समाज

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपत लिनु भयो

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिनु भएको छ ।उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनु भएको हो । शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मञ्चमा रहनु भएको थियो भने कार्यक्रममा विभिन्न देशका राजदुत तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सभामुख, उपसभामुख एवं प्रमुख विपक्षी दलका नेताहरु समेत मञ्चमा देखिनु भएन् ।दर्शकदीर्घाको अघिल्लो पङ्तीमा कार्कीका श्रीमान् दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रासपाका नेता, मुख्यसचिव, प्रधानसेनापति कुटनीतिक नियोगका… पुरा पढौ

नेपालको इतिहासमै पहिलो महिला सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं, २७ भदौ, नेपालको इतिहासम्मै पहिलो पटक महिला प्रधानमन्त्री नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ को व्यवस्था कार्यान्वयन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । युवा (जेन–जी) आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीलाई राष्ट्रपति पौडेलले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच नियुक्तिपत्र प्रदान गरेका हुन् । नयाँ संविधान जारी भएपछि अहिलेसम्म बनेका सबै सरकारहरू संविधानको धारा–७६ अनुसार गठन भएका थिए । तर, यसपटक प्रधानमन्त्री नियुक्तिको प्रक्रिया संविधानको धारा–६१ अनुसार गरिएको छ । नेपालको संविधानको… पुरा पढौ

होटल क्षेत्रमा मात्र तीन अर्ब रुपैयाँ क्षति

पोखरा, २७ भदौ, हालै भएको जेन–जी आन्दोलनपछिका हिंसात्मक घटनाको क्रममा पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा तीन अर्ब रुपैयाँ बढीको सम्पत्ती नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ । होटल संघ पोखरा नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमणको क्रममा तोडफोड तथा आगजनी हुँदा सो परिमाण बराबरको क्षति भएको उल्लेख गरिएको हो । विज्ञप्तिमा भनिएको छ, यस प्रकार पर्यटकीय प्रतिष्ठान माथि भएका घटनाको निष्पक्ष छानविन गरी उचित क्षतिपूर्ति दिलाउन सरकार लगायत इन्सुरेन्स कम्पनी र… पुरा पढौ

कास्कीका कैदीबन्दी आफ्नो सामान लिएर फर्किन थाले (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २७ भदौ, कास्की कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरू पुनः कारागार फर्किन थालेका छन्। मंगलबार बेलुका आन्दोलनकारीहरूले कारागार तोडफोड गरेपछि कारागार प्रशासनले चाबी खोल्न बाध्य भई करिब ७७३ जना कैदीबन्दी बाहिर निस्केका थिए। https://www.youtube.com/watch?v=yKcO6oetXjs जेलर राजेन्द्र शर्माका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म ४० जना कैदीबन्दी स्वेच्छिक रूपमा फर्किइसकेका छन्। उनीहरूले करिब दुई सय जना अझै प्रत्यक्ष सम्पर्कमा रही क्रमशः फर्किने जानकारी समेत गराएका छन्। कारागार प्रशासनले अहिले भागेका सबैलाई कुनै दण्ड नदिई स्वेच्छिक रूपमा फर्किन आग्रह गरिरहेको छ।… पुरा पढौ

पोखरामा निषेधाज्ञा जारी, अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह

दीननाथ बराल,पोखरा, २७ भदौ, पोखरामा जेनजी आन्दोलनका कारण सिर्जना भएको बिशम परिस्थितीलाई मध्यनजर गर्दै कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान १० बजे देखि बेलुका ५ बजे सम्म निषेधाज्ञा जारी गरेको छ। पोखरा महानगरपालिकाका सबै ३३ वटै वडामा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ३क अनुसार सार्वजनिक सुरक्षालाई ध्यानमा राखी प्रशासनले यो कदम चालेको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार, हालको परिस्थितिमा तोडफोड, हुडदंगा र चोरीजस्ता घटनाको जोखिम… पुरा पढौ

सुशीला कार्की सरकार प्रमुख बन्दै, स्वागत गर्ने तयारी

काठमाण्डौं शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सहमती भएसंगथै उहाँलाई आजै सपथ ग्रहण सहित भव्य स्वागत गरिने भएको छ । जेनजी आन्दोलन पश्चात नेपालमै पहिलो पटक महिला प्रधनमन्त्री बन्न लाग्नु भएको कार्कीलाई स्वागत गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको बताइएके छ । जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएसँगै गृह मन्त्रालयलाई स्वागतको तयारी थाल्न निर्देशन जारी भएको बताइन्छ । यद्यपि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा… पुरा पढौ

फोहोरबाट मोहोर बनाउँदै राप्ती, पोखरा महानगरले सिकाइलाई नीतिगत अभ्यासमा उतार्ने तयारी

पोखरा, “फोहोर फाल्ने होइन, व्यवस्थापन गर्ने हो यसलाई आम्दानीको स्रोतमा बदल्न सकिन्छ,” भन्ने दृष्टिकोणसहित पोखरा महानगरपालिकाले दाङको राप्ती गाउँपालिकामा रहेको सरसफाई व्यवस्थापन तथा स्रोत केन्द्रको अवलोकन गरेको छ। पोखरा महानगरपालिका ,KOICA र UNDP  को सहयोगमा सञ्चालित  Green Job Creation Through Recycling and Upcycling Pokhara (GCRUP)   परियोजनाअन्तर्गत दिगो फोहोर व्यवस्थापन र रिसाइकलिङ–अपसाइकलिङ प्रवद्र्धन गर्ने उद्देश्यले उक्त सिकाइ भ्रमण गरिएको हो। राप्ती गाउँपालिकाले Low-value Plastic (LVP)   व्यवस्थापनमा नयाँ मोडल सुरु गरेको छ। यस अन्तर्गत घर–परिवार र व्यवसायबाट संकलित बहुपरत प्याकेजिङ, झोला र पातलो लचिलो प्लास्टिक छुट्याएर ल्याइन्छ। संकलित… पुरा पढौ

सुशिला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन जेनजी गण्डकी प्रदेशको माग (भिडियो सहित )

पोखरा, गण्डकी प्रदेशका जेनजी युवाहरूले देशको विद्यमान राजनीतिक संकट समाधान गर्नका लागि तत्काल संघीय संसद विघटन गरी नयाँ राजनीतिक संरचना निर्माण गर्नुपर्ने माग गरेका छन्। https://www.youtube.com/watch?v=SbQbF15dA7M राष्ट्रपतिले आह्वान गर्ने संवाद प्रक्रियामा नेपाली सेनाका प्रधानसेनापतिसँग हुने वार्तामा, नेपालकी पहिलो महिला प्रधानन्यायाधीशको रूपमा काम गरिसकेकी सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्नुपर्ने स्पष्ट प्रस्तावसहित समर्थन जनाएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । जेनजी युवाहरूले भदौ २३ र २४ मा देशव्यापी रूपमा सञ्चालन गरिएको एन्टि–करप्सन मुभमेन्ट का क्रममा ज्यान गुमाएका… पुरा पढौ

पोखरामा शुक्रवार बिहान ५ बजेसम्म कर्फ्यु

पोखरा, पोखरामा शुक्रवार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विहिबार एक सूचना जारी गर्दै बिहीबार (भदौ २६) साँझ ७ बजेदेखि शुक्रवार बिहान ५ः०० बजेसम्म पोखरामा शुक्रवार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको उल्लेख गरेको छ । उक्त समयमा घर बाहिर ननिस्कन प्रशासनले पोखरेलीहरुमा आग्रह गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कर्फ्यु आदेश जारी गरेको सूचनामा शुक्रवार बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने उल्लेख गर्नु भएको छ । कास्की… पुरा पढौ

पोखरामा आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

दीननाथ बराल,पोखरा २६ भदौ, पोखरामा जेन–जी आन्दोलनका कारण उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आज बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको छ। पोखरा क्षेत्रमा निषेधाज्ञा लागु हुने गरी उक्त सूचना जारी गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनु भयो । उहाँले भन्नुभयो “निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दछौं, आज अबस्था अनुसार साँझ पुनः मूल्याङ्कन गरी थप निर्णय गरिनेछ।” निषेधाज्ञा तथा कर्फ्यु अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न,… पुरा पढौ