देश तथा समाज पत्रिका

नेपाल समाजबादी पार्टीको अधिवेशन आउदो माघ २५ देखि हुने

दीननाथ बराल,पोखरा ६, कार्तिक, नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५ गते देखि काठमाडौंमा महाधिवेशन गर्ने भएको छ । पोखरामा आज(मंगलबार) समापन भएको प्रथम विधान अधिवेशनबाट आउदो माघ २५,२६ र २७ गते महाधिवेशन हुने महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय उक्त मिति पारित गरेको हो । उक्त विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ । पार्र्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको हो । अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना,… पुरा पढौ

नेपाल प्रहरीको पोखरामा निर्माण हुदै गरेको पेट्रोल पम्प निर्माण कार्य अगाडि नबढाउन उच्च अदालत पोखराको अन्तरिम आदेश

दीननाथ बराल,पोखरा ६, कार्तिक, सरकारी कार्यालय तथा मानब बस्ती क्षेत्रमा नेपाल प्रहरीले पोखरामा निमार्ण गर्न सुरु गरेको पेट्रोल पम्प निर्माण कार्य अगाडि नबढाउन उच्च अदालत पोखराको अन्तरिम आदेश दिएको छ । पोखराको शहिदचोक जिल्ला प्रशासन कार्यालयसंगै जोडिएको स्थानमा प्रहरीले अति नै प्रज्वलनशिल पेट्रोलियम पदार्थ जोखिम पूर्ण क्षेत्रमा बिक्रि वितरण गर्ने उद्धेश्यले पेट्रोल पम्म नै खोल्न तयारी गरेकोले त्यसको बिरुद्ध पोखराको नागरिक समाजले उच्च अदालतले रिट दायर गरेसंगै अदालतले हाल अन्तरिम आदेश दिदै तत्काल रोक्न आदेश दिएको हो । अदालतले सुविधा… पुरा पढौ

पूर्वाधार निर्माणको कौशल व्यवहारमा देखियोस ः मन्त्री केसी

पोखरा, ६ कात्तिक, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र संघ सरकारले पुल, सडक निर्माणमा बजेटको ठूलो हिस्सा खर्च गरिरहेको जनाउँदै पुल निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनै पर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश पूर्वाधार विकास निर्देशानालयको आयोजना र स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम इकाइको व्यवस्थापनमा भएको पाँच दिने तालिम मंगलबार सुरु गर्दै उनले यस्तो धारणा राखेका हुन् ।तालिममा गण्डकी प्रदेशका विभिन्न कार्यालयका प्राविधिकहरुलाई मोटरेबल पुल निर्माणबारे विभिन्न विषयमा ज्ञान दिइनेछ… पुरा पढौ

आकस्मिक खुल्ला रक्तदानमा ८८ युनिट रगत संकलन

गण्डकी, ६ कात्तिक, नेपाल रेडक्रस सोसाईटी पोखरा १७ उपशाखा र डेभिजफल युवा क्लवकोद्धारा संयुक्तरुपमा छोरेपाटनमा आयोजित आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ । बढ्दो डेङगु रोगको प्रकोपको कारण रगतको माग बढ्नु र चार्डपर्वमा रगत संकलन कम हुँदा पोखरामा यतिखेर रगतको अभाव हुँदै गएपछि नेपाल रेडक्रस सोसाईटी कास्कीको आव्हानमा अपरझट रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्मा पौडेलले पहिलो रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्दै कास्की जिल्लामा बार्षिक ४० हजार… पुरा पढौ

एक दिवसीय क्रिकेट ः अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

पोखरा ६ कार्तिक पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट क्लब बाहिरिएको छ । मंगलबार अरण्यज्योती क्रीकेट क्लबसंग ७६ रनको हार व्यहोरेसंगै गण्डकी अंक विहिनहुँदै समूह चरणबाटै बाहिरिएको हो ।कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट च्याम्पियनसिप २०८१’ को समूह सि तर्फको खेलमा १३७ रनको विजयी लक्ष्य पाएको गण्डकी २०.४ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो । गण्डकीका लागि ओपनर सिद्धान्त गिरिले २२ रन र अजय रामले १९… पुरा पढौ

नेपाल समाजबादीको पोखरामा विधान अधिवेशन सुरु, अन्य पार्टीको भन्दा बिशिष्ठ विधान हुने अध्यक्ष डा. भट्टराईको दाबी

दीननाथ बराल, पोखरा ५, कार्तिक, पर्यटनको राजधानि पोखरामा आज देखि नेपाल समाजबादी पार्टीको बिधान अधिवेन सुरु भएको छ । पोखरा सभागृहमा सुरु भएको उक्त अधिवेशनमा देशभरबाट ४ सय भन्दा बढी प्रतिनिधिहरु सहभागि हुनु भएको समाजबादी पार्टीले जनाएको छ । वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र वैचारिक आधार, वैकल्पिक शक्तिको मूल वैचारिक–राजनीतिक प्रतिवद्धता, वैकल्पिक शक्तिको संगठनात्मक सिद्धान्त र प्रतिवद्धताहरु, आर्थिक विकास तथा समृद्धिको अवधारणा, लक्ष्य र नीतिहरु, लोकतन्त्रको समृद्धीकरण, सुशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ वैकल्पिक शक्ति निर्माण र समुन्नत… पुरा पढौ

धावक अर्जुन गोदार काठमाण्डौंबाट मजिमटार ८६ किलोमिटर एकै दिनमा पार

दीननाथ बराल, पोखरा ५, कार्तिक, नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार आज देखि काठमाण्डौंबाट पोखरा तर्फ दौडन सुरु गर्नु भएको छ । काठमाडौँको दशरथ रंगशाला देखि सुरु भएको उक्त दौड आज पहिलो दिनमा मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गर्नु भएको हो । करिब २ सय किलोमिटरको दौड उहाँले तीन दिन भित्र पूरा गर्ने लक्ष्य सहित आजबाट उक्त दौड सुरु गर्नु भएको हो… पुरा पढौ

गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त

दीननाथ बराल, पोखरा ५, कार्तिक, गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त हुनु भएको छ । उहाँ नियुक्त भएसंगै गण्डकी प्रदेशमा मन्त्री परिषदले पूर्णता पाएको छ । नवनियुक्त मन्त्री पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार एक समारोहका बिच पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । प्रदेशमा अब ९ वटा मन्त्रालय पुगेको छ । जस मध्य मुख्यमन्त्री सहित कागेंसको भागमा ५, एमालेको भागमा ४ वटा मन्त्रालय परेको हो । कागेंसले आफ्नो भागबाट नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र… पुरा पढौ

ल्वाङ गाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन

पोखरा ५, कार्तिाक, कास्कीको माछापुच्छ्रे गाउँपालिका(८ मा रहेको पर्यटकीय ल्वाङगाउँमा १९ फीट अग्लो बुद्धमूर्ति र बुद्ध पार्क उद्घाटन गरिएको छ । सिमपानी पोखरा निवासी बलबहादुर गुरुङ र देवशुभा गुरुङद्वारा निर्माण गरिएको बुद्धमूर्ति र बुद्ध पार्कको शुक्रबार १८ अक्टोबरमा ल्वाङ सामुदायिक भवनमा आयोजित एक समारोहबीच निर्माणकर्ताले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस क्रममा लामा धर्मगुरु खेम्पो कुङ्गा ढुन्दुक र लामा टाशी वान्गेलको नेतृत्वमा बिधिवत पूजा गरिएको थियो । कार्यक्रममा ल्वाङवासी तथा पोखरा, काठमाडौं र विदेशबाट आएका शुभेच्छुक र चन्दादाताहरुको उपस्थित… पुरा पढौ

धावक अर्जुन गोदार काठमाण्डौंबाट दौडन सुरु, पोखरा आउदै

दीननाथ बराल,पोखरा ५, कार्तिक, नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार आज बिहान देखि काठमाण्डौंबाट पोखरा तर्फ दौडेर आउदै हुनुहुन्छ । काठमाडौँको दशरथ रंगशाला देखि सुरु भएको उक्त दौड करिब २ सय किलोमिटरको दौड उहाँले तीन दिन भित्र पूरा गर्ने लक्ष्य सहित आजबाट उक्त दौड सुरु गर्नु भएको हो । आज बिहान ५ः१७ बजे काठमाण्डौंबाट दौड सुरु भएको विकास खड्काले काठमाण्डौंबाट पोखराक्लिकलाई जानकारी गराउनु भएको छ… पुरा पढौ