राजनीति

कास्कीमा मापसेसँगै ‘लापसे’ समस्या बढ्दो, सबै मिलेर लागुऔषध नियन्त्रणमा लाग्न आग्रह (भिडियो सहित), पोखरामा सचेतनामूलक र्‍याली

पोखरा, असार १२, कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको चिन्ता व्यक्त गरिएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको सप्ताहव्यापी अभियानको समापनका अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा प्रशासनले लागुऔषध नियन्त्रणमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका हुन्। “लागुऔषधको चुनौती चिनौँ स् सामाजिक समाधानको बाटो खोजौँ” भन्ने नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा विभिन्न सरकारी–गैरसरकारी संस्थाको समन्वयमा सञ्चालित अभियान प्रभातफेरीसहित सम्पन्न भएको हो। https://www.youtube.com/watch?v=5_IjSg9HIs4&t=13s… पुरा पढौ

शिक्षाको आवरणमाःसहकारी मोडलः टप्स बोर्डिङ स्कुलका अध्यक्ष थापा कसरी पुगे प्रहरीको फन्दामा !

दीननाथ बराल,पोखरा, ११ असार, शिक्षा सेवा र विश्वासको क्षेत्र मानिन्छ । तर पछिल्ला वर्षहरूमा सहकारी शैलीमा सदस्य विस्तार गर्दै लगानीकर्ताबाट ठूलो रकम संकलन गर्ने र पछि विवादमा तानिने प्रवृत्ति शिक्षा क्षेत्रमा समेत देखिन थालेको छ । पोखरामा यतिबेला यस्तै एउटा घटनाले धेरैलाई सचेत गराएको छ । पोखराको रामघाटस्थित टप्स एजुकेसन फाउण्डेसन प्रा.लि. (टप्स सेकेण्डरी बोर्डिङ स्कुल) का अध्यक्ष बलबहादुर थापा विगत एक सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । विद्यालयको शेयर उपलब्ध गराउने आश्वासनमा विभिन्न व्यक्तिबाट रकम लिएको तर… पुरा पढौ

कास्कीको अन्नपूर्ण गाउँपालिकाको बजेट ६५ करोड ५० लाख (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा १०, असार, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु। ६५ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष चन्द्रकला अधिकारीले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरेकी छन् । गाउँपालिकाले “कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार” भन्ने दीर्घकालीन सोचलाई आधार मानेर बजेट निर्माण गरेको छ। कुल बजेटमध्ये चालु र पूँजीगत दुवै खर्च समेटिएको छ, जसमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त… पुरा पढौ

माछापुच्छ्रेको बजेट ७० करोड ४६ लाख, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा जोड (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा, १० असार कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७० करोड ४६ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको उन्नाइसौं गाउँसभा अधिवेशनमा उपाध्यक्ष सीता अधिकारीले सो बजेट प्रस्तुत गर्नु भएको हो। यसअघि गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा २ करोड ४७ लाख १९ हजार रुपैयाँले बढी हो। चालु आर्थिक वर्ष २०८२र८३ मा गाउँपालिकाको बजेट… पुरा पढौ

भारतीय सहित विदेशी पर्यटक पोखरा ३० को देउरालीखोलामा हुने रोपाई महोत्सवमा सहभागि हुने तयारी

पोखरा, १०,असार, पोखरा महानगरपालिका–३० स्थित देउरालीखोलामा आइतबार आयोजना हुने २१औँ असारे रोपाइँ महोत्सव–२०८३ मा भारतीयसहित विभिन्न देशका विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने भएको छ। कृषि, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे संस्कृति प्रत्यक्ष अनुभव गराउने तयारी गरिएको आयोजकले जनाएको छ। https://www.youtube.com/watch?v=2mPAfzWxchM&t=634s पोखरा पर्यटन परिषद्ले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका संयोजक तथा परिषद्का महासचिव जीवनराज सापकोटाले यस वर्ष महोत्सवलाई अन्तर्राष्ट्रिय स्तरमा आकर्षक बनाउने गरी तयारी गरिएको जानकारी दिए। उनका अनुसार… पुरा पढौ

राष्ट्रिय बक्सिङमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार घोषणा, गण्डकीको टोलीलाई पोखराबाट विदाई

दीननाथ बराल,पोखरा, १० असार, काठमाडौंमा भोलि (विहिबार) देखि सुरु हुने ३० औं राष्ट्रिय पुरुष ११ औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा पदक जित्ने गण्डकी प्रदेशका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । यससँगै प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेश बक्सिङ टोलीलाई बुधबार पोखराबाट औपचारिक रूपमा विदाई गरिएको हो । पोखरा रङ्गशालामा आयोजित विदाई कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दिपेन्द्र मर्यानीले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशको गौरव बढाउने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने घोषणा गर्नुभयो । उहाँका… पुरा पढौ

रूपा गाउँपालिकाको बजेट १४ प्रतिशतले बढ्यो, ५५ करोड ३८ लाखको बजेट, नीति तथा कार्यक्रम एकै दिन सार्वजनिक (भिडियो)

दीननाथ बराल,पोखरा, ९ असार, कास्कीको रूपा गाउँपालिकाको आउँदो आर्थिक बर्ष ०८३÷०८४ का लागि बजेट बढेको छ । गाउँपालिकाको २० औँ गाउँसभामा उपाध्यक्ष लालसुब्बा गुरुङले आज (मंगलबार) पालिकामा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै चालु आ.व.को तुलनामा १४ प्रतिशतले बृद्धि भएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=WC0jOgs4u_M&t=31s रुपा गाउँपालिकाको आर्थिक वर्ष २०८३÷०८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ ४१ करोड ८२ लाख ३० हजार रुपैयाँ र पुँजीगततर्फ १३ करोड ५५… पुरा पढौ

कास्कीको मादी गाउँपालिकाको बजेट ६५ करोड १२ लाख,कृषि, पर्यटन र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

दीननाथ बराल पोखरा, ८ असार कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको उन्नाइसौं गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्दै आउदो बर्षको लागि उक्त बजेट सार्वजनिक गर्नु भएको हो । प्रस्तावित बजेटमध्ये १८ करोड १४ लाख ९० हजार रुपैयाँ अर्थात् २७.८७ प्रतिशत पूँजीगततर्फ र ४६ करोड ९७ लाख ६१ हजार रुपैयाँ अर्थात् ७२.१३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको उहाँले जनाउनु भयो । चालु खर्चको हिस्सा… पुरा पढौ

मुख्यमन्त्री प्रत्यक्ष कार्यकारी हुनुपर्छः मुख्यमन्त्री पाण्डे (भिडियो सहित), संविधान शंसोधनमा जोड

दीननाथ बराल,पोखरा, असार ८, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको संसदीय अभ्यास माथि प्रश्न गर्नु भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मुख्य न्यायाधिवक्ताको कार्यालयको समन्वय तथा सहकार्यमा सोमबार पोखरामा सम्पन्न “संघीयता सवलीकरणमा संविधान संशोधन, गण्डकी प्रदेशको भूमिका र आगामी कार्यदिशा” विषयक नीति संवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संसदमा बहुमतका लागि ‘टाउको गणना’ गर्ने अभ्यासले राजनीतिक अस्थिरता बढाएको दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=1lSVKR0lkwA&t=371s “अस्थिरताभन्दा ठूलो खतरा निरंकुशता हो,” उहाँले भन्नुभयो “अस्थिरतालाई नियन्त्रण गर्न सकिन्छ, तर निरंकुशतालाई छाडा छोडियो… पुरा पढौ

कास्कीका सिडिओ कुमानसिंह गुरुङलाई लेखनाथमा स्वागत

लेखनाथ, ०८ असार, कास्कीमा हालै सरुवाभई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङलाई सोमबार लेखनाथमा स्वागत गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी गुरुङलाई स्वागत गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले गुरुङको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम गराउँदै व्यवसायीहरुले शान्तिपुर्ण वातावरणमा उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्थाहुने आशा र विश्वास व्यक्त गरिन । अध्यक्ष पराजुलीले अनुगमनका नाउँमा व्यासायीहरुमा डर त्रास सिर्जना गरि हतोत्साही बनाउने कार्य नहुने अपेक्षागर्दै लेखनाथ क्षेत्रका तालहरुमाहुने दुर्घटनाहरुमा मानिसहरुको… पुरा पढौ

This will close in 20 seconds