
पोखरा, १९ पुस,
कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले पछिल्लो समयमा अनलाइन ठगिका घट्ना भयाभह रुपमा बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कास्कीमा एक वर्षमा अनलाइनबाट १९ करोड रुपैया ठगि भएको बताए ।
एसपी कार्कीले अनलाइन ठगिलाई रोक्नका लागि प्रहरी, सामुदायीक प्रहरी र स्थानीय लाग्नु पर्ने बताए । अनलाइन ठगिमा जाने बुझे कै व्यक्ति ठगिएको बताउदै त्यसलाई रोक्नका लागि सबै सचेत हुनु पर्ने बताए । एउटै व्यक्ति अनलाइन मार्फत १ करोड २१ लाख सम्म ठगिएको उजुरी आएको उनले सुनाए । घर छेउको छिमेकीलाई सापटी नदिनेहरु चिन्दै नचिनेका व्यक्तिलाई लाखै रुपैया दिने गरेको एपपी कार्कीको भनाई छ । जान्ने मानिसहरु नै प्रलोभनमा परेर फस्ने गरेको उनको भनाई छ । एसपी कार्कीले लेकसाइड क्षेत्रमा सवारी साधनका कारण धेरै जाम हुन थालेको बताए । त्यसको निराकरणका लागि पर्यटन व्यवसायी, प्रहरी र सामुदायीक प्रहरीले छलफल गरेर अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले फेवाताल संरक्षणका लागि वडा कार्यालय लागेको बताए । उनले फेवातालमा पुरिएको माटो झिक्ने काम अगाडी बढेको बताउदै विकास निमार्णमा कतिपय व्यक्तिले मुद्धा मामिला गरे काम रोक्ने गरेको बताए । त्यसले गर्दा विकासका काम अगाडी बढ्न ढिलाइ हुने गरेको बताए ।
कार्यक्रममा सामुदायक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सामुदायीक प्रहरी सेवा केन्द्रकी अध्यक्ष कुमारी मुना बास्तोला, वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेल, महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बबिता मल्ल लगाएतले शुभकामना दिए । उनीहरुले फेवाताल संरक्षणका लागि सबै एक जुट भएर आगडी बढ्नु पर्ने बताए । फेवातालको सिरानको सिमसार क्षेत्र पुर्नेलाई रोक लगाउनु पर्ने बताए । साधारणसभामा सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाका अध्यक्ष ठाकुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनिल थापाले स्वागत, सचिब शान्ता तिमिल्सिनाको महासचिबको प्रतिबेदन, कोषध्यक्ष निर्मला थापाको कोषाध्यक्षको प्रतिबेदन पारिद गरेको छ ।




