देश तथा समाज पत्रिका

कृस कञ्चन ज्वेलरीमा डायमण्ड सोरुम उद्घाटन

पोखरा, १२ भदौ, पोखरामा डायमण्ड (हिरा) का गहना सोरुम थपिएको छ । कञ्चन क्यापिटल प्रालि अन्तर्गतको कृस कञ्चन ज्वेलरी मोहोरिया टोलमा डायमण्ड सोरुम सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बुधबार सोरुमको उद्घाटन गरेका हुन् । पोखरामा हिराका ग्राहकलाई मध्यनजर गर्दै सोरुम सञ्चालन गरिएको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । योभन्दा अघि कम्पनीकै अर्को शाखा पञ्चरत्न आभूषण प्रालि डायमण्डको सोरुम सञ्चालन आईसकेको उनले सुनाए । सोरुम उद्घाटनका अवसरमा भदौ १२ देखि १९ गतेसम्म… पुरा पढौ

लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ हस्पिटालिटीको सहकार्य, विद्यार्थीलाई पढ्दै, सिक्दै कमाउने मौका

काठमाडौँ १२, भदौं, लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एण्ड् टुरिजम म्यानेजमेन्ट ९बिएचटिएम० अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथ पढ्दै कमाउँदै गर्ने अवसर प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा। डा। सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनका विविध आयामहरुमा अध्ययन, अनुसन्धान र सहकार्य गर्ने उद्देश्यका लागि प्रतिष्ठित सिद्धार्थ बिजिनेस ग्रुपसँग सहकार्य सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गरे । यसप्रकारको… पुरा पढौ

शिक्षा क्षेत्रको सुधारको निम्ति मन्त्री भट्टराईद्वारा संचारकर्मीसंग सुझाव ग्रहण

काठमाडौ , भदौ १२, शिक्षा क्षेत्रको सुधारको निम्ति शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले बुधबार संचारकर्मीसंग अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले शिक्षा क्षेत्रमा बिद्यमान समस्यासंग शिक्षा क्षेत्र हेर्ने संचारकर्मीहरू परिचित र जानकार हुने भएको कारण विशेष अन्तरक्रीया कार्यक्रम मार्फत सुझाव ग्रहण गरेको जानकारी दिनुभयो। मन्त्री भट्टराईले प्राप्त उपयुक्त र संभावना हुने सुझावलाई लिपिबद्द गरि मन्त्रालयको कार्ययोजनामा समाबेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरूले शिक्षा क्षेत्रको सुदृढीकरणका लागि सुझाव… पुरा पढौ

नागढुंगा आमा समूहको तीज कार्यक्रम ः मनुमायालाई जेष्ठ नागरिक सम्मान, तीज नृत्यमा सवनम प्रथम

पोखरा १२, भदौं, ‘एकता, सहकार्यसँगै मनोरञ्जन, संस्कृती जगेडा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पोखराको नागढुंगा आमा समूहले रमाइलो तीज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा भएको तीजे सांस्कृतिक नृत्य प्रतियोगितामा सवनम अधिकारीले प्रथम, शान्ता बस्नेतले द्वितीय तथा सेन्सिका गिरीले तृतीय स्थान हासिल गरे । उनीहरुलाई नगद सहित पुरस्कृत गरियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य गीता चर्मकार, अर्का वडा सदस्य तथा कार्यक्रमका विशेष अतिथि भावना श्रेष्ठ, आयोजक नागढुंगा आमा… पुरा पढौ

साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ स् प्रमुख दाहाल

चितवन, भदौ १२, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बुधबार भरतपुर २५ स्थिति बयरघारीमा रमाईलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उहाँले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गर्नुभयो । खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान रुपमा अघि बढेको उहाँले बताउनुभयो । महानगरमा भौतिक विकास उल्लेखीय रुपमा अघि बढिसकेकाले महानगरले अहिले आर्थिक, सामाजिक र साँस्कृतिक पक्षलाई विषेश प्राथमिकता दिएको उहाँको भनाई छ… पुरा पढौ

पोखरा पर्यटन परिषदको अध्यक्षमा पहारी, अग्रज पर्यटन व्यवसायी पौडेल सम्मानित

दीननाथ बराल,पोखरा १२, भदौं, पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन हुनु भएको छ । परिषदको आज पोखरामा सम्पन्न भएको २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रबर्द्धन मंच नेपाल ९भिटोफ० गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी आगामी दुई बर्षीय कार्यकालको लागि चयन हुनु भएको हो । त्यसै गरी परिषदको हाल ६ जना सदस्य चयन हुनु भएको निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । परिषदको सदस्यमा हरि भुजेल, चौ बहादुर गुरुङ, बाबुराम पाण्डे, निम मगर, जीवन… पुरा पढौ

एक महिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन सम्पन्न

पोखरा १२, भदौं, श्रीकृष्ण प्राकाट्य महामहोत्सवको आयोजना संगै श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा जारी एक महिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । श्रावण १० गतेदेखी सञ्चालन भएको श्रीमदवीतक चर्चा कार्यक्रम भदौ १० गते श्रीकृष्णजन्माष्टमीको दिन श्रीकृष्ण प्राकाट्य महामहोत्सवको आयोजना संगै समापन भएको हो । समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका उप मेयर मञ्जुदेवी गुरुङले श्रीकृष्ण प्रणामी मन्दिरलाई पोखराका अन्य धार्मिक पर्यटकीय गन्तब्य जस्तै बनाउन आवश्यक रहेको बताइन । श्रीकृष्ण प्रणामी मन्दिरको जग्गा सांघुरो भएको आफुले… पुरा पढौ

कृष्ण भजनमा ओमकार भजन समुह प्रथम

पोखरा १२, भदौं, पोखराको बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा फुलवारीको ॐकार भजन समुह प्रथम भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा हेम्जाको देविस्थान भजन समुह द्वितीय, बाटुलेचौरको बडहरवोट आमा समुह तृतीय र काठमाडौं, टोखाको मुक्तेश्वर खैजेडी लोक भजन समुह र विन्ध्यवासिनी मावि बाटुलेचौरले सान्त्वना स्थान प्राप्त गरेको छ। काठमाडौं, लम्जुङ्ग सहित देशका विभिन्न भागबाट १७ टोलिले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार, प्रमाणपत्र, तृतीयले ५०… पुरा पढौ

मिस मगर नेपालका अन्तिम प्रतिस्पर्धीहरु निट डेन्टल केयरमा

पोखरा १२, भदौं, मिस मगर नेपाल २०२४ का अन्तिम प्रतिस्पधीहरुले निट डेन्टल केयरमा आफ्नो स्वस्थ दाँतको निम्ति दाँत र गिजाको जाँच तथा उपचार गरेका छन् । मिस मगर नेपाल कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले दन्त समस्याहरूको प्रारम्भिक पहिचान, व्यक्तिगत दन्त सल्लाह, आवश्यक उपचार र जीवनभर स्वस्थ रहनका लागि आवश्यक राम्रा बानीहरूको प्रोत्साहन गर्न कार्यक्रम समावेश गरेको बताईन् । प्रतिस्पर्धीहरुलाई डा। नितिका रन्जित र डा। जेनि आचार्यले दन्त जाँच तथा उपचार गरेकी थिईन् साथै निट डेन्टल केयर प्रा।लिका प्रबन्ध निर्देशक… पुरा पढौ

‘स्पा पर्यटनको अभिन्न अंग’

पोखरा, भदौ ११, गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले स्पा पर्यटनको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली हिन्दु महिलाहरुको महान चाँड तिजको अवसरमा स्पा एशोसियसन नेपालले आफ्ना सदस्य तथा स्पामा कार्यरत महिलाहरुका लागि मंगलबार आयोजना गरेको दर खाने कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै उनले भनिन्,‘पोखरा पर्यटनको राजधानी हो । यहाँ आउने प्राय पर्यटक साहसिक खेलकुदका लागि आउँछन् । अनि खेलेर थाकेपछि शरिरलाई पुर्नताजगी बनाउन स्पा महत्वपूर्ण छ ।’ उनले स्पालाई व्यवसायीकरण गर्न सकेमा आम्दानीको राम्रो श्रोत बनाउन सकिने बताईन् ।… पुरा पढौ