पोखरामा गुन्जीए नारी स्रस्टा

-


     पोखरा क्लिक     
     पौष २८ गते २०८१ मा प्रकाशित


पोखरा, २८ पुष,

साहित्य,कला र संगीत त्रीबेणीको काम गरी रहेको पोखराको एउटा पुरानो वाङ्मयीक संस्था पोखरेली युवा सांस्कृतीक परिवारले यसपाली काठमन्डौको अर्को एउटा पुरानो संस्था गुन्जन नारी साहित्यिक सस्थालाइ निम्तो दियो नारी स्रष्टा विशेष कवि गोष्ठीमा आउनका लागि । जुन सस्थामा थिए हजुरआमा उमेर समुहका अध्यक्ष आख्यानकार जलेश्वरी श्रेष्ठ, वरिष्ठ आख्यानकार पद्मावती सिंह, त्यस्तै अर्का वरिष्ठ आख्यानकार भागीरथी श्रेष्ठ र साहित्यकार तथा प्राज्ञ सुलोचना मानन्धर धिताल ।

उमेरले ७० नाघे पनि जोश भने अझै पनि तन्नेरी । दर्शक दिर्घामा श्रोता थिए नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कवि मन्जुल, डाक्टर सरोज धिताल, रङ्गकर्मी प्रकाश घिमीरे लगायत हलभरी खचाखच दर्शक श्रोता । ६५ बर्ष अघि आँफुले घरटोल बाटै बिद्रोह गरेरै भए पनि पढ्नुपर्छ भनेर छरछिमेकका दिदीबहिनीहरु बटुलेर पाठशाला गएकै कारण आज ढुक्क सँग बोल्न र आफ्ना सिर्जनाहरु सुनाउन सकेको बताउदै थिइन् आख्यानकार जलेश्वरी श्रेष्ठ । पुरुष प्रधान समाजमा हुर्केकोले केहि त्यस्ता अन्धविश्वासहरु थिए जुन अन्धविश्वास हजुरआमा र आमाहरु मान्दै आएका थिए ति मध्ये केहि अन्धविश्वासको पर्खाल भत्काउन सफल भएकोमा खुशी व्यक्त गरिन । आँफूले साहित्य लेख्दा अध्यारो मुख लगाएर हिड्नुपर्ने समय थियो तर आज साहित्य लेख्ने दिदीबहिनीहरुको मुख उज्यालो देख्नपाउँदा आफूले पाएको दुख बिर्सेको बताइन ।

पोयुसांपकी अध्यक्ष रीता अधिकारीले स्वागत मन्तव्य सगै आफ्नो सिर्जना वाचन गरेर नारी स्रष्टा विशेष कवि गोष्ठीको थालनी गरिन । प्राज्ञ हरिदेवी कोइरालाले माछापुच्छ«ेको आगन फेवातालमा नारी स्रष्टाका सिर्जनाहरु साटासाटगरि सुन्न पाएकोमा खुशी व्यक्त गर्दै निरन्तरताको लागि पहल गर्ने बताइन । नारी स्रष्टा विशेष कवि गोष्ठीमा पोखरा बहिरबाट पद्मावती सिंह, भागिरथी श्रेष्ठ, इल्या भट्टराई, सिर्जना शर्मा, उपमा आचार्य, शान्ति पराजुली, गीता कार्की, कमला सृष्टि शाक्य, सन्ध्या पहारि, सुस्मिता नेपाल, डा रेणुका सोलु, डा रजनी ढकाल, सुलोचना मानन्धर, डा ज्ञानु पान्डे र पोखराबाट हरिदेवी कोइराला, सरस्वती प्रतीक्षा, सरस्वती श्रेष्ठु ‘सरु’, ईशा शाह, गीता अधिकारी जून, छन्दिका त्रिपाठी, गौरी तमु, लक्ष्मी थापा, शुभ शर्मा , केशु शर्मा सङ्गिता वराल बिसि लगायतका नारी स्रष्टाहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए । कार्यक्रम सञ्चालन पोयुसांपका सचिव एम.डी.काफ्ले गरेका थिए ।