राजनीति

पोखरा महोत्सव सुरु, ५ घण्टासम्म र्याली, भविश्य निर्माणको लागि चुनावमा सहभागि हुन मन्त्री श्रेष्ठको अपिल (भिडियो सहित)

पोखरा, पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन । https://www.youtube.com/watch?v=d1LgQ_r1f9I महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवको स्थापना कालीन समयमा समेत आफुले सहयोग गरेको स्मरण गर्दै हाल उक्त महोत्सवले पोखराको ब्राण्ड नै बनेको जनाइन् । पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ रहेको थियो । आफुले पोखरामा… पुरा पढौ

कोशी प्रदेश गण्डकीको ‘पर्यटक संस्कार’ सिक्न पोखरामा, ९ बुँदे समझदारी, दुबै प्रदेशमा पर्यटन विस्तार हुने विश्वास (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २८ पुस, पर्यटनको राजधानीका रूपमा स्थापित गण्डकी प्रदेशबाट सिकाइ र अनुभव आदान–प्रदान गर्दै कोशी प्रदेशले आफ्नो पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित पोखरामा गण्डकी प्रदेशसँग ९ बुँदे समझदारी गरेको छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई प्रभावकारी बनाउन गरिएको यस अन्तरप्रदेश सहकार्यबाट दुबै प्रदेशमा पर्यटन प्रवद्र्धन तीव्र हुने विश्वास गरिएको छ । https://www.youtube.com/watch?v=1v9sQnKQBqQ कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीको नेतृत्वमा पोखरा आएको टोलीलाई गण्डकी प्रदेशको राजधानी पोखरामा स्वागत गर्दै सोमबार बृहत् अन्तरक्रिया तथा छलफल… पुरा पढौ

पोखरामा आज ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो (भिडियो सहित)ं

दीननाथ बराल, पोखरा, २७ पुस, पोखरामा आज (आइतबार) ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । नागरिक मूल समारोह समिति २०८२, कास्कीले कास्की जिल्लाका ५० भन्दा बढी सामाजिक, धार्मिक, शैक्षिक तथा पेशा–व्यवसायगत संघ–संस्थाहरूको सहभागितामा विविध कार्यक्रम सहित पृथ्वी जयन्ती मनाएको हो । https://www.youtube.com/watch?v=jYnSCxW3WIM आइतबार बिहान मानवअधिकार चोक (चिप्लेढुंगा) बाट शोभायात्रा सुरु भएको थियो भने शोभायात्रामा पञ्चेबाजा, भजन–चुड्का, झाँकी तथा नाचगानसहितको शोभायात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै पृथ्वीचोक पुगेर मूल समारोहमा परिणत भएको कार्यक्रम संयोजक भोलाजंग… पुरा पढौ

पोखरामा आइतबार पृथ्वी जयन्ती मनाइने

पोखरा, २६ पुस, पोखरामा भोलि (आइतबार) ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको छ । नागरिक मूल समारोह समिति २०८२, कास्कीले (पुस २७ गते) कास्की जिल्लाका ५० भन्दा बढी सामाजिक, धार्मिक, शैक्षिक तथा पेशा–व्यवसायगत संघ–संस्थाहरूको सहभागितामा विविध कार्यक्रम सहित पृथ्वी जयन्ती मनाउने भएको जनाएको छ । आइतबार बिहान पञ्चेबाजा, भजन–चुड्का, झाँकी तथा नाचगानसहितको शोभायात्रा मानवअधिकार चोक (चिप्लेढुंगा) बाट शोभायात्रा सुरु हुने भएको छ भने नगरका विभिन्न भागको परिक्रमा गर्दै पृथ्वीचोक पुगेर मूल समारोहमा परिणत हुने भएको कार्यक्रम संयोजक… पुरा पढौ

पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी देखाउँदै स्थानीयलाई तर्साए पछि तवानको स्थितिमा प्रहरीले बचायो

दीननाथ बराल, पोखरा २५, पुस, पोखरा महानगरपालिका–३३ मा फोहोर व्यबस्थापनका लागि प्रस्तावित ल्याण्डफिल साइटलाई लिएर उत्पन्न विवादले उग्र रूप लिँदा वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी देखाउँदै स्थानीयलाई तर्साएको आरोप लागेको छ । घटनापछि वडाध्यक्ष अधिकारी प्रहरी नियन्त्रणमा रहनु भएको छ । तनावको स्थितिमा प्रहरीले उहाँलाई पक्राउ गरी बचाएको थियो । स्थानियले ढुंगा मुडा प्रहार गर्दै प्रहरी र वडाध्यक्षको गाडीमा समेत प्रहार गरेका थिए । पोखरा–३३ पुँडिटारमा ल्याण्डफिल साइट निर्माणको विरोधमा स्थानीयबासीले आज (शुक्रबार) वडा कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यालयमा तालावन्दी… पुरा पढौ

राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा ६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा चार दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट नेपाली काँग्रेस र नेकपा एमालेले संयुक्त उम्मेदवारी दर्ता गराए भने नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाले छुट्टाुछ्टै उम्मेदवारीको मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले आज उम्मेदवारी दर्ता गराएका हुन । गण्डकीमा दुई पटका लागि ६ जनाको उम्मेदवारी दिएका हुन् । निर्वाचनका लागि महिला समूहमा नेकपा(एमाले) बाट सम्झना देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट गोमा घिमिरे र जनमोर्चाबाट… पुरा पढौ

ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइ राख्नुपर्छः प्रदेश प्रमुख भट्ट

पोखरा, १४ पुस, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान पर्व तमु ल्होछारको अवसर पारेर पोखरामा आयोजना गरेको तमु ल्होछार महोत्सव २०८२ मा प्रमुख अतिथि भट्टले सर्प वर्ग ९सप्री ल्हो० समाप्त भएर घोडा वर्ग ९त ल्हो० को आरम्भ भएको अवसरमा सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो । ‘सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको… पुरा पढौ

माछापुच्छ्रे गाउँसभा विनियोजन ऐन २०८२ संशोधन पारित, आत्मनिर्भरता र उत्पादनमुखी योजनामा जोड

पुष १४, पोखरा, कास्कीको माछापुच्छ्रे गाउँपालिकाको गाउँसभा–१८ औँ अधिवेशन सोमबार सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८२र०८३ को सेवा र कार्यक्रम सञ्चालनका लागि आवश्यक विनियोजनमा संशोधन गर्दै ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ। अधिवेशनको उद्घाटन गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले गरेका थिए। त्यसपछि उपाध्यक्ष सीता अधिकारीद्वारा प्रस्तुत संशोधन प्रस्तावमा सभा सदस्यहरूको बहुमत मिलेपछि ऐन तुरुन्त कार्यान्वयनमा लैजान मार्ग खुलेको हो। संशोधनसँगै सञ्चित कोषका केही रकम सेवा तथा विकास कार्यमा खर्च गर्न गाउँसभा सहमत देखिएको छ। “आर्थिक आवश्यकताअनुसार… पुरा पढौ

लेखनाथ महोत्सव अपेक्षा गरे भन्दा बढी सफलता हासिल गर्दै सम्पन्न, बेगनास तालमा वाटर—स्पोटर्स संचालन गर्न महानगरको चासो

दीननाथ बराल, पोखरा १४, पुस, लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा पोखरा २७ डाँडाकोनाक (तालचोक) मा आयोजना भएको २१ औं संस्करणको लेखनाथ महोत्सवमा करिब ३ लाख ३५ हजार दर्शक भित्रिदा ११ करोड मुल्य बराबरको आर्थिक कारोबार भएको छ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस ३ देखि सोमबारसम्म १२ दिनसम्म संचालन भएको उक्त महोत्सवमा आफुहरुले अपेक्षा गरे भन्दा बढी सफलता हासिल गर्न सफल भएको संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुली अधिकारीले बताउनु भयो… पुरा पढौ

तामझामका साथ पोखरामा सुरु भयो सडक महोत्सव (भिडियो सहित), पोखरामा देखिएको जंगल जस्ता पोलका तारहरु अब सबै अण्डरग्राउण्डमा व्यबस्थापन गर्दैछौं ः मन्त्री घिसिङ

दीननाथ बराल, पोखरा १३, पुस, नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पोखरामा अन्तराष्ट्रिय उडान गर्ने बिषय अहिलेको सरकारले भन्दा नयाँ आउने सरकारले त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । रेवान पोखराले सुरु गरेको २७ औँ पोखरा सडक महोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले जेनजी आन्दोलनबाट ६ महिना भित्र चुनाव गर्ने गरी स्थापना भएको सरकारबाट धेरै अपेक्षा गर्नु भन्दा आउने नयाँ सरकारले पोखरामा अन्तराष्ट्रिय हवाई उडान गर्ने बिषयमा मुख्य मुद्धा बनाउनु पर्नेमा… पुरा पढौ