कोन सहकारीको अध्यक्षमा माधवप्रसाद सिग्देल

-


     पोखरा क्लिक     
     पौष २८ गते २०८१ मा प्रकाशित


  पोखरा, २७ पुष

अवकास पछिको जीन्दगी सपना धेरैको घुम्ने, तीर्थ यात्रा गर्ने, घुमफिर गर्ने, आराम गरेर घरमै नाति नातीनिको हेर्ने हुन्छ । तर माधव प्रसाद सिग्देल अवकास पछि पनि सहकारीमा सक्रिय देखिए । आजभन्दा २५ वर्ष अघि स्थापना भएको थियो कोन सहकारी । 

सिग्देल नेपाल राष्ट्र बैंकमा कार्यरत रहेकै बेला सभागृह चोकमा यस गरिमामय संस्थाले आफ्नो अस्तित्वको पहिलो किरण देख्यो । आर्थिक संस्थामा काम गरेका सुनौला अनुभवहरु लिएर यस संस्थाको उज्ज्वल भविष्यको कामना सहित सिग्देल कोनमा जन्मको साक्षी बन्ने सु–अवसर मिल्यो । २०५६ चैत्र १२ गते शनिवार सहकारीमा सदस्यको रुपमा प्रवेश गरेका थिए सिग्देल । २०५८ भाद्र २३ को साधारण सभाबाट सञ्चालक समितिको सदस्यका रुपमा र त्यसको भोलिपल्टै भाद्र २४, २०५८ मा समितिको सचिवको रुपमा नियुक्ति हुँदा जीवनमा ठूलो खुशी मिलेको अनुभव सुनाए सिग्देलले ।

 नेपाल राष्ट्र बैंकको कार्य अनुभव कारण संस्था प्रारम्भिक संघर्षका दिनहरुलाई अग्रजहरुको निर्देशन र अनुजहरुसँगको सहकार्यबाट अगाडि बढ्न सहयोग पुग्यो सिग्देललाई । २०६२ असारमा राष्ट्र बैंकबाट अवकाश पाएपछि सिग्देललाई थप उर्जा थपिदै गयो । एकपछि अर्को गरी निवृत्त जीवनलाई २०६२ माघ २ गते पारिश्रमिकै पाउने गरी प्रबन्ध संचालक (प्रबन्ध निर्देशक)का रुपमा नियुक्ति भए सिग्देल । २०६८ असोज ३० मा सल्लाहकारका रुपमा नियुक्त गरी यस संस्थाले दिएको सम्मान, त्यसपछि २०६९ माघ ६ मा पुनः सञ्चालकको रुपमा मनोनयन, २०७१ चैत्र २८ गते पाएको कोषाध्यक्षको नियुक्ति र जिम्मेवारीले थप उर्जा छाएको थियो सिग्देलको जीवनमा । कोनसँगको सामीप्यका गर्व गर्न लायक अनमोल क्षणहरु र समय–शृङखला हुन भन्ने सिग्देललाई लागेको थियो । 

श्रद्धेय अग्रजहरु तथा प्यारा अनुजहरुसँगै यस संस्थाको सहयात्री बन्दै गर्दा २०७७ मंसिर २७ र २९ गतेदेखि मैले पाएका उपाध्यक्ष र कर्जा लगानी तथा असुलीे उप समितिको संयोजकको जिम्मेवारीमा बाँधि रहेका सिग्देल अध्यक्ष पदम चयन भए । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २६ औ वार्षिक साधारण तथा नवौ निर्वाचानले शनिवार सिग्देललाई अध्यक्ष पदमा चयन गरेको हो । सहकारीको उपाध्यक्षमा शान्त कुमार श्रेष्ठ, सचिवमा सुरेन्द्र प्रसाद सिग्देल, कोषाध्यक्षमा जयप्रसाद सापकोटा, सहसचिवमा केदार राज सिग्देल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमश बजिरमान श्रेष्ठ, शारदा पराजुली (सिग्देल), खड्क बहादुर गुरुङ(खुशीमान), र अम्बिका गुरुङ रहेका छन् । यसैगरी लेखा सुपरिवेक्षण समितिमा ज्ञानेन्द्र प्रसाद सिग्देल संयोजकमा चयन भएका छन् भने सदस्यमा इन्द्र प्रसाद भट्टराई र लक्ष्मी गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक तथा निर्वाचन अधिकृत दयाराम गौतमले जानकारी दिए । सहकारीका सचिव शान्त कुमार श्रेष्ठको सञ्चालनमा सुरु भएको साधारण सभाको उद्घाटन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले नियम र कानुनको पालना गरे कुनै पनि सहकारी कमजोर नहुने धारणा राखे । सहकारीका अध्यक्ष तिर्थबहादुर बस्नेतको अध्यक्षतामा सुरु भएको सभामा सहकारीका निवर्तमान अध्यक्ष तथा मानार्थ संरक्षक शरदकान्त सिग्देलले स्थानीय स्तरमा हुने सहकार्य र एकतामा जोड दिँदै २५ वर्ष लामो इतिहासलाई जोगाउन सक्नु पर्ने बताए । सोही सभामा सामुहिक रुपमा रजत स्मारिका २०८१ विमोचन भयो । स्मारिका प्रकाशनको सम्पादन मण्डलको संयोजकमा शान्तकुमार श्रेष्ठ, सदस्यहरुमा क्रमश नारायण पराजुली, जसुदा गुरुङ, गोविन्द प्रसाद सिग्देल र शोभाकान्त सिग्देल रहेका छन् । 

उपाध्यक्ष माधवप्रसाद सिग्देलको स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट सेयर सदस्य तारामती गुरुङ र विमला गुरुङलाई सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट तथा १५ वर्ष बढि निरन्तर सेवा गरेका कर्मचारीमा सुपरभाइजर रुपा गुरुङ र वरिष्ठ सहायक मनबहादुर गुरुङलाई खादा, माला, प्रमाणपत्र र मायाको चिनोले पुरस्कृत गरिएको महाप्रबन्धक सुजता हमालले जानकारी दिइन् । कोन सहकारीका अध्यक्ष तिर्थवहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शान्तकुमार श्रेष्ठले सचिवको, जय प्रसाद सापकोटाले कोषाध्यक्षको र ज्ञानेन्द्र प्रसाद सिग्देलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रममा सहकारीको ७ सिद्धान्त संचालक समितिका सदस्य शारदा पराजुलीले बाचन गरेकी थिइन् भने सेयर सदस्यका तर्फबाट किरण केसी र सत्यदेवी खनाल लगायतले सहकारी स्थापनादेखी शेयर सदस्यमुखी कार्य गर्दै आइरहेको चर्चा गरे ।