प्रमुख समाचार

प्रशासनको सार्वजनिक सुनुवाइ मादी–७ मा सम्पन्न, मनसुनजन्य विपद् व्यवस्थापन, मध्यपहाडी लोकमार्ग निर्माण र सेवा प्रवाह सुधारमा जोड

मादी, जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा मादी गाउँपालिकाको समन्वय र सहजीकरणमा संघ, प्रदेश तथा स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवा तथा विकास आयोजना सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम मादी गाउँपालिका वडा नं= ७ मा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङको उपस्थिति रहेको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बराल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नविन कार्की, सशस्त्र प्रहरी बल कास्कीका प्रमुख, मादी… पुरा पढौ

५ किलोमिटर सडक दौडमा पुरुष तर्फ अजय पाण्डे, महिला तर्फ नितु तामाङ प्रथम (भिडियो सहित)

दीननाथ बराल,पोखरा, असार १३ अन्तर्राष्ट्रिय श्रवणदृष्टि विहीनता दिवस २०८३ (जुन २७) को अवसरमा आज (शनिबार) पोखरामा श्रवणदृष्टि विहीन संघ नेपालको आयोजनामा खुला ५ किलोमिटर सडक दौड प्रतियोगिता आयोजना गरिएको छ । श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुको दोस्रो अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित जनचेतनामुलक ५ किलोमिटर सडक दौड प्रतियोगितामा पुरुष तर्फ अजय पाण्डे प्रथम हुनु भएको छ भने महिला तर्फ नितु तामाङ प्रथम हुनु भएको हो । https://www.youtube.com/watch?v=T1lrii8fNE8&t=478s पुरुषतर्फ पाण्डेले १६ मिनेट ४४ः९८ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गर्दा गौतम श्रेष्ठले… पुरा पढौ

पोखराको फिष्टेल ड्रिम पार्कमा थपियो साहसिक खेल ‘स्विङ’ (भिडियो सहित) सबै सिजनमा पर्यटक आकर्षण

दीननाथ बराल,पोखरा, १३ असार, पोखरामा विगत ५ बर्षदेखि पर्यटकीय आकर्षणका रूपमा स्थापित फिष्टेल ड्रिम पार्कले यस बर्ष साहसिक खेल ‘स्विङ’ (पिङ) सञ्चालनमा ल्याएको छ । हरेक वर्ष जसो केही न केही नयाँ मनोरञ्जनात्मक गतिविधि थप्दै आएको पार्कले यसपटक युवापुस्ता तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै स्विङ सञ्चालनमा ल्याएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=hJLVsI1iOa0&t=318s पार्कमा सञ्चालनमा आएका जायन्ट स्विङ, डिलक्स स्विङ, इलेक्ट्रिक स्विङ र बेबी स्विङ ले साहसिक खेलप्रेमीका लागि नयाँ अनुभव प्रदान गर्ने कम्पनीका निर्देशक कमल बस्नेतले बताउनु… पुरा पढौ

कास्कीमा मापसेसँगै ‘लापसे’ समस्या बढ्दो, सबै मिलेर लागुऔषध नियन्त्रणमा लाग्न आग्रह (भिडियो सहित), पोखरामा सचेतनामूलक र्‍याली

पोखरा, असार १२, कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन (लापसे) गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको चिन्ता व्यक्त गरिएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको सप्ताहव्यापी अभियानको समापनका अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा प्रशासनले लागुऔषध नियन्त्रणमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका हुन्। “लागुऔषधको चुनौती चिनौँ स् सामाजिक समाधानको बाटो खोजौँ” भन्ने नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा विभिन्न सरकारी–गैरसरकारी संस्थाको समन्वयमा सञ्चालित अभियान प्रभातफेरीसहित सम्पन्न भएको हो। https://www.youtube.com/watch?v=5_IjSg9HIs4&t=13s… पुरा पढौ

शिक्षाको आवरणमाःसहकारी मोडलः टप्स बोर्डिङ स्कुलका अध्यक्ष थापा कसरी पुगे प्रहरीको फन्दामा !

दीननाथ बराल,पोखरा, ११ असार, शिक्षा सेवा र विश्वासको क्षेत्र मानिन्छ । तर पछिल्ला वर्षहरूमा सहकारी शैलीमा सदस्य विस्तार गर्दै लगानीकर्ताबाट ठूलो रकम संकलन गर्ने र पछि विवादमा तानिने प्रवृत्ति शिक्षा क्षेत्रमा समेत देखिन थालेको छ । पोखरामा यतिबेला यस्तै एउटा घटनाले धेरैलाई सचेत गराएको छ । पोखराको रामघाटस्थित टप्स एजुकेसन फाउण्डेसन प्रा.लि. (टप्स सेकेण्डरी बोर्डिङ स्कुल) का अध्यक्ष बलबहादुर थापा विगत एक सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । विद्यालयको शेयर उपलब्ध गराउने आश्वासनमा विभिन्न व्यक्तिबाट रकम लिएको तर… पुरा पढौ

फेवातालमा डुबेर बेपत्ता भएका दुई युवाको सशस्त्र प्रहरीद्वारा अचेत अवस्थामा उद्धार

दीननाथ बराल,पोखरा, १० असार, पोखराको फेवातालमा फरक–फरक घटनामा डुबेर बेपत्ता भएका दुई युवालाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले खोजी गरी अचेत अवस्थामा उद्धार गरेको छ । उद्धार गरिएकामध्ये एक जनाको उपचार भइरहेको छ भने अर्का एक युवकलाई चिकित्सकले मृत घोषणा गरेका छन्। मंगलबार साँझ पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा पोखरा–९ नयाँबजार निवासी ३४ वर्षीय शंकर नेपाली तालमा डुबेर बेपत्ता हुनु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्की अन्तर्गत… पुरा पढौ

कास्कीको अन्नपूर्ण गाउँपालिकाको बजेट ६५ करोड ५० लाख (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा १०, असार, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु। ६५ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष चन्द्रकला अधिकारीले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गरेकी छन् । गाउँपालिकाले “कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार” भन्ने दीर्घकालीन सोचलाई आधार मानेर बजेट निर्माण गरेको छ। कुल बजेटमध्ये चालु र पूँजीगत दुवै खर्च समेटिएको छ, जसमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त… पुरा पढौ

होटल संघ पोखराका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन, पर्यटन क्षेत्र शोकमा

पोखरा, १० असार, होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको निधन भएको छ । पर्यटन क्षेत्रसँग लामो समयदेखि आबद्ध खनालको अचानक मस्तिष्कघातबाट उपचार गर्ने क्रममा निधन भएको संघले जनाएको छ । गोरखाको आरुघाट स्थायी घर भएका ४१ वर्षीय खनाल जाऔँ है पोखरा अभियानका क्रममा पाल्पा पुगेका बेला आइतबार अचानक मस्तिष्कघातबाट गम्भीर बिरामी हुनु भएको थियो । उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिए पनि उपचारकै क्रममा बुधबार उहाँको निधन भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले… पुरा पढौ

माछापुच्छ्रेको बजेट ७० करोड ४६ लाख, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा जोड (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा, १० असार कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७० करोड ४६ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको उन्नाइसौं गाउँसभा अधिवेशनमा उपाध्यक्ष सीता अधिकारीले सो बजेट प्रस्तुत गर्नु भएको हो। यसअघि गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले आगामी वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको पालिकाले पोखराक्लिकलाई जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा २ करोड ४७ लाख १९ हजार रुपैयाँले बढी हो। चालु आर्थिक वर्ष २०८२र८३ मा गाउँपालिकाको बजेट… पुरा पढौ

भारतीय सहित विदेशी पर्यटक पोखरा ३० को देउरालीखोलामा हुने रोपाई महोत्सवमा सहभागि हुने तयारी

पोखरा, १०,असार, पोखरा महानगरपालिका–३० स्थित देउरालीखोलामा आइतबार आयोजना हुने २१औँ असारे रोपाइँ महोत्सव–२०८३ मा भारतीयसहित विभिन्न देशका विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने भएको छ। कृषि, पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली असारे संस्कृति प्रत्यक्ष अनुभव गराउने तयारी गरिएको आयोजकले जनाएको छ। https://www.youtube.com/watch?v=2mPAfzWxchM&t=634s पोखरा पर्यटन परिषद्ले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवका संयोजक तथा परिषद्का महासचिव जीवनराज सापकोटाले यस वर्ष महोत्सवलाई अन्तर्राष्ट्रिय स्तरमा आकर्षक बनाउने गरी तयारी गरिएको जानकारी दिए। उनका अनुसार… पुरा पढौ