
दीननाथ बराल,
पोखरा, २७ भदौ,
पोखरामा जेनजी आन्दोलनका कारण सिर्जना भएको बिशम परिस्थितीलाई मध्यनजर गर्दै कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान १० बजे देखि बेलुका ५ बजे सम्म निषेधाज्ञा जारी गरेको छ। पोखरा महानगरपालिकाका सबै ३३ वटै वडामा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ३क अनुसार सार्वजनिक सुरक्षालाई ध्यानमा राखी प्रशासनले यो कदम चालेको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार, हालको परिस्थितिमा तोडफोड, हुडदंगा र चोरीजस्ता घटनाको जोखिम बढेकाले शान्ति–सुरक्षा कायम गर्न निषेधाज्ञा आवश्यक ठहरिएको हो। उहाँले भने, “आजको अवस्थाको मूल्यांकन गरेर बेलुकापछि आगामी निर्णय गरिनेछ।”

तिमीलाई याद दिलाउन चाहन्छु—निषेधाज्ञा तथा कर्फ्यु अवधिमा अत्यावश्यक सेवामा संलग्न सवारीसाधनहरू ९एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, ग्याँस, इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ढुवानी गर्ने सवारी० सञ्चालन गर्न पाउनेछन्। सरकारी कार्यालय, बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीले परिचयपत्र देखाएर कार्यालय आउजाउ गर्न सक्नेछन्।
यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर विमानस्थलसम्म जान सक्ने व्यवस्था गरिएको छ। नेपाली सेनाले यात्रुहरूलाई नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न समेत आग्रह गरेको छ । यद्यपि, निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेक कोही पनि घरबाहिर ननिस्कन प्रशासनले कडाइका साथ अनुरोध गरेको छ । सहायता आवश्यक परे सम्पर्क गर्न आग्रह गरिएको छ । नेपाली सेना ०६१–५८११६० र ९७६३२४६०२२ (ड्युटी अफिसर) नेपाल प्रहरी ९८५६०३९५९९ (ड्युटी अफिसर), सशस्त्र प्रहरी बल नेपाल ०६१–५४४०८८ र ९८५१२७२०८० (ड्युटी अफिसर) रहेको छ ।
यसैबिच कास्की प्याव्सन, एन प्याव्सन सहितका शैक्षिक संस्थाले शुक्रबारसम्म शैक्षिक संस्था बन्द रहने जनाइएको छ । त्यसै गरी पोखरा महानगरपालिकाले समेत अहिलेको अबस्थालाई मध्यनजर गरी अत्यावसेक बाहेक सबै सेवा ठप्प गरिएको जनाएको छ ।



