प्रमुख समाचार

उद्घाटन खेलमा बागलुङ माथि कास्कीको शान्दार जित 

पोखरा १९, पुष घरेलु मैदानमा कास्कीले बागलुङ माथि शान्दार जित हासिल गरेको छ । प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरिय क्रिकेट छनौटको विहिबार पोखरामा भएको छनौट प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले बागलुङ माथि १५३ को बिशाल रनको अन्तरले पराजित गर्दै शान्दार जित हासिल गरेको हो । ५० ओभर मध्य ४ ओभर घटाई ४६ ओभरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कास्कीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २ सय ६८ रन जोड्न सफल भयो । २ सय ६९ रनको लक्ष्य पाएको बागलुङले भने २४.१… पुरा पढौ

नश्ल सुधारको लागि स्याङ्बोचे, सोलुखुम्बुबाट पोखरा हुदै मुस्ताङ पुग्यो याक

दीननाथ बराल, पोखरा १८, पुष मुस्ताङमा याकको नश्ल सुधारका लागि स्याङ्बोचे, सोलुखुम्बुबाट एक साता लागेर याक (भाले) पोखरा हुदै मुस्ताङ पुर्याइएको छ । नश्ल सुधारका लागि नेपालको सरकारी एक मात्र याक अनुवांशिक स्रोत केन्द्र स्याङ्बोचे, सोलुखुम्बुबाट करिब प्रति याक २० हजार देखि २५ हजारमा खरिद गरि मुस्ताङ र मनाङ जिल्लाका कृषक, समूह÷समितिलाई गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय मार्फत १९ वटा याक वितरण गर्न पुर्याइएको निर्देशनालयका सूचना अधिकारी डा.सपनालक्ष्मी घिमिरेले बताउनु भयो ।… पुरा पढौ

सुर्य दर्शन ठगी प्रकरणःमहेन्द्र र अर्याल कारागार चलान

पोखरा १८, पुष पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका उनीहरु मङ्गलवार अदालतमा उपस्थित भएका थिए । कास्की जिल्ला अदालतले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । मङ्गलवार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरामा गितेन्द्र… पुरा पढौ

पृथ्बी राजमार्ग बसको अग्रिम टिकट घरमै बसेर बुकिङ गर्न सकिने

दीननाथ बराल पोखरा १८, पुस पोखरा सहित नेपालको यातायात क्षेत्रमा ५ दशक आफ्नो यात्रा पूरा गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले यात्रुको सहजताको लागि घरमै बसेर अग्रिम टिकट बुकिङ गर्न सकिने व्यबस्था मिलाएको छ । समय अनुसार यात्रुलाई सहज र सरल सेवा सुविधा उपलब्ध गराउने उद्धेश्यले कम्पनीले आफ्नो बसहरुमा अनलाइनबाटै अग्रिम टिकट बुकिङ गर्न मिल्ने एप्प ल्याएको कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भयो । पृथ्वी बस डटकम डट एनपी (उचष्तजष्खष्दगक.अयm.लउ), पृथ्वी राजमार्ग… पुरा पढौ

प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी पुष २० देखि पोखरामा

दीननाथ बराल, पोखरा १७, पुस कृषि यान्त्रीकरणको प्रबद्र्धन र सचेतना गराउने उद्धेश्यले पोखरामा यही पुष २० गतेदेखि प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा पुस २२ गतेसम्म उक्त प्रदर्शनी हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । प्रदर्शनीमा ७० भन्दा बढी व्यावसायिक तथा सेवामुलक स्टलहरू हुने भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताउनु भयो । उक्त कार्यक्रममा ४० जिल्लाका करिव ३० हजार सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो… पुरा पढौ

अवसर दिएमा हिमालय एयरलायन्सले पोखरामा अन्तरास्ट्रिय उडान गर्ने

पोखरा १७, पुष हिमालय एयरलायन्स कम्पनीले आफुहरुलाई अवसर दिएमा पोखराबाट नियमित अन्तरास्ट्रिय हवाई उडान गर्ने जनाएको छ । पोखराका पर्यटन व्यवसायी, रास्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिना सहितको छलफल कार्यक्रममा कम्पनीका अध्यक्ष झाओ एनयोंगले आफुहरुलाई अनुमती दिएको अबस्थामा पोखरामा अन्तरास्ट्रिय हवाई उडान गर्ने जनाउनु भएको हो । सबै तर्फबाट सहयोग प्राप्त हुने वातावरण सृजना भएमा हिमालयन एयरलायन्सले पोखराबाट नियमित चिन लगायतका अन्य पर्यटकीय गन्तव्यसम्म पनि उडान गर्न आफुहरु तयार रहेको उहाँले जनाउनु भयो । अध्यक्ष झाओले पोखराबाट अन्तरास्ट्रिय उडान गर्न… पुरा पढौ

पोखरामा गत आर्थिक वर्षमा ७ जना गर्भवती महिलाको मृत्यु

पोखरा, पुस १७ गते पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९÷८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भए र ती मध्य ७ जना पोखरा महानगरका भएको बताइन् ।उनका अनुुसार चालुु आर्थिक वर्ष २०८०÷८१ को साउन यता दुुई जना गर्भवती महिलाका मृत्यु भएको छ । उनले दिएको जानकारी अनुसार पोखरा –८ की… पुरा पढौ

जनजनमा माओवादी अभियान अब पनि निरन्तर हुनुपर्छ: तिवारी

रुपा गाउँपालिका जनजनमा माआेवादी घर घरमा माओवादी बिशेष रुपान्तरणकाे समापन समारोहमा बाेल्ने बक्ताहरुले जनताको घरमा निरन्तर जानुपर्ने बताएका छन् । केन्द्रीय लेखा समिति सदस्य झलकपाणी तिवारी बिगतमा भन्दा नेता पनि रुपान्तरण भएको बताउदै निरन्तर जनताकाे घरमा जानुपर्ने बताएका छन् । तिवारीले अहिलेकाे अभियानले जनता संगै पुरै नजाेडिएकाे तर कार्यकर्ता संग जाेडिएकाे बताए । पछिल्लो समयमा संस्थागत रुपान्तरणमा रहेको, अहिलेसम्म जनता संग छुटेको अभियानले जाेडिने काम भएको जानकारी दिए । उनले जनता संग निरन्तर जाेडिनुपर्ने बताए । केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङ… पुरा पढौ

पोखरा सडक महोत्सवमा ५ लाख पर्यटक भित्रिएको रेवानको दाबी ,आतिसबाजी पर्यटकको आकषर्ण बन्यो

रेवान पोखराले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको करिब ३ किलोमिटर सडक क्षेत्रमा आयोजना गरेको पोखरा सडक महोत्सवमा यसपाली ५ लाख पर्यटक भित्रिएको दाबी गरेको छ । महोत्सवको चौथो तथा इभको दिन आइतबार मात्र करिब साँढे २ लाख पर्यटक भित्रिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनु भयो । पोखरामा आज(सोमबार)सम्म चल्ने २५ औं संस्करणको सडक महोत्सवमा ५ दिनको महोत्सवमा करिब ५ लाख भन्दा बढी पर्यटक भित्रिएको उहाँले जनाउनु भयो । अंग्रेजी नयाँ वर्षको अवसरमा आगन्तुक पर्यटकहरुको लागि रेवान पोखराले आतिसबाजी समेत… पुरा पढौ

लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

लेखनाथ, १५ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा आईतबार कवि लेखनाथको समझनामा विशेष कार्यक्रमको आयोजना गरियो । कवि लेखनाथ पौड्यालको १४०औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थिया । कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले कविका कृति र रचनाहरुका कारण उहाँ… पुरा पढौ