
काठमाण्डौं
शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सहमती भएसंगथै उहाँलाई आजै सपथ ग्रहण सहित भव्य स्वागत गरिने भएको छ ।
जेनजी आन्दोलन पश्चात नेपालमै पहिलो पटक महिला प्रधनमन्त्री बन्न लाग्नु भएको कार्कीलाई स्वागत गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको बताइएके छ ।
जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भएसँगै गृह मन्त्रालयलाई स्वागतको तयारी थाल्न निर्देशन जारी भएको बताइन्छ । यद्यपि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा निकास निस्किसकेको भने छैन । कार्कीको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।





