देश तथा समाज पत्रिका

आर्शिवाद क्लवको अध्यक्षमा अर्जुन र इन्चार्जमा मनिष

पोखरा, ४ कार्तिक, पोखरा महानगरपालिका वडा नं १३ आर्वा स्थित आर्शिवाद क्लव अफ नेपालको दोश्रो अधिवेशन तथा तेस्रो साधारण सभाले अर्जुन वराललाई अध्यक्ष पदमा चयन गरेको छ । शनिवार भएको साधारण सभाले क्लवको इन्चार्जमा मनिष वराल, उपाध्यक्षमा भिषण वराल, अङित वराल, निसा देवकोटा, सचिवमा शुषान्त वराल, कोषाध्यक्ष शिशिर वराल, सह सचिवमा क्रमश विद्या वराल, सगिता वराल र डिजोन सापकोटा, सह कोषाध्यक्षमा विपना सुनार चयन भएका छन् । त्यसैगरी समग्र विभाग प्रमुखमा आशिष वराल, स्वास्थ्य विभाग प्रमुखमा विनायक अधिकारी, आइटी विभाग… पुरा पढौ

सराङकोट सहकारीको उत्सवमा रोटरी लेकसाइडको रक्तदान

पोखरा, ४ कार्तिक, सराङकोट बहुउद्देश्यीय सहकारी सस्थाको १८ औँ वार्षिक उत्सवको अवसरमा हालै खुला रक्तदान गरिएको छ । सस्थाले वार्षिक उत्सवसँगै मानवीय सामाजिक उत्तरदायित्वका लागि हरेक वर्ष रक्तदानसहित विविध सामाजिक कार्यहरु गर्दै आएको संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले बताए । रोटरी क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब पोखरा दर्पणको सहकार्यमा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ । संस्थाका सल्लाहाकार तथा पूर्व जनस्वास्थ्य प्रमुख सोभियत बहादुर अधिकारीले पहिलो रक्तदाता रोटरी क्लब लेकसाइडका अध्यक्ष उपेन्द्र अधिकारीलाई… पुरा पढौ

आँपपिपल र गोखरा अस्पतालमा स्वास्थ्यमन्त्री

गोरखा, ४ कार्तिक, युनाइटेड मिसन टु नेपाल नामक संस्थाले २०१३ सालमा गोरखामा खोलेको अस्पताल २०५९ सालदेखि संघ सरकार मातहत छ । गत वर्ष फागुनमा उक्त अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय संघ सरकारको मन्त्रिपरिषद् बैठकले गरेपनि प्रक्रिया पूरा भइसकेको छैन । ५० शय्यामा स्तरोन्नति गरेर संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उक्त अस्पतालको अवस्था बुझ्न गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक पालुङटार पुगेका छन् । ग्रामीण भेगमा विशेषज्ञ सेवा प्रवाह गरिरहेको अस्पतालको जनशक्ति र भौतिक पूर्वाधारको अवस्था बुझ्न मन्त्री… पुरा पढौ

समुन्नतिका लागि राजनीतिमा शुद्धीकरण र जनताको चेतनास्तरमा वृद्धि जरुरीः डा.भट्टराई

पोखरा, ४ कात्तिक, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी( नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बढ्दो भ्रष्टाचार र राज्य सत्ताको दोहनले नेपाली अर्थतन्त्रको प्रमुख चुनौती भएको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्न भारतकोजस्तै ‘जनलोकपाल विधेयक’ को निर्माणसहित राज्यसत्ताको दोहन गर्ने आसेपासे पूँजीवादको अन्त्य हुनुपर्ने पनि बताएका छन् । देशलाई आर्थिक रुपले समुन्नत बनाउनको निम्ति राजनीतिमा शुद्धीकरण र जनतामा चेतनास्तर बढ्नुपर्ने तर्क गर्दै उनले भनेका छन्,‘देशमा केही भएन भनेर हामी गनगन गरिरहेका छौँ । जनताको चेतनास्तर बढेन भने भगवान आउनुभयो भन्यो त्यसकै… पुरा पढौ

रवि लामिछानेलाई अनुसन्धानको लागि ६ दिन म्याद थप, प्रशासनले ढिला गरी निषेधाज्ञाको सूचना जारी गर्दा स्थिती केही समय तनाव

दीननाथ बराल,पोखरा ४, कार्तिक, सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पर्नु भएको रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा शुक्रबार पक्राउ पर्नु भएको लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज उपस्थित गराइएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ पर्नु भएको लामिछानेलाई सोही दिन राति पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको छ । हिजो शनिबार सार्वजनिक बिदा परेकाले उहाँलाई आजमात्रै… पुरा पढौ

एक दिवसिय क्रिकेट जारी पोखरा ५ विकेटले विजयी

पोखरा ४, कार्तिक, पोखरामा जारी कास्की जिल्ला स्तरीय अन्तर क्बल एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखराले लेकसाइडलाई ५ विकेटको अन्तरले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी उक्त प्रतियोगितामा ८४ रनको विजयी लक्ष्य पाएको पोखरा क्रिकेट क्लबले ११.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । पोखराका लागि अर्जुन बुढाथोकीले ४८ रनको उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ३० बलमा ४ चौका र ३ छक्काको मद्धतमा ४८ रन बनाएका थिए । ओपनर मुस्कान थापा १४ रनमा… पुरा पढौ

धावक अर्जुन गोदारले कार्तिक ५ गते देखि काठमाण्डौं पोखरा रुटमा २ सय किलोमिटर दौडने तयारी

दीननाथ बराल,पोखरा ३, कार्तिक, नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले काठमाण्डौं पोखरा रुटमा २ सय किलोमिटर दौडने भएका छन्। कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार काठमाडौँको दशरथ रंगशाला देखि देखि पोखरासम्म दौडने भएका छन् । नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षेती भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड… पुरा पढौ

सहारा क्लब अष्ट्रेलियाको अध्यक्षमा सिद्धार्थ पौडेल

पोखरा, ३ कात्तिक, सहारा क्लब अष्टे«लियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थापक अध्यक्ष राजमान थकालीको केही समय अघि असामयिक निधनसँगै पद रिक्त रहेको थियो । सहारा क्लब पोखराका पूर्व सदस्य समेत रहेका सिद्धार्थ पौडेल पोखरा बाघमाराका हुन् । समिति उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली चयन भएका छन् । सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ, कोषाध्यक्ष कल्याण खड्का र सहकोषाध्यक्ष गौरव बराल चयन भएका छन् । कार्यसमिति सदस्यमा नीराजन श्रेष्ठ, रजनी गुरुङ,… पुरा पढौ

रास्वपाका सभापति लामिछाने पक्राउ परेको बिरोधमा पोखरा र काठमाण्डौंमा बिरोध प्रर्दशन, बचत फिर्ता हुनेमा सहकारी पिडित झिनो आशामा

दीननाथ बराल, पोखरा ३, कार्तिक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) पोखरा र काठमाण्डौंमा बिरोध प्रर्दशन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको बिरोधमा रास्वपाले पोखराको चिप्लेढुंङगा र काठमाण्डौंको माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको हो । पार्टीका नेता तथा कार्यकर्ताले राजनीतिक प्रतिसोचका आधारमा रविलाई फसाउने सडेन्त्र गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले रविलाई पक्राउ गरेको आरोप लगाउनु भयो । रास्वपाका नेता तथा कार्यकर्ताहरुले धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई सरकारले जोगाउन खोजेकोे आरोप लगाउदै गुरुङ र पोखरेलको… पुरा पढौ

ढिकालेथर महिला बचत सहकारीको १२ औ साधारण सभा

पोखरा, ३ कार्तिक, पोखरा महानगरपालिका वडा नं १२ स्थित ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था लि.को १२ औ बार्षिक साधारण सभा शनिवार सम्पन्न भयो । नेपाल बचत तथा ऋण सहकारी संघका संचालक सदस्य कमला गिरी वर्तमान अवस्थामा सहकरीमा देखिएको समस्या र समाधानको वारे चर्चा गरिन् । कास्की जिल्ला सहकारी संघ तथा राष्ट्रिय सहकारी बैकका लेखा सदस्य चन्द्रवती पराजुलीले सबै मिली आफ्नो आर्थिक, सामाजिक र सांस्कृति माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिने भनिन् । ढिकालेथर महिला बचत तथा… पुरा पढौ