प्रमुख समाचार

पोखराको जग्गा भाडामा दिने सम्झौता खारेज

निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकालको अन्तिममा अपारदर्शी ढंगले निजी क्षेत्रलाई सार्वजनिक जग्गा भाडामा दिन गरेको सम्झौता खारेज भएको छ । पोखरा उपत्यका नगर विकास समितिको बैठकले सम्झौता खारेज गरेको हो । सम्झौता खारेज गरी छानबिनका लागि विभिन्न निकायलाई पत्राचार गर्ने निर्णय भएको शुक्रबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष धनराज आचार्यले जानकारी दिए । सम्झौतामा क्रममा जिम्मवार पदमा रहेकाले अख्तियार दुरुपयोग गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि पत्रचार गरिने भएको छ । बन्द रहेको पत्रिकाले त्यही सूचना प्रकाशनका लागि मात्र केही… पुरा पढौ

गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागि भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘नेताहरुले कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले भन्नुभयो– नैतिक रुपमा पनि राजीनामा दिनुपर्छ । राजीनामा दिनु बाहेक के… पुरा पढौ

माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान, ‘भ्रमण राष्ट्रकै हितको पक्षमा केन्द्रीत हुनेछ’ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तिन सदस्यीय टोलीसहित भारत जानुभएको हो । अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल राष्ट्र र नेपाली जनताको हितकै पक्षमा केन्द्रीत हुने बताउनुभएको छ । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भ्रमणमा सीमा समस्याको सम्वोधन, नेपाल(भारत द्विपक्षीय सम्बन्ध, व्यापार घाटा लगायतका विषयमा छलफल हुने जानकारी दिनुभएको थियो ।अध्यक्ष प्रचण्डले आफूले पहिलो प्रधानमन्त्रीत्व कालमा र… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु उपचार केन्द्र शुरु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु उपचार केन्द्र शुरु भएको छ । रोटरी इन्टरनेशनलको सहयोगमा करिब  सात करोड लागतमा अस्पतालमा क्याथ ल्याब स्थापना गरिएसँगै  मुटुका रोगीहरूले अस्पतालबाट सहज रूपमा उपचार पाउने भएका छन् । पुरा पढौ

पोखराको जग्गा भाडामा दिने सम्झौता खारेज गर्न माग गर्दै राष्ट्रिय सम्पदाको  ज्ञापनपत्र

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखराका ३ ठाउँका जग्गा योजनावद्ध रुपमा निजी क्षेत्रलाई थोरै भाडामा दिएर पोखरेलीमाथि घात गरेको आरोप लगाएको छ । कार्यकालको अन्तिम समयमा अपारदर्शी र योजनावद्ध रुपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका निवर्तमान मेयर मानबहादुर जिसीले जनघाती निर्णय गरेको सम्पदाको ठहर छ । नगर विकास समिति अध्यक्ष धनराज आचार्यलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै संस्थाले पदभारका बेला गरेको सार्वजनिक जग्गाको अवस्था सार्वजनिक गर्ने र संरक्षण गर्ने प्रतिबद्धता व्यवहारमै देखाउन आग्रह गरेको छ । सम्पदाका अध्यक्ष… पुरा पढौ

पर्यटन बसपार्क र गल्फकोर्स भाडा सम्झौता रद्द गर्न माओवादीको माग

नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले गरेको सरकारी जग्ग निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ । मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिँदै त्यसको निष्पक्ष छानबिन गरी कानुनी कारवाही गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न सकिँदैन ।’ सबै राजनीतिक दल चुनाव केन्द्रीत गतिविधिमा रहेका बेला प्रक्रिया… पुरा पढौ

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

पोखरा ।पोखरा उपत्यका नगरविकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरु गरेको छ । १३ असारमा जिल्ला अदालत कास्कीको फैसला बमोजिम प्राप्त न्युरोडमा रहेको जमिनमा बनेका संरचना बाहेकको जमिन सम्याएर संरक्षणको कामसुरु गरेको होे । जिल्ला अदालत कास्कीले न्युरोडका कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन उपत्यका विकास समितिको हुने फैसला गरेको थियो । उपत्यका नगरविकास समितिले सोमबार उक्त जमिनमा रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकाल्नेको छ । बाँकी जमिन सम्याइएको पोखरा महानगरका प्रशासकीय अधिकृत… पुरा पढौ

पोखरामा सञ्चालित ‘फिल्ड फोटो पत्रकारिता तालिम’ सम्पन्न

पोखरामा सञ्चालित ५ दिने ‘फिल्ड फोटो पत्रकारिता तालिम’ आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा कानुन, सञ्चार तथा प्रदेश सभा मन्त्रालयको आर्थिक सहयोग आयोजित फोटो पत्रकारिता तालिम सम्पन्न भएको हो । असार ७ गतेदेखी सञ्चालित तालिममा फोटो पत्रकार प्रदिपराज वन्त र राम गुरुङले फिल्डमा नै लगेर प्रशिक्षण गराएका थिए । समापन कार्यक्रममा अतिथी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिब गोविन्द सुबेदिले समग्र गण्डकी प्रदेशमा नै नयाँ खालको तालिम सञ्चालनमा ल्याएको र आगमी दिनमा अझै नयाँ… पुरा पढौ

कास्कीका पत्रकार फिल्डमै फोटोग्राफी सिक्दै

पत्रकारितामा फोटोको उचित र प्रभावकारी प्रयोग बढाउन र पत्रकारलाई यसबारे अत्यावश्यक सीप सिकाउन मंगलबारबाट तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ गण्डकीले कास्कीका पत्रकारका लागि सैद्धान्तिक ज्ञानसहित फिल्डमै लगेर फोटोग्राफी सिकाएको हो । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले तालिम सुरुआत गरे । उनले समाज रुपान्तरणमा फोटो पत्रकारिताको महत्व बढिरहेको बताए । ५ दिने फिल्ड फोटो पत्रकारिता तालिममा उनले फोटोको माध्यम समाजका घटनाक्रमलाई छर्लङ्ग बुझ्न सकिने उल्लेख गरे । मन्त्री थापाले पत्रकारको हकहित र… पुरा पढौ

विपद ब्यावस्थापन समिती कास्कीको पुर्ब अभ्यास

पोखरा,४असार। जिल्ला विपद ब्यावस्थापन समिती गण्डकी प्रदेश कास्कीको आयोजनामा शनिबार पोखरा महानगरपालिका-१७ दोबिल्लमा सेती नदी क्षेत्रमा हुने मानवीय तथा प्राकृतिक घटनाको खोज उद्दार सम्बन्धमा पुर्ब अभ्यास गर्दै सुरक्षा कर्मी पुरा पढौ