देश तथा समाज पत्रिका

पोखरामा सुरु भयो पुष्प मेला, तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ ः कृषि मन्त्री श्रेष्ठ

पोखरा १२, कार्तिक, गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनुहुनेलाई… पुरा पढौ

सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ र्निधारण, स्थानीय उत्पादनलाई प्रयोग गर्न महानगरको जोड

भरतपुर, १२ कार्तिक नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकै आइपुगेको छ । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ । त्यसै गरी अहिलेको उत्पादनले विदेशबाट आयत गर्नुपर्ने नदेखिएको एशोसियसनका सचिव श्रेष्ठ बताउनुहुन्छ । विगतमा फुलको मालाको मूल्य फरक फरक भएकाले यस पटक रु १०० निर्धारण गरिएको एशोसियसनका सचिव श्रेष्ठले… पुरा पढौ

सरकारले विलाशिता क्षेत्रमा बढी लगानी गर्योः अध्यक्ष नेपाल (भिडियो सहित)

दीननाथ बराल,पोखरा १२, कार्तिक, पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकारले आवश्यकता भन्दा बढी विलाशिता क्षेत्रमा बढी लगानी गरेको आरोप लगाउनु भएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारले आफ्नो देशको आर्थिक अबस्था भन्दा बढी महत्वकाक्षि भई अनावश्यक भौतिक संरचनामा ठुलो लगानी गरेको आरोप लगाउनु भएको हो । धेरै सोच विचार गरेर अति आवश्यकताको आधारमा मात्र भवन तथा कुनै पनि पालिकाहरुको प्रशासनिक भवन… पुरा पढौ

उत्कृष्ट पुनरागमन गर्दै नेपाली राष्ट्रिय महिला फुटवल टोलीले नेपालीको मन जित्यो

पोखरा १२, कार्तिक उत्कृष्ट पुनरागमन गर्दै नेपाली राष्ट्रिय महिला फुटवल टोलीले पुनः एक पटक नेपालीको मन जित्न सफल भएको छ । एक गोलको पछि परेको नेपालले निर्धारित समयमा एक गोल गरी खेल बराबरीमा पुर्याउदै टाईब«ेकरमा भारत जस्तो शक्तिशाली देशलाई ४–२ ले पराजित गर्दै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार बेलुका सम्पन्न दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १÷१ गोल गरेपछि खेलको टाईब्रेकरमा धकेलिएको हो । पेनाल्टीमा भारतका लागि… पुरा पढौ

गण्डकीको उपल्लो मुस्ताङमा प्रदेश प्रमुख

पोखरा, ११ कार्तिक, गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गर्नुभएको छ । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी अवलोकन गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गर्नुभयो । त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी गराउनुभएको… पुरा पढौ

चार स्वयमसेवी संस्थाको अन्तरक्रियात्मक भेटघाट

पोखरामा क्रियाशील चार स्वयम्सेवी संस्थाको अन्तरक्रियात्मक भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । संयुक्त कार्यक्रम आयोजना गर्ने संस्थामा हाइकर्स क्लब नेपाल, स्वतन्त्र पत्रकार संघ कास्की शाखा, सङ्घर्षमा कलम पोखरा र छोरेपाटन भू.पू. विद्यार्थी मञ्च रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले संघसंस्थाले तयार गरेका नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा सरकारको दिगोपना वर्तमानका पहिलो चुनौती रहेको धारणा राखे । भण्डारीले विकास तथा निर्माण सन्दर्भमा थपे, “आगोको धर्म पोल्नु, पानीको धर्म प्यास मेट्नु… पुरा पढौ

घाचोक–पोखरा सम्पर्क समाज गठन, अध्यक्षमा तोयनाथ बैरागी

पोखरा,११ कात्तिक कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको आज भएको भेलाले घाचोक–पोखरा सम्पर्क समाजको तदर्थ समिति गठन गरेको छ । घाचोकवासीको दुःख र सुःखमा साथमा रहने तथा घाचोकको विकासका लागि पोखरामा रहेर योगदान गर्दै एकआपसमा आपसी सद्भाव र सम्बन्ध प्रगाढ बनाउने उदेश्यलेसमाज गठनका लागि पोखरामा भेला आयोजना गरिएको थियो । सो भेलाले तोयनाथ लम्साल९वैरागी०को अध्यक्षतामा १५ सदस्सीय तदर्थ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समाजको उपाध्यक्षमा महेश्वर… पुरा पढौ

सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः प्रचण्ड

काठमाडौं, ११ कार्तिक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताउनुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई सामान्य रुपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने चेतावनी पनि दिनुभयो । आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उहाँले आफूलाई सच्याउन सरकारलाई आग्रह गर्नुभयो । ‘नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध… पुरा पढौ

प्रदेश बासीको स्वास्थ्यलाई स्वस्थ राख्ने बाटो तय गण्डकी स्वास्थ्य मन्त्री पाठक

पोखरा ११, कार्तिक, गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरूअघिबढाएको बताएकाछन्। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफनेपाल ९अफिन० को छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनमा प्रमुख अतिथि मन्त्री पाठकले योजना अनुसार नै गण्डकीबासीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको बताए। प्रदेशको स्वास्थ्य क्षेत्रमा देखि एका समस्यालाई समाधान गर्नतीन कालीन योजना बनाएर काम थालेको उनको भनाईछ।‘अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु’, उनलेभने।यसैबीच,गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गरेर काम… पुरा पढौ

वन पैदावार समृद्धिको आधार बन्नु पर्नेमा जोड

गण्डकी, १० कात्तिक वन प्रदावारलाई समृद्धिको आधार बनाउनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ पोखरा महानगर महासंघद्धारा आयोजित क्षेमता अभिबृद्धि कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन । स्वदेशी काठको प्रयोग गर्दै विदेशी काठलाई विस्थापित गर्नुपर्ने बताउँदै बक्ताहरुले वन पैदावार उपयोगमा देखिएका नीतिगत समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता औल्याए ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो कार्यक्रमको उद्घाटन गर्दै जिव र जगतसंग जोडिएको वनको संरक्षणसंगै… पुरा पढौ