
दीननाथ बराल,
पोखरा २९, पुष,
गण्डकी प्रदेशको राजधानि पोखरामा ६४ जिल्लाका दुग्ध व्यवसायीक किसान सहभागि हुनु भएको छ । केन्द्रिय दुग्ध सहकारी संघ नेपालको आज पोखराको ह्वाइट हाउस पार्टी प्यालेसमा हुने ३० औं साधारण सभामा सहभागि हुन ६४ जिल्लाका करिब ४ सय जना दुग्ध किसान पोखरामा सहभागि भएको संघका लेखा समिति संयोजक एवं कास्कीका अध्यक्ष नवराज बरालले बताउनु भयो ।
संघका अध्यक्ष अम्मर कुंवरको अध्यक्षतामा हुने कार्यक्रमको औपचारिक उद्घाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री रामनाथ अधिकारीले गर्नुहुने भएको छ । सप्त गण्डकी दुग्ध संघको व्यबस्थापनमा कार्यक्रम हुने भएको हो ।