प्रमुख समाचार

विश्व बैङ्कको आर्थिक सहयोगमा तेस्रो सडक स्तरोन्नति परियोजना सम्झौता

पोखरा, ०७ असार विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे ९जनजागृती मा वि० तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आसिस निर्माण सेवा प्रा।ली भरतपुरसँग सम्झौता भएको हो । ३९० दिनमा निर्माण सम्पन्न गर्ने गरी पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र निर्माण कम्पनीका प्रतिनिधि बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ लागत सहयोगमा… पुरा पढौ

गोकुलधामलाई माछापुच्छ्रेको नगद दश लाख सहयोग

पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिवुडुवा ९वात्सायन क्षेत्र. मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम ९गौशाला० लाई माछापुच्छ्रे बैकंले नगद रु।१० लाख सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग प्रदान गरिएको निर्देशक रोशन के।सीले बताउनुभयो । उहाँका अनुसार सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासङ्घको पवित्र कार्यमा बैङ्कका तर्फबाट सहयोग गरिएको हो । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने के।सीको विश्वास छ । गौशालालाई उक्त सहयोग उपलब्ध गराएर… पुरा पढौ

गण्डकी प्रदेशमा २ अर्ब ९४ करोड राजश्व संकलन

दीननाथ बराल, पोखरा २, असार, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले महत्वकाक्षि बजेट ल्याउदा दुर्घटना हुन सक्छ भएकोले आफुहरुले इच्छाशक्तिले बजेट ल्याएको बताउनु भएको छ । प्रदेशको बजेट ल्याएको भोलिपल्ट आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस बर्ष निकै हतारमा महत्वकाक्षि भन्दा पनि इच्छाशक्तिले बजेट ल्याएको बताउनु भएको हो । करिब डेढ बर्षको अन्तरालमा ४ पटक सरकार परिवर्तन हुँदा यस पाली आफुहरुले ५ दिनको तयारीमा बजेट ल्याउनु परेकोले जनताले अपेक्षा गरेअनुसार ल्याउन नसके पनि सन्तोसजनक बजेट… पुरा पढौ

गण्डकी प्रदेशको बजेट गत बर्ष भन्दा ४४ करोड ८७ लाखले कमी,भौतिक पूर्वाधारमा ३८.५ प्रतिशत बजेट

दीननाथ बराल , गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि अघिल्लो बर्षको तुलनामा ४४ करोड ८७ लाख कम बजे प्रस्तुतः गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैया बराबरको बजेट विनियोजन गरेको हो । उक्त बजेट चालु आर्थिक बर्षको भन्दा केही कम भएको शनिबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले बताए । उक्त बजेटको पूँजिगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट… पुरा पढौ

पोखरामा सिटि बस पार्क र लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्छः मन्त्री थापा

दीननाथ बराल, पोखरा ३२, जेठ, गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पोखरामा सिटि बस पार्क र पोखरा ३२ मा पर्ने लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्ने बताउनु भएको छ । पोखरा ९ मा रहेको सहारा बाल आधारभूत बिद्यालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई ज्ञापन एवं बिद्यार्थीहरुलाई ट्याकसुट वितरण कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरामा व्यबस्थित बसपार्क आवश्यक भएको बताउदै पोखरा पृथ्बीचोकमा सिटि बसपार्क र पोखरा ३२ को लामेआहालमा भने क्षेत्रिय स्तरकै बसपार्क बनाउनु पर्ने आवश्यक भएको बताउनु भएको… पुरा पढौ

एथलेटिक्समा ४ स्वर्णसहित गण्डकी च्याम्पियन, अनुष्काले दिलाइन २ स्वर्ण

पोखरामा जारी यु १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८१ मा एथलेटिक्सतर्फ गण्डकी प्रदेश ४ स्वर्णसहित च्याम्पियन भएको छ । गण्डकी टिम च्याम्पियन बन्न अनुष्काले दुई स्वर्ण पदक दिलाइन् । उनले छात्रा २ सय मिटर र ४ सय रिलेमा स्वर्ण हासिल गरिन् । गण्डकीले समग्रमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक हासिल ग¥यो । लुम्बिीनी प्रदेशले ३ स्वर्ण हासिल गर्दै दोस्रो स्थान हासिल ग¥यो । लुम्बिनीले २ रजत र ६ कास्य हासल ग¥यो । समान ३ स्वर्ण हासिल गरेको कर्णाली… पुरा पढौ

बास्केटवलका खेल संयोजक नै रंगशालामा मापसे गरेर आए पछि उनी रंगशालाबाट बाहिरिए

दीननाथ बराल,पोखरा ३०, जेठ, पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलका संयोजक नै बास्केटवल कोर्टमा मापसे (मादक पदार्थ सेवन) गरेर आए पछि उनी रंशालाबाट बाहिरिएका छन् । बास्केटवल संघका कार्यालय सचिव तथा उक्त बास्केटवल खेल संयोजकको रुपमा रहेका रमेश खड्का (केसी) ले रंगशालाको बास्केटवल कोर्टमा मापसे गरेर आएसंगै उनको मापसे परिक्षण गर्दा प्रमाणित भएसंगै उनी रंगशालाबाट बाहिरिएका हुन् । जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरीले उहाँको परिक्षण गर्दा मापसे भएको पुष्टि भएसंगै उनी बास्केटवल कोर्ट… पुरा पढौ

पर्यटन र कृषिलाई प्रथामिकता दिदै गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ )

पोखरा २९, जेठ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुतः गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको हो । उहँले प्रस्तुतः गरेको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्रथामिकता दिएको पाइन्छ । बादर नियन्त्रण देखि बाझो खेतको प्रयोग हुदै पोखरा जाऔं प्रकृति र संस्सकृतिसंग रमाऔं घोषणा गरे अनुसार आवश्यक नीतिगत सुधार गर्ने भएको छ । उहाँले आजको सदनमा प्रस्तुतः गर्नु… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले प्राप्त गर्नु भयो विश्वासको मत

दीननाथ बराल,पोखरा २८, जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोश्रो पटक विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा विश्वाश मत माग्दै प्रश्ताव पेश गरेकोमा उहाँले बहुमत प्राप्त गर्नु भएको हो । पाण्डेको पक्षमा ३१ मत परेको छ भने उहाँको विपक्षमा २८ मत परेको सभामुख कृष्ण धितालले बताउनु भयो । सभामुख बाहेक ५९ जना सदनमा सहभागि सांसदहरु मध्य तटष्थमा भने कोही पनि रहनु भएन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद रहनु भएको थियो… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि(सोमबार) विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले सोमबार दिउँसो ३ः०० बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नु भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । विश्वासको मत लिने भए पछि गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता समेत भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।… पुरा पढौ