समाज

खेलकुदमा हुने अनावश्यक राजनीति र लामो भाषणलाई रोक्न गण्डकी प्रदेश खेलकुद परिषदद्वारा आचारसंहिता लागू

दीननाथ बरालपोखरा , गण्डकी प्रदेशमा खेलकुद कार्यक्रमहरूमा वर्षौंदेखि दोहोरिएको लामो आसन ग्रहण, अतिथिको भीड, माला–खदा वितरण र अन्तहीन भाषणको संस्कार अन्त्य गर्न प्रदेश खेलकुद परिषद गण्डकीले औपचारिक रूपमा आचारसंहिता २०८२ लागू गरेको छ। प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ४५(१) बमोजिम तयार पारिएको ‘गण्डकी प्रदेश खेलकुद प्रतियोगितामा आसन ग्रहणको प्राथमिकता क्रम निर्धारण तथा पालना गर्नुपर्ने आचारसंहिता–२०८२’ आज (बिहीबार) बाट लागू भएको सदस्य–सचिव श्रीधर शर्माले पोेखराक्लिकलाई जानकारी दिनुभयो। राजनीतिलाई भन्दा खेलकर्मीलाई प्राथमिकता सदस्य–सचिव शर्माका अनुसार अब खेलकुद कार्यक्रमको केन्द्रमा खेलाडी,… पुरा पढौ

निर्वाचन आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस, प्रदेशमा १६ लाख ६२ हजार २ सय ४६ मतदाता

पोखरा, २५ मंसिर, निर्वाचन आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले बिहीबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको १९ औं वार्षिक प्रतिवेदन पेस गर्नुभयो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन पेस भएको हो ।प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गर्नुभयो । प्रदेश निर्वाचन अधिकारी ढकालले फागुन… पुरा पढौ

आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा ः सेमीफाइनल समिकरण पुरा

पोखरा, २५ मंसिर, कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कम्प्लेक्समा जारी आईटीएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–२ को चौथो दिन रोमाञ्चक खेलहरुसँगै सेमीफाइनल समिकरण पुरा भएका छन् । सम्पन्न खेलमा नेपाली गल्र्सतर्फ शिभाली गुरूङ बाहेक अन्य खेलाडीहरु सेमीफाइनलमा स्थान बनाउनबाट चुकेका छन् । जारी दोस्रो सर्किटमा समेत सिभालीले डबल्सतर्फ समेत उपाधि भिडन्त पक्का गरेकी छन् । ब्वाइज सिंगल्स क्वाटरफाइनलमा टिङ–हो याङ (ताइपेई)ले यांशुओ पान (चीन) लाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनका जियालियाङ… पुरा पढौ

‘लेखनाथ महोत्सवको झाँकी र्याली नै यसको विशिष्ट पहिचान हो’–संयोजक प्रकाशलाल श्रेष्ठ

लेखनाथ, २५ मंसिर, लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा÷महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं समुदायहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन । हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती यहाँका विभिन्न जातजाती र समुदायको अपनत्व कस्तो छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिका संयोजक प्रकाशलाल श्रेष्ठ… पुरा पढौ

कास्कीका ५ पालिका मध्य पोखरा महानगरमा आत्महत्याको सङख्या बढ्दो सचेतना र मनोपरामर्श गर्न सुझाव

दीननाथ बराल, पोखरा २४, मंसिर, कास्कीका ५ पालिका मध्य पोखरा महानगरपालिकामा आत्महत्याको सङख्या बढ्दो रुपमा रहेकोले यसै सम्बन्धि सचेतना र मनोपरामर्श गर्न बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । कोसिस नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘आत्महत्या रोकथामका लागि पत्रकार निर्देशिका–२०८०’ सम्बन्धी पत्रकारसँगको छलफलमा सहभागीहरूले कास्कीका पालिकाहरु मध्य पोखरामा बढी आत्महत्याको दर बढी भएकोले यसलाई नियन्त्रण गर्न टोल देखि वडा हुदै सचेतना तथा मनोपरामर्श दिनुपर्नेमा सुझाव दिनु भएको हो । https://www.youtube.com/watch?v=F4oemYCuRdM आत्महत्याका घटनालाई सनसनीपूर्ण शीर्षक, विस्तृत विवरण… पुरा पढौ

संघीय सरकारले प्रहरी समायोजनदेखि वन, राजस्व, भूमिहीन र अधुरा आयोजना पूरा गर्नुपर्ने गण्डकी प्रदेश सरकारको माग

दीननाथ बराल,पोखरा, २४ मंसिर, गण्डकी प्रदेश सरकारले प्रहरी समायोजनदेखि वन, राजस्व, भूमिहीन, लगायतका अधुरा आयोजना पूरा गर्न संघिय सरकार समक्ष माग गरेको छ । प्रदेश विकास समस्या समाधान समितिको बुधबार पोखरामा बसेको १३ औं बैठकले प्रहरी समायोजन, वन क्षेत्रको अधिकार, बजेट फुकुवा, दोहोरो संरचना खारेजी, राजस्व संकलन, भूमिहीन समस्याको समाधान लगायतका विषयलाई अब तत्काल सम्बोधन गर्न संघीय सरकार संग आग्रह गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेशले संघीयता व्यवहारमा अवरुद्ध भएका प्रमुख अधिकार… पुरा पढौ

आइटिएफ वल्र्ड टेनिस टुर पोखरा ः राउन्ड अफ १६ मा रोमाञ्चक नतिजा

पोखरा, मंसिर २४, आइटिएफ जे–३० वल्र्ड टेनिस टुर पोखरामा ब्वाइज’ सिंगल्सको राउन्ड अफ १६मा अत्यन्तै प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् । शीर्ष सिडिङ प्राप्त खेलाडीहरूले कठिन संघर्षपछि अन्तिम आठमा स्थान बनाए भने नेपालका दुई खेलाडीले पनि प्रभावशाली प्रदर्शन गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएका छन् । शीर्ष शिडिङ ताइवानका टिङ–हो याङले भारतका प्रतीक शोरण विरुद्ध खराब सुरुआतपछि कमब्याक गर्दै ०–६, ६–३, ६–२ ले जित निकाल्दा चीनका यान्सुओ पानले भारतका शशांक कर्णाटी विरुद्ध ६–२, ६–३ ले जित दर्ता गरे । भारतका… पुरा पढौ

शनिबार पोखरामा स्वप्निल शर्माको लाइभ प्रस्तुती

पोखरा, २४ मंसिर, शनिबार पोखरामा गायक स्वप्निल शर्माको ब्राण्ड स्वरको लाइभ प्रस्तुती हुने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट बारमा लाइभ प्रस्तुतीको तयारी भएको छ । युवा पुस्ताका माझ गायक स्वप्निल शर्मा चर्चित छन् । स्वप्निलको आवाज, उनको भावनात्मक प्रस्तुति र गहिरो गीतलेखन शैलीले उनलाई नेपाली युवा पुस्ताबीच प्रिय गायकका रुपमा चिनिन्छन् । २००० को दशकबाट उनी गायन क्षेत्रमा संलग्न भए । “हिँड्ने मान्छे लड्छ“, “प्रकृति“, “साथी“, “भूलमा भुल्यो“ जस्ता गीतहरूले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो । यी… पुरा पढौ

एन प्याब्सन कास्कीको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव शुरु

पोखरा, नेसनल प्याब्सन, कास्कीको आयोजनामा बुधबार देखि दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव– २०८२ शुरु भएको छ ।महोत्सव मंसिर २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्ने छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ । बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु,… पुरा पढौ

लेखनाथ महोत्सवमा रु ५० को टिकट किन्दा १०० को फाईदा

लेखनाथ, मंसिर २४ , यहि पुस ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने २१ औं लेखनाथ महोत्सवमा दर्शकहरुले रु ५० को टिकट खरिदमा रु १०० बराबरको फाईदा लिन सक्नेछन । आयोजकले अनलाईन सपिङ प्लेटफर्म पसल डट कमको सहकार्यमा महोत्सव अवलोकन गर्ने दर्शकहरुका लागी यो अफर योजना ल्याएको हो । यस योजना अन्र्तगत दर्शकहरुले आफुले खरिद गरेको रु ५०, १०० वा २०० जुनसुकै टिकटको अर्धकटृी महोत्सवभित्र रहने पसल डट कम को स्टलमा लगेर प्रदान गरेपछि त्यसवापत एउटा क्यू आर कोड प्राप्त गर्नेछन… पुरा पढौ

This will close in 20 seconds