समाज

ऐतिहासिक टुँडिखेल तीज महोत्सव सुरु, शुसासन कायम गर्ने एउटा नयाँ अभियानमा छौः अध्यक्ष प्रचण्ड

पोखरा ६ भाद्र, नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ को उद्घाटन गदै प्रचण्डले सो कुरा बताएका हुन् । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले… पुरा पढौ

पोखराको गण्डकी बोर्डिङ स्कुलका विद्यार्थी एकाएक बिरामी

दीननाथ बराल,पोखरा ६, भदौ, पोखराको गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरू एकाएक बिरामी हुनु भएको छ । विद्यालयमा हिजो (बिहिबार) बिहानबाट दिउँसो हुदै बेलुकासम्म ३ पटक खाजा तथा खाना खानु भएको विद्यार्थीहरू बेलुका देखि एकाएक बिरामी हुनु भएको हो । गण्डकी बोर्डिङमा करिब ५ सय जना बिद्यार्थीहरु आवासीय छात्र–छात्रा रहेकामा ५० प्रतिशत भन्दा बढी विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय र अभिभावक माझ ठूलो त्रास फैलिएको छ । विहिबार बेलुकाबाट बिहानसम्म धेरै बिद्यार्थीहरुमा एकाएक पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी हुने, उल्टी हुने,… पुरा पढौ

केन्द्रसंग सघर्ष गरेर स्थापना गरेका कार्यालय हटाउने प्रदेश सरकारलाई मन्त्रालयको सङख्या घटाउन मन्त्री गुरुङको चुनौती

दीननाथ बराल,पोखरा ६, भदौं नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रसंग सघर्ष गरेर स्थापना गरेका कार्यालय हटाउने गण्डकी प्रदेश सरकारलाई मन्त्रालयको सङख्या घटाउन चुनौती दिनु भएको छ । प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएका मन्त्री गुरुङले राजश्व बृद्धि गरी भएका कार्यालयलाई ब्यबस्थित पार्नु भन्दा हटाउनु त केही मर्ज गर्ने सरकारले अब ५,६ मन्त्रालयमा झान चुनौती दिनु भएको हो । उहाँले गण्डकी प्रदेश सरकारलाई जिल्लामा पुगेका कार्यालयहरु… पुरा पढौ

जीवनदान र विश्वबन्धुत्व सहित ब्रह्माकुमारीको राष्ट्रव्यापी रक्तदान अभियान प्रारम्भ, एक लाख यूनिटक रंक्त संकलन गर्ने अभियान

पोखरा, ६ भाद्र, विश्वबन्धुत्व र मानव एकताको सन्देश फैलाउने उद्देश्यका साथ प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको केन्द्रीय कार्यालय, फुलबारी पोखराद्वारा राष्ट्रव्यापी रक्तदान अभियानको शुभारम्भ गरिएको छ। पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापा प्रमुख अतिथि हुनुहुन्थ्यो भने राजयोगिनी ब्र.कु.गोमा दिदीले अध्यक्षता गर्नुभएको थियो। उक्त कार्यक्रममा पोखरा–११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, रक्तसञ्चार समिति कास्कीका अध्यक्ष दण्डराज शर्मा, वरिष्ठ पत्रकार कृष्ण बास्तोला र ८२ पटक रक्तदान गरिसक्नुभएका सामाजिक अभियन्ता… पुरा पढौ

इक्यान कास्कीको तीज ः शैक्षिक परामर्शमा महिला सहभागितामा जोड

पोखरा, ५ भदौ, नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० कास्कीले बिहीबार पोखरामा तीज उत्सव मनाएको छ । तीज उत्सव कार्यक्रममा बोल्ने वक्ताले शैक्षिक परामर्शको क्षेत्रमा महिला नेतृत्व र सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारीले शैक्षिक परामर्शदाताका रुपमा महिला सहभागिता वृद्धि गर्न र संस्थागत नेतृत्वमा पनि महिलालाई पु¥याउन इक्यान कास्कीले भूमिका खेल्नुपर्ने बताइन् । ‘इक्यान कास्कीले शैक्षिक क्षेत्रमात्र नभइ अन्य सामाजिक क्षेत्रमा उत्तरदायित्व बहन गर्दै आइरहेको छ,’ उनले भनिन्, ‘अब विदेश पढ्न… पुरा पढौ

लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीद्धारा पार्दी माविमा सिसिटिभी क्यामेरा जडान

पोखरा, लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले पार्दी माध्यामिक विद्यालयमा सिसिटीभी क्यामेरा जडान गरेको छ । आई टी ब्यवसायीहरु आवद्ध लायन्स क्लब अफ इन्फर्मेशन टेक्नोलोजीले पोखरा १७ मुस्ताङचोकमा रहेको पार्दी माध्यामिक बिद्यालयमा जडान गरेको सिसिटिभी क्यामेरा एक कार्यक्रमका बीच बिद्यालयलाई हस्तान्तरण गरेको हो । बिहीबार एक कार्यक्रमका बीच पार्दी माध्यामिक बिद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर ढकाल र विद्यालयका प्रध्यानाध्यापक वामदेव पौडेललाई विद्यालयमा जडान गरिएको सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको हो ।सिसिटिभी क्यामेरा हस्तान्तरण गर्दै लायन अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आई नेपालका… पुरा पढौ

प्रोटोन नेपालको नयाँ किर्तिमान, पोखरामा १० वटा इमास ७ को सामूहिक हस्तान्तरण

पोखरा, नेपालमा प्रोटोन मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा ग्राहकहरूलाई १० प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभीको सामूहिक हस्तान्तरण गर्दै नयाँ किर्तिमान बनाएको छ । यो विशेष हस्तान्तरण समारोहमा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ व्यवस्थापन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसले नेपालको विद्युतीय सवारीसाधन बजारमा प्रोटोनको बढ्दो उपस्थिति देखाएको छ । पोखरामा आयोजित उक्त कार्यक्रमले प्रोटन इमास ७ प्रति ग्राहकहरूको अपार विश्वास देखिएको छ, जो पूर्ण रूपमा विद्युतीय एसयूभी हो, जसले स्टाइल, प्रदर्शन, अत्याधुनिक प्रविधि, दीर्घकालीन किफायतपन र आत्मसन्तुष्टिलाई एकसाथ… पुरा पढौ

गोरखाले जित्यो गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि

पोखरा, एपोलो पेन्ट्स प्रिजेन्ट्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि गोरखाले जितेको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवं प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको प्रतियोगिताको उपाधि गोरखाले जितेको हो । उपाधिसँगै गोरखाले ५५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र हात पा¥यो । कास्कीले दोस्रो र पर्वतले तेस्रो स्थान हासिल गरे । दोस्रो हुने कास्कीले ३३ हजार ३३३ र तेस्रो हुने पर्वतले २२ हजार २२२ रुपैयाँ प्राप्त गरे । बागलुङ र… पुरा पढौ

सराङकोट तीज मेलाको तयारी अन्तिम चरणमा

पोखरा, ५ भदौं, पोखरा–१८, सराङकोटधाममा हुने तीजमेलाको तयारी अन्तिम चरणमा पुगेको छ। त्यहाँ सराङकोट धार्मिक क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा ८, ९ र १० भदौंमा मेला हुँदैछ ।मेलाको पोखरा महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय भएको छ । मेला सम्पन्न गर्न धार्मिक क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा ८५ सदस्यिय मूल समारोह समिति एवम् २७ सदस्यिय सचिवालय व्यवस्थापन समिति गठन गरि कार्य अगाडि बढाइएको छ।जसको उपाध्यक्षद्वयमा उमनाथ चपाई र मीनबहादुर थापा, महासचिवमा शम्सेरबहादुर थापा तथा… पुरा पढौ

संगठन विस्तार र उत्पादनमा जोड्न अध्यक्ष प्रचण्डको आग्रह,(भिडियो सहित) बृहत सडक आन्दोलन गर्ने

दीननाथ बराल, पोखरा, ५ भदौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले संगठन विस्तार र उत्पादन वृद्धिमा जोड दिनु भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) गण्डकी प्रदेश समितिले पोखरामा विहिबार आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता कार्यकर्ता सहित मजदुरहरुलाई संगठन विस्तार र उत्पादनमा जोड्न आग्रह गर्नु भएको हो । https://www.youtube.com/watch?v=CAg_EaGp4TA माओवादी केन्द्रलाई फेरि एकीकृत गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “गणतन्त्र र समाजवादलाई संस्थागत गर्नका लागि एउटा संकल्प,… पुरा पढौ