दीननाथ बराल,
पोखरा २८, जेठ,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोश्रो पटक विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा विश्वाश मत माग्दै प्रश्ताव पेश गरेकोमा उहाँले बहुमत प्राप्त गर्नु भएको हो । पाण्डेको पक्षमा ३१ मत परेको छ भने उहाँको विपक्षमा २८ मत परेको सभामुख कृष्ण धितालले बताउनु भयो । सभामुख बाहेक ५९ जना सदनमा सहभागि सांसदहरु मध्य तटष्थमा भने कोही पनि रहनु भएन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद रहनु भएको थियो भने बाँकी ४ जना सांसद पाण्डेले आफ्नो पक्षमा ल्याउनु भएको थियो । दुई सांसद रहेको राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिनु भएको थियो भने थप दुई सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) र फणिन्द्र देवकोटाकोले समेत साथ लिनु भएको हो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकै पार्टीका देवकोटा गत चुनावमा माओवादी केन्द्रको चुनाव चिन्हमा जित्नु भएको थियो । तर यसपटक देवकोटाले पाण्डेको पक्षमा मत दिनु भएको हो । देवकोटाले फ्लेर क्रस गरे पछि प्रमुख प्रतिपक्ष दल सहित प्रतिपक्ष दलले दलिय व्यबस्था कायम गर्न माग गर्दै नारा बाजि गर्नु भएको थियो ।
गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
गण्डकीमा एमालेको २२ र माओवादी केन्द्रको सभामुख सहित ८ सांसद रहनु भएको छ । गण्डकी प्रदेश सरकार नीति कार्यक्रम र बजेटको अन्तिम तयारीमा छ । असार १ गते बजेट ल्याउनुपर्ने कानुनी ब्यवस्था रहेको छ । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेश सभाबाट विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मंगलबार(भोलि) आउदो बर्षको लागि निती तथा कार्यक्रम ल्याउने भएको प्रदेश सरकारले पोखराक्लिकलाई जनाएको छ ।