देश तथा समाज पत्रिका

अञ्जनको उत्कृष्ट बलिङले राइजिङ फाइनलमा

पोखरा १०, कार्तिक राइजिङ क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसिपमा राइजिङले कास्की क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । १०३ रनको विजयी लक्ष्य पाएको राइजिङले २४.३ ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो । राइजिङका लागि ओपनर अनिल गुरुङले ४६ रन बनाउदै नटआउट रहे । उनले ६७ बलमा ६ चौका समेत प्रहार गरे… पुरा पढौ

पोखरामा सोमबार देखि आठौं संस्करणको गोदावारी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशिक पुष्प मेला हुने

दीननाथ बराल, पोखरा १०, कार्तिक, आठौं संस्करणको गोदावारी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ यही कार्तिक १२ गते (सोमबार) देखि पोखरामा हुने भएको छ । फ्लोरिकल् एशोसिएसन नेपाल जिल्ला समिति (फ्यान) कास्कीको आयोजनामाा यही कार्तिक १२ देखि १६ गतेसम्म पोखरा प्रर्दशनी केन्द्रमा उक्त मेला हुने भएको आज (शनिबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यस प्रदर्शनीमा व्यवसायीक स्टल २० वटा कृषि सामग्री स्टल २ वटा र सूचना मूलक १ वटा गरि जम्मा २३ वटा… पुरा पढौ

जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा सम्पन्न

पोखरा, १० कात्र्तिक, जनप्रिय बहुमुखी क्याम्पसको २६ औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । प्रमुख अतिथि एवम् क्याम्पसका सम्मानार्थ संरक्षक रञ्जन तुलाचनले जनप्रियको शैक्षिक पिपलबोटले हजारौँ विद्यार्थीलाई शिक्षाको उज्यालो र शितलता दिएकाले लोकप्रिय भएको बताए । तुलाचनले ३३ वर्ष सामुदायिक शिक्षामा निरन्तरता दिएको क्याम्पस अकबरी सुन जस्तै मूल्यवान भएकोले आवश्यक परेको खण्डमा क्याम्पसलाई सहयोग गर्न प्रतिवद्ध रहेको जनाए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरन्द्रनारायाण विजुक्छेले क्याम्पसलाई मानित विश्वविद्यालय उन्मुख बनाउन नीतिगत, भौतिक र शैक्षिक सुधार गरेको जानकारी दिँदै… पुरा पढौ

प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड

पोखरा, १० कात्तिक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा शुक्रबार पोखरामा आयोजित रोयल्टी बाँडफाँडको बर्तमान प्रणालीको संरचना, आधार र ढाँचाको पुनरावलोकन सम्बन्धी अन्तरक्रिया तथा छलफलमा रोयल्टी बाँडफाँड बैज्ञानिक हुनुपर्नेमा जोड दिइएको छ ।कार्यक्रममा रोयल्टी बाँडफाँड समन्यायिक हुनुपर्नेमा त्यो हुन नसकेको बताउँदै वक्ताहरूले बर्तमान अवस्थामा रोयल्टी वितरणमा असमानता देखिएको धारणा राख्नुुभयो । कार्यक्रमका अध्यक्ष एवम् राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगका सदस्य डा.जुुद्धबहादुर गुरुङले प्राकृतिक स्रोतको विद्यमान प्रतिशत निर्धारणको पुनरावलोकनका साथै आधारहरू तय गर्ने सन्दर्भमा सम्बद्ध पक्षहरूसँग छलफल एवम् अन्तरक्रिया बढाइएको बताउनुुभयो… पुरा पढौ

लम्सालको अध्यक्षतामा एगाको नयाँ कार्यसमिति निर्वाचित

पोखरा, १० कात्तिक इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको २१ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले गोकर्ण लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । एगाको शुक्रबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा गीता ढकाल पौडेल, सचिवमा माया सुवेदी, सह सचिवमा सुरेन्द्र पौडेल र कोषाध्यक्षमा सुशिल ढकाललाई निर्वाचित गरेको छ । समितिका सदस्यहरूमा रामकृष्ण तिमल्सिना, रमेश सुवेदी, नारायण पाण्डे, होमराज भण्डारी र सुन्ती पूर्जा रहनुुभएको छ । अधिवेशनका लागि पूर्व अध्यक्ष कृष्णकुुमार श्रेष्ठको संयोजकत्वमा पूर्व अध्यक्षद्वय चिरञ्जिवी पोखरेल र जीवनाथ गौतम रहनुुभएको… पुरा पढौ

आकस्मिक रक्तदान कार्यक्रममा २५१ यूनिट रगत संकलन

पोखरा, कात्तिक १०, एभरेस्ट एफएम ९३ मेगाहर्ज पोखराले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रमबाट २५१ यूनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमको आयोजनामा भएको रक्तदान कार्यक्रममा २०३ जना पुरुष र ४८ जना महिला गरेर कुल २५१ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, तमु धिँ नेपाल, तमु युवा समिति, नेवा ल्याम्ह पुचः, जिफन्ट गण्डकी, सिटिजन… पुरा पढौ

पोखराका पत्रकार लामिछाने प्रेस काउन्सिल सदस्यमा नियुक्त

पोखरा १०, कार्तिक, पोखराका युवा पत्रकार केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त हुनु भएको छ । २०५६ सालदेखि पत्रकारितामा क्रियाशील लामिछानेलाई नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्री स्तरीय निर्णयबाट सदस्य नियुक्त हुनु भएको हो । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नु भएको उहाँले नागरिक दैनिक, नेपाल समाचारपत्र दैैनिक, समय साप्ताहिक, बबिसी मिडिया एक्सन, पोखराको पोखरा एफएम काम गरेको अनुभव रहेको छ । हाल उहाँ पोखराबाट प्रकाशित हुने समाधान दैनिकको सम्पादक र काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण… पुरा पढौ

अरण्यज्योती समुह विजेता बन्दै सेमीफाइनलमा, हारका बाबजुत राइजिङ पनि सेमीमा

पोखरा ९, कार्तिक, पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगितामा समुह सि को विजेता बन्दै अरण्यज्योती क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको कास्की जिल्ला स्तरीय अन्तर क्लब क्रिकेट च्याम्पियनसिपमा राइजिङ क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै अरण्यज्योती फाइनलमा प्रवेश गरेको हो । एक सय ५७ रनको विजयी लक्ष्य पछ्याएको अरण्यज्योतीले ४४.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो । अरण्यज्योतीको जितमा प्रदिप पौडेलले अर्धशतकीय पारी खेल्दै नटआउट रहे । उनले ९१ बलमा ५… पुरा पढौ

रवि र जोशीलाई पुनः म्याद थप,विहिबार पनि पोखरामा केही वेर प्रहरी र रास्वपा समर्थित बिच धकेलाधकेल

दीननाथ बराल, पोखरा ८, कार्तिक, राष्ट्रिय स्वतन्त्र पाट्र्री (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रविलाई जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताउनु भयो । कात्तिक २ गते पक्राउ परेका लामिछनाने माथि यस अघि आइतबार ६ दिनको… पुरा पढौ

होटल संघ पोखराको अध्यक्षमा पुन लक्ष्मण सुवेदी चयन

पोखरा ८, कार्तिक, होटल संघ पोखरा, नेपालको अध्यक्षमा पुनः लक्ष्मण सुवेदी चयन हुनु भएको छ। विहिबार बेलुका पोखरामा सम्पन्न भएको संघ पोखराको २१ औं अधिवेशन तथा ४२ औं साधारणसभाले सुवेदीको नेतृत्वकै पुरानो टोली सर्बसम्मत रुपमा निरन्तरता पाउनु भएको हो । त्यसै गरी संघको प्रथम उपाध्यक्षमा दिपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिव पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल (रमेश) र सहकोषाध्यक्षमा बैभव पौडेल निर्वाचित भएका छन् । सदस्यमा प्रदिपराज पहारी, विवेक गौतम, शिवराज पहारी, पन्चङ लामा चयन भएका… पुरा पढौ