
दीननाथ बराल,
पोखरा २४, मंसिर,
कास्कीका ५ पालिका मध्य पोखरा महानगरपालिकामा आत्महत्याको सङख्या बढ्दो रुपमा रहेकोले यसै सम्बन्धि सचेतना र मनोपरामर्श गर्न बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । कोसिस नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘आत्महत्या रोकथामका लागि पत्रकार निर्देशिका–२०८०’ सम्बन्धी पत्रकारसँगको छलफलमा सहभागीहरूले कास्कीका पालिकाहरु मध्य पोखरामा बढी आत्महत्याको दर बढी भएकोले यसलाई नियन्त्रण गर्न टोल देखि वडा हुदै सचेतना तथा मनोपरामर्श दिनुपर्नेमा सुझाव दिनु भएको हो ।
आत्महत्याका घटनालाई सनसनीपूर्ण शीर्षक, विस्तृत विवरण र बारम्बार दोहो¥याएर प्रस्तुत नगर्न सहभागिहरुले आग्रह समेत गर्नु भएको छ । आत्महत्या रोकथाममा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने भएकाले संवेदनशील ढंगले समाचार प्रकाशन–प्रसारण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । कार्यक्रममा मनोविद विजय राईले सहजीकरण गर्नुभएको थियो । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल र मनोपरामर्शदाता सम्झना पौडेलले समाचार मार्फत आत्मघाती व्यवहारलाई निरुत्साहित गर्न सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । साथै आम नागरिकदेखि स्थानीय तहसम्म आत्महत्या रोकथामबारे सचेतना विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।
गत बर्ष कास्कीमा १ सय ४९ जनाले आत्महत्या गरेका छन् । त्यसै गरी कास्कीका ५ वटा पालिका मध्य पोखरा महानगररमा सबै भन्दा बढी आत्महत्या भएको तथ्याङकले देखाएको छ । कास्कीका ५ पालिका मध्य पोखरा महानगरमा गत बर्ष १ सय २५ जनाले आत्महत्या गरेकाछन भने सबै भन्दा कम रुपा गाउँपालिका र माछापुच्छ«े गाउँपालिकामा ५÷५, मादी गाउँपालिकामा ६ र अन्नपूर्ण गाउँपालिकामा भने ८ जनाको आत्महत्या भएको उक्त कार्यक्रममा सो तथ्याङक सार्वजनिक गरिएको हो ।




