प्याब्सन कास्कीको अध्यक्षमा षडानन्द गौतम

-


     पोखरा क्लिक     
     पौष २९ गते २०८१ मा प्रकाशित


पोखरा २९, पुष,

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कास्कीको अध्यक्षमा षडानन्द गौतम चयन हुनु भएको छ । प्याब्सन कास्कीको हालै पोखरामा सम्पन्न १९ औं जिल्ला अधिवेशनले गौतमको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसै गरी संस्थाको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद तिमिल्सिना, उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, सचिवमा सुरेन्द्रमानसिंह भण्डारी, कोषाध्यक्षमा विधान गौतम, सह–सचिवमा डिल्लीराम अर्याल र सह–कोषाध्यक्षमा नरेश प्रसाद बराल चयन हुनु भएको हो ।
त्यस्तै सदस्यहरूमा कौशल्या गुरुङ, खिमबहादुर गुरुङ, डा.महेश्वर पराजुली, रेखा थापा कार्की र टिकाराम पौडेल चयन हुनु भएको हो ।

प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गर्नु भएको थियो । शिक्षाको गुणात्मक विकासमा निजी क्षेत्रको समेत सहयोग आवश्यक भएको उहाँले बताउनु भयो ।