प्रमुख समाचार

आलु गाउँ हेमजामा ‘राष्ट्रिय आलु महोत्सव’ रौनक सुरु

कृषि आवाज । आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका—२५ हेमजामा आजदेखी आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ को नारा सहित आलु र तरकारी उत्पादनमा देशमै अग्रणी हेमजामा ११ औं संस्करणको सो महोत्सव गरिएको हो । हेमजाले पोखरा बजारलाई २५ देखी ३० प्रतिशत ताजा तरकारी आपूर्तिमा योगदान गरेको छ । महोत्सवको मुख्य आकर्षणमा आलुको पहाड निर्माण गरिएको छ । स्थानीय कृषकहरुबाट सङ्कलित ३५ टन आलुबाट पहाड निर्माण गरिएको… पुरा पढौ

रोगको प्रकोपले सुक्न थाले केराका बोट

दुई वर्षदेखि म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा देखिएको गवारो रोगको प्रकोप नियन्त्रण हुन नसक्दा केरा खेती सुकेर खेर गएको छ । धान फल्ने खेत मासेर गरिएको केरा खेतीमा रोग लागेपछि किसान चिन्तित छन् ।केरामा खपटे घुन र गवारो रोगको प्रकोपका कारण बोट तथा पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ । जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप नियन्त्रण नभएपछि किसान चिन्तित भएका हुन् । त्यसैगरी डढुवा रोगका कारण… पुरा पढौ

रात्रिकालीन उडानका भर्न तयार भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालिन उडानका लागि तयार भएको छ ।गत पुस १७ गतेदेखी आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली भोलिदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र अवतरण गर्न योग्य भएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो ।विमानस्थल सबैखाले उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन’ (एआईपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने गौतमले बताउनुभयो… पुरा पढौ

गण्डकीको कृषि मन्त्रीमा बेदबहादुर

गण्डकी प्रदेशको कृषि मन्त्रीमा कास्कीका बेदबहादुर गुरुङ नियुक्त हुनुभएको छ । गुरुङले मंगलबार साँझ कृषि तथा जलस्रोत मन्त्रालयको पदवहाली गर्नुभयो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनियताको शपथ लिएपछि उहाँले मालेपाटन स्थित मन्त्रालयमा पुगेर पदवाली गर्नुभएको हो । यसअघि भूमि व्यवस्था कृषि सहकारी तथा गरीबी निवारण मन्त्रालय रहेकामा हाल नाम परिर्वतन गरी कृषि तथा जलस्रोत मन्त्रालय बनाइएको छ । विसं २०७४ मा पहिलो पटक गण्डकीको कृषि मन्त्री माओवादीका लेखबहादुर थापामगरले जिम्मेवारी पाउनुभएको थियो । त्यसपछि बनेको कृष्णचन्द्र नेपाली… पुरा पढौ

ढुङ्गेसाँघुमा लाग्ने मेलामा रैथाने बालीको प्रदर्शनी हुँदै

प्रत्येकवर्ष माघे सङ्क्रान्तिका दिन पोखराको ढुङ्गेसाँघुमा लाग्ने मेलामा यसवर्ष रैथाने बालीको प्रदर्शनी गरिने भएको छ । परापूर्व कालदेखि ढुङ्गेसाँघुमा लाग्ने मेलालाई प्राकृतिक मेलाका रुपमा लिइन्छ । मेलाका अवसरमा पोखरा महानगरपालिकाको कृषि महाशाखाले महानगरस्तरीय जैविक विविधता प्रदर्शनी मेला गर्न लागेको महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । विभिन्न रैथाने बाली लोप हुँदै गएका अवस्थामा तिनको जगेर्ना गर्ने उद्देश्यका साथ प्रदर्शनी गर्न लागिएको उहाँको भनाई छ । उक्त अवसरमा महानगरअन्तर्गतका ३३ वटै वडाका किसानबाट आ–आफ्ना स्थानमा उत्पादन हुने रैथाने बाली अनदी, घैया,… पुरा पढौ

पर्वतका टीकाराम तिमिल्सिना मह बेचेर वर्षिक ३५ लाख आम्दानी

पर्वत – घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले देखाएका छन् । विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाखसम्म आम्दानी गर्दै आएका छन । उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका घार… पुरा पढौ

प्रविधियुक्त सुन्तला बगैँचा व्यवस्थापनले किसानमा उत्साह

गण्डकी – पोखरा महानगरपालिका–२१ फेदीपाटन डाँडाखर्कका कृषक प्रकाश पौडेल यतिखेर निकै खुसी छन् । घर वरपर लटरम्म पहेंलपुर सुन्तलाले ढाकिएको दृश्यले उत्साहित उनि विगतमा मुस्किलले २० मुरी धान फल्ने क्षेत्रमा उत्पादित सुन्तला बेचेरै यस वर्ष ११ लाख रुपैयाँ आम्दानी गर्दा दङ्ग परेका छन् । “भिरालो पाखोमा धेरै दुःख गर्दा वर्षमा जेनतेन २० मुरी धान फल्थ्यो”, उनले भने, “त्यही ठाउँमा छ सय बिरुवा सुन्तला लगाएकामा अहिले करिब तीन सय ५० बोटमा फल्दा पनि रु ११ लाख आम्दानी भएको छ ।” गत वर्ष… पुरा पढौ

योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

पोखरा, ६ कात्तिकमाओवादी नेता विश्वप्रकाश लामिछानेले राज्यले आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले जनताले आफूलाई मत दिने दाबी गरेका छन् । कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछानेले पोखरालाई समृद्ध बनाउने र आधुनिक महानगर बनाउने योजना आफूसँग रहेको उल्लेख गरे । पोलिटिकल साइन्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘राज्यले दिएका सानातिना जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छु । अब जनताले जिम्मेवारी दिनुभयो भने निराश नबनाउने खालको खाका मसँग छ ।’ आइतबारै पोखरा ७… पुरा पढौ

दसैंमा मनसुन नहट्ने, कुन कुन दिन हुन सक्छ वर्षा ?

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन सरदरभन्दा बढी रहने देखिएकाले दसैँका तीन÷चार दिन वर्षाको सम्भावना रहेको बताए । हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ देखि २१… पुरा पढौ

पोखरा महानगरपालिकाको शुभकामना आदानप्रदान

पोखरा, १४ असोज ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई पुर्नताजकी गर्नका लागि विभिन्न प्रकारका मौलिकतामा आधारित सामाजिक परम्परा र मान्यताहरू स्थापित भएका बताउनुभएको छ । नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा महानगरद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सभ्यताले समृद्ध नेपाली समाजलाई थप ऊर्जावान् बनाउन यस्ता प्रकारका पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मौलिक तथा राष्ट्रिय पर्वहरूको सन्दर्भमा नेपालका पुर्खाहरूले संसार मै सामाजिक उत्कृष्टताको आधारमा वैज्ञानिक मान्यताको सुरुवात गरेको उहाँले बताउनुभयो… पुरा पढौ