
काठमाडौं, पुस २०,
पोखरामा यसपल्टको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड हुने भएपछि एउटा प्रश्नले सबैलाई आकर्षित गर्ने नै छ र यो हो, गण्डकीका खेलाडीले अहिलेसम्म कतिपल्ट यो कार्यक्रममा जित चुमेका छन् होला त ?
यो प्रश्नको एउटा भावनात्मक उत्तर के हो भने यो अवार्ड धेरै पल्ट जित्नेमा गण्डकीका खेलाडी पनि अगाडि छन् । गणितीय आधारमा यसको ठ्याक्कै उत्तर हो, १३ पल्ट । निश्चित छ, अबको दिनमा यो संख्या अझ बढ्नेछ । गण्डकीले नेपाली खेलकुदका लागि एकसेएक खेलाडी जन्माइरहेको स्थितिमा यो क्षेत्रले यति धेरै अवार्ड जित्नु स्वभाविक पनि हो । यही होडमा सबैभन्दा अगाडि आउने खेलाडीको नाम हो, भलिबलकी अरुणा शाही र फुटबलकी सावित्रा भण्डारी । यस्तो किन भन्दा उनीहरूले दुई दुई पल्ट यो अवार्ड जितेका छन् । अरुणाले ती दुवै अवसरमा उनले भनेकी छिन्, ‘दुवै अवसरमा यो अवार्डले मलाई अझ राम्रो खेलाडी बन्न प्रेरित गरेको छ ।’

अरुणाले सबैभन्दा पहिले ०७६ सालमा पिपुल्स च्वाइस अवार्ड जितेकी थिइन् । त्यसपछि उनले ०७८ मा वर्षकै उत्कृष्ट महिला खेलाडीको अवार्ड जितिन् । यस्तै सावित्राले ०७५ मा वर्षकी उत्कृष्ट महिला खेलाडी बनिन् भने वर्ष ०७७ मा त झन दशककै उत्कृष्ट महिला खेलाडी रहिन् । त्यति बेला सावित्राले यो अवार्डको आयोजक संस्थालाई खुबै भावुक बनाएकी थिइन् । उनी भन्थिन्, ‘नेपाल खेलकुद पत्रकार मञ्च छ र मलाई राम्रो खेल्न प्रेरणा मिलिरहन्छ ।’ पिपुल्स च्वाइस अवार्ड त्यस्तो विधा हो, जहाँ एक प्रकारले गण्डकीका खेलाडीको बाहुल्यता छ भन्दा हुन्छ। यो क्रम सुरुगर्ने पहिलोखेलाडी हुन्, पोखराको आफ्नै मञ्जु गुरुङ । अझ ठ्याक्कै भन्दा भलिबलकी मञ्जु नै यो विधा सुरु भएयता यसलाई जित्ने पहिलो ऐतिहासिक खेलाडी हुन् र यो वर्ष थियो ०६६ । त्यसपछि वर्ष ०६८ मा भलिबलकै सिपोरा गुरुङले यो अवार्ड जितिन् । उसुकी झरना गुरुङले वर्ष ०६९ मा यो क्रमलाई अगाडि बढाइन् ।
त्यसपछि एकै पल्ट अरुणा यो विधामा सफल सावित भएकी हुन् । पछिल्लो पटक भलिबलकै उषा भण्डारीले यो अवार्ड जितिन् र वर्ष थियो०७८ । यसरी गण्डकीका पाँचखेलाडीले पिपुल्स च्वाइस अवार्ड जित्न सफल रहेका छन्र संयोगले ती सबै महिला नै रहेकाछन्। अनित्यसमध्ये चारअवसरमा भलिबलका खेलाडी विजयी रहे।
भारोत्तोलनकी तारा पुनले वर्ष०६८ मा महिलातर्फ को उत्कृष्टखेलाडी अवार्ड जितिन्। यही विधामा ब्याडमिन्टनकी शोभा गौचन वर्ष ०७४ मा उत्कृष्ट रहिन् । यसरी अवार्ड कार्यक्रमकै सबैभन्दा महत्वपूर्णमध्ये एक उत्कृष्ट महिला खेलाडीको पुरस्कार पाँच अवसरमा गण्डकीका खेलाडीले जितेका छन्। पुरुषतर्फ योअवसर पाउने गण्डकीका एकै खेलाडी युकेश गुरुङ रहेका छन्।प्याराग्लाइडिङका यी खेलाडीले योअवसर वर्ष०७५ मा पाए। त्यही वर्ष उनकै प्रशिक्षक योगेश भट्टराई उत्कृष्ट प्रशिक्षक घोषित भए, जुन अपेक्षित नै थियो ।
वर्ष ०७४ मा क्रिकेटका करण केसीले स्पेसल अवार्ड पाएका थिए । यो विधामा अन्य दुईले पनि गण्डकीको प्रतिनिधित्व गर्दै अवार्ड जितेका छन् । अझ पोखराले त यी दुवैलाई आफ्नो भएकोमा गर्व महसुस गर्नु पर्नेछ । त्यसमा एक भयो, आहा रारा गोल्डकप आयोजना गर्दै आएको सहारा क्लब भयो । सहाराले वर्ष ०६४ मा यो पुरस्कार हात पारेको थियो । अनि वर्ष ०७९ मा यही अवसर फोटो पत्रकार सुदर्शन रञ्जितले पाए । सबैका सुदर्शन दाई गण्डकीका एक्ला त्यस्ता विजेता रहेका छन्, जसको परिचय खेलाडी होइन् । तर नेपाली खेलकुदमा उनको योगदान कहाँकम छर? अब अर्को प्रश्न, यसल्टको अवार्ड कार्यक्रम पोखरामै हुने शौभाग्य मिलेको बेला गण्डकी क्षेत्रका कतिले पुरस्कार जित्ने छन् त ? यो प्रश्नले यसपल्टको अवार्डलाई अझ कौतुलहतापूर्ण र रोमाञ्चक बनाउने छ । अब त यसका लागि धेरै दिन पनि त प्रतीक्षा गर्नु पर्ने छैन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा स्पोर्ट्स अवार्ड आयोजना भइरहेको हो। मञ्चका अध्यक्ष निरञ्जन अधिकारी संयोजक र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था सहसंयोजक रहेको मूल आयोजक समितिले आयोजनाको काम गरिरहेको छ।




