
पोखरा,
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा फेरी मुल्य घटाएको छ । घटाएको मूल्य भने शुक्रबार बिहान १ः०० बजे देखि लागु हुने भएको निगमनले जारी गरेको सूचनामा उल्लेख छ ।
निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेको छ । त्यसै गरी डिजेल र मट्टितेलमा भने प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको छ ।निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम रहेको निगमले पोखराक्लिकलाई जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार नेपालमा मूल्य समायोजन गरिएको हो ।




