समाज

एभरेष्ट महिला भलिबल लिगः ललितपुरको लगातार तेस्रो जित

पोखरा, पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुरले लगातार तेस्रो जित दर्ता गरेको हो । ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । ललितपुरकी पट्राथिप सान्त्रकुन प्लेयर अफ द म्याच बनिन् । लगातार तेस्रो जितसँगै ललितपुर ९ अंकसहित फाइनल नजिक पुगेको छ । लगातार तेस्रो… पुरा पढौ

पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा, काठमाडौंमा जेनजीको प्रदर्शनमा १४ जनाको मृत्यु

पोखरा, जेनजीको आन्दोलन अनियन्त्रीत भएसंगै पोखरामा पनि निषेधाज्ञा जारी गरिएको छ । आन्दोलनकारीले गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोडफोड समेत गरेका थिए । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रवरको गोली प्रहार गरेको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद, राष्ट्रबैंक चोक, मुख्यमन्त्रीको कार्यालय आसपासको क्षेत्रमा निषेधाज्ञा निषेधाज्ञा जारी भएको उल्लेख गर्नुभयो । पोखरामा रवरको गोली लागेर विनेस गुरुङ घाइते हुनु भएको छ । उहाँको आँखा भन्दा माथिको भागमा… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघमा जानुका पराजुलीको प्यानलको ऐतिहासिक ‘क्लिन स्विप’

दीननाथ बराल,पोखरा, २३ भदौ, करिब तीन दशक लामो इतिहास बनाएको लेखनाथ क्षेत्रका व्यावसायीहरुको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघले २९ औं साधारण सभा तथा १५ औँ अधिवेशनबाट नयाँ इतिहास रच्न सफल भएको छ । संघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनु भएको छ । जानुका पराजुली अधिकारीले निकटतम प्रतिष्प्रर्धी राजेन्द्र ओझाको प्यानलाई पछि पार्दै आफ्नो प्यानलको एतिहासिक जित निकाल्न सफल हुनु भएको हो । तत्कालिन वरिष्ठ उपाध्यक्षमा रहनु भएको ओझा प्यान माथि तत्कालिन महासचिव पदमा रहनु भएको अधिकारीले यसपालीको… पुरा पढौ

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडमा नयाँ नेतृत्व, अध्यक्षमा एन कुमार साई

पोखरा, पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड, पोखराको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित हुनु भएको छ । अध्यक्षमा एन कुमार साई विजयी भएका छन्। उनले ८४ मत अन्तरले प्रतिस्पर्धी विज्ञान श्रेष्ठलाई पराजित गरे। साईले ६०८ मत प्राप्त गर्दै श्रेष्ठले ५२४ मत प्राप्त गरे । सञ्चालक पद तर्फ हेमन्त मल्ल ८४० मत सहित सर्वाधिक मत ल्याउँदै विजयी भए। त्यस्तै जय प्रसाद शर्मा र मेघराज त्रिपाठी दुवैले ७२३,७२३ मत ल्याएर निर्वाचित भए। अशोककुमार चौधरी (६८ मत), कृष्णप्रसाद पौडेल (६५९ मत), जसबहादुर गुरुङ… पुरा पढौ

एभरेस्ट महिला भलिबल लिगः रोमाञ्चक खेलमा लुम्बिनीले पोखरालाई हरायो 

पोखरा , एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई  ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।   पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । तर, निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित निकाल्दा खेल… पुरा पढौ

आम जनता पार्टीले कास्कीमा आफ्नो संगठन बिस्तार

प्रतिनिधि सभा सदस्य प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टीले कास्की जिल्लामा आफ्नो संगठन बिस्तार गरेको छ। शनिबार पोखरामा सम्पन्न आम जनता पार्टी कास्की जिल्ला समितिको प्रथम जिल्ला भेलाले अर्जुन केसीको अध्यक्षतामा २५ सदस्यीय पार्टीको जिल्ला कार्य समिति घोषणा गरेको छ। आम जनता पार्टी कास्की जिल्ला समितिको नवगठित समितिमा उपाध्यक्षमा आइतराज गुरुङ, सचिवमा अर्जुन सुनार, सह(सचिवमा पवित्रा मल्ल र कोषाध्यक्ष रेखा परियार रहेका छन् भने सदस्यहरुमा सुसिला पोख्रेल, गौकाशी गुरुङ, सागर सुनार, कुशल गुरुङ, विकास सुनार, मोहन सुनार, राहुल मगर,… पुरा पढौ

काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन

कास्की, भदौ २२, काठमाडौंका रोमन महर्जन पोखरामा आयोजित सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ च्याम्पियन बन्नुभएको छ । ओभरअल प्रतिस्पर्धामा समेत च्याम्पियन बन्दै उहाँले नगद १ लाख रुपैयाँ प्राप्त गर्नुभयो । उहाँले आफनो ८० केजी तौल समूहमा समेत प्रथम हुदैं नगद ५० हजार जित्न सफल हुनुभएको थियो । कास्की जिल्ला आर्म रेष्लिङ संघको आयोजनामा सञ्चालित प्रतियोगिताको ६० केजी तौल मुनिको प्रतिस्पर्धामा भक्तपुरका सुमन नापित प्रथम, काठमाडौंका सिदार्थ श्रेष्ठ दोस्रो र काठमाडौंकै सुदिप तामाङ तेस्रो भए । उहाँले क्रमश ५०, २५ र… पुरा पढौ

मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र पोखरा उद्योग वाणिज्य संघको समन्वयमा आइतबार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री थापाले मानव बेचबिखनविरुद्ध सामूहिक अभियान आवश्यक रहेको धारणा राखे। उनले गरिबी, बेरोजगारी, अशिक्षा,… पुरा पढौ

४ सय जनाको सित्तैमा जाँच

पोखरा, २२ भदौ, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार पोखराका २ स्थानमा भएका शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविमार २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच गरिएको हो । यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा आयोजित शिविरमा १ सय ८० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । शिविरमा थाइराइड (टिएसएच) र क्रेटिनाइन (मिर्गाैलासम्बन्धी रक्त जाँच) सित्तैमा गरिएको हो ।… पुरा पढौ

हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको साधारणसभा ः कार्यस्थलमा सुरक्षाको माग

पोखरा,२२ भदौ, हेभी इक्युपमेन्ट अपरेटरहरुले आफूहरुको चूनौतीपूर्ण पेशामा सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । दुर्घटनामा पर्दा अपरेटरहरुको छिटो उद्धार नभएको तथा कार्यस्थलमा घाइते तथा मृत्यु हुँदा समेत सरकारले नहेरेको दुःखेसो उनीहरुको छ । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ कास्कीको आठौँ साधारणसभा तथा गण्डकी प्रदेश अपरेटर अन्तरक्रिया कार्यक्रममा उनीहरुले हेभी उपकरणहरु चलाउने चालक तथा सहचालकहरुको जीवनको सुरक्षा हुनुपर्ने उनीहरुको माग छ ।देवेन्द्र चोखालले सडक, पुल तथा हाइड्रोपावरको काम गर्दा सामान्य सुरक्षाका सामग्री समेत नपाएको गुनासो गर्नुभयो । उहाँले अत्यन्त जोखिम… पुरा पढौ