाली खेलाडी सिभाली गुरूङले टेनिस खेलमा इतिहास रच्न सफल भएकी छन् । पोखरामा शनिबार सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि जित्दै आफ्नो उमेर समुहमा इतिहास रच्न सफल भएकी हुन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा समेत सिभालीले दोहोरो उपाधि जितेकी थिइन् । १४ वर्षको उमेरमा नै गर्ल्स सिंगल्स र डबल्समा जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै आफूले ७५… पुरा पढौ

एनपीएल फाइनल आज ः सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिड्दै

काठमाडौं २७, मंसिर, काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै पहिलो पटक फाइनलमा स्थान सुरक्षित गर्‍यो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो। दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा… पुरा पढौ

पोखरामा शुक्रबार मौरी तथा मह मेलामा मह किन्नेको भिड (भिडियो सहित), पोखरामा धेरै मौरी पालन गर्ने किसान पाचागाईलाई नगद १० हजार सहित सम्मान

दीननाथ बराल, पोखरा, २६ मंसिर, पोखरामा धेरै मौरी पालन गर्ने कृर्षक सम्मानबाट यस बर्ष पोखरा ३३ का गोविन्द चापागाई नगद सहित सम्मान गरिएको छ । पोखरा १६ बाटुलेचौरमा शुक्रबार आयोजना भएको मौरी तथा मह मेला–२०८२ को अवसरमा आयोजना भएको उक्त अवसरमा एग्रो फर्मका संचालक चापागाईलाई नगद सहित सम्मान गरिएको हो । https://www.youtube.com/watch?v=jXdkfP-Tn58 पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिम्सिना, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले २ सय घार मौरी पालन गर्नु भएका… पुरा पढौ

This will close in 20 seconds