
पोखरा ४ भदौं,
पोखरामा पनि गाई जात्रा पर्व मनाइदै छ । पोखरा उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने गाइजात्रा पर्व हो । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो ।

नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ ।

वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । पोखरामा विगत दुई दशक अघि देखि गाई जात्रा पर्व मनाउन थालिएको नेवाः खल कास्कीका अध्यक्ष असोक पालिखेले बताउनु भयो ।



तस्बिर सान्जय शाक्य