४३ हजार लागु औषधको ट्यावलेट सहित २ जना पक्राउ

-


     पोखरा क्लिक     
     श्रावण १८ गते २०८१ मा प्रकाशित



पाृेखरा १७, साउन

पोखरामा ठुलो परिणाममा लागुऔधष सहित २ जना पक्राउ परेका छन्। ४३ हजार लागु औषत ट्याबलेट सहित तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं।८ स्थायी घर भई पोखरा वडा नं। ९ न्यूरोड बस्ने ३७ वर्षकी देवी श्रेष्ठ र सोही होटेलका मेनेजरको जिल्ला स्याङजा आँधिखोला गाउँपालिका वडा नं।३ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं।१७ बिरौटा बस्ने वर्ष २५ का मिलन पौडेललाई नियन्त्रणमा लिईकास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन ७ दिनको म्याद म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।

बुधबार पोखरा ९ न्यूरोड स्थित होटल दिप दर्शनमा अबैध रुपमा लागू औषधको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्कीपोखरा महानगरपालिका वडा नं।८ न्यूरोड स्थित रहेको होटल दिप दर्शनको कोठाभित्र लुकाई
छिपाई राखेको धेरै परिमाणको लागू औषध फेला परेको प्रहरीले विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कायृक्रममा जानकारी गराएको हो।

कास्की प्रहरीले जारी गरेको प्रेस विज्ञेप्ति । नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रहरी कार्यालय, कास्की

मिति २०८१।०४।१७ गते ।

विषय : प्रेस विज्ञप्ति

लागू औषध सहित २ जना मानिस पक्राउ

मिति २०८१।०४।१६ गते अं.१५:३० बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.९ न्यूरोड स्थित होटल दिप दर्शनमा अबैध रुपमा लागू औषधको
कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू
औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की
पोखरा महानगरपालिका वडा नं.८ न्यूरोड स्थित रहेको होटल दिप दर्शनको कोठाभित्र लुकाई
छिपाई राखेको निम्न परिमाणको लागू औषध फेला परेको हुँदा उक्त होटल संचालक जिल्ला
तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.८ स्थायी वतन भई जिल्ला कास्की पोखरा म.न.पा.
वडा नं. ९ न्यूरोड बस्ने वर्ष ३७ की इन्दु देवी श्रेष्ठ र सोही होटेलका मेनेजरको जिल्ला स्याङजा
आँधिखोला गाउँपालिका वडा नं.३ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं.१७ बिरौटा बस्ने वर्ष २५ का मिलन पौडेललाई नियन्त्रणमा लिई
सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन (७) सात म्याद थप
गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

बरामद लागू औषधको विवरण :-

  1. Tapentadol Hydrochloride Capsules TAPLE-50 लेखेको हरेक बट्टामा १० पत्ता
    रहेको र १ पत्तामा १० ट्याबलेटका दरका १३६ बट्टामा रहेको १३६×१००=१३६००।–
    (तेह्र हजार छ सय) ट्याबलेट,
  2. Tapentadol Tablets APENDOL-50 लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा
    १० ट्याबलेटका दरले १६ बट्टाको १६×१००=१६००।– (सोह्र सय) ट्याबलेट,
  3. Tapentadol Tablets-50 mg Tenad-50 लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा
    २० ट्याबलेटका दरले १३ बट्टाको १३×२००=२६,००।– (छब्बिस सय) ट्याबलेट,
  4. Tapentadol Tablets-75mg Tenad-75 लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा
    २० चक्कीका दरले २० वटाको २००×२०=४,०००।– (चार हजार) ट्याबलेट,
  5. Tapentadol Hydrochloride Extendend Release Tablets-100 TPall-Er-100
    लेखेको हरेक बट्टामा १० पत्ता र हरेक पत्तामा १० ट्याबलेटका दरले ११६ बट्टाको
    ११६×१००=११,६००।– (एघार हजार छ सय) ट्याबलेट,
  6. Tapentadol Tablets-100 mg Tenad-100 लेखेको हरेक बट्टामा १० पत्ता हरेक
    पत्तामा २० ट्याबलेटका दरले ४९ बट्टाको २००×४९=९८००।– (नौ हजार आठ सय)
    ट्याबलेट
  7. Tapentadol-75mg को ४०००।– (चार हजार) ट्याबलेट
  8. Tapentadol-100 mg को २१४०० (एक्काईस हजार चार सय)
    जम्मा कुल ४३,२००।– (त्रिचालिस हजार दुई सय) ट्याबलेट र २ थान मोवाईल बरामद
    भएको ।

बरामद लागू औषधको फोटो :-