
दीननाथ बराल,
पोखरा १६, साउन,
पर्यटक बसमा तोडफोड गर्ने एक जनालाई कास्की प्रहरीले पोखरामा पक्राउ गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आइतबार सार्वजनिक यातायातका सवारी साधनहरु नचलाई बन्द गरेको दिनमा (आइतबार) पर्यटक बसमा तोडफोड गरेको आरोपमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन बस्ने ४६ वर्षका धन बहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक स्थित पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको लु १ प ७ नंम्बरको पर्यटक बसलाई रोकी चालकलाई अपशव्द प्रयोग गरी गालिगलौज गरेको तथा उक्त सवारी साधनको सिसा समेत फुटाई फरार रहेकोमा उहाँलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो ।
फरार हुुनु भएको लामालाई प्रहरी टोलिले खोजतलास गर्दै जाँदा मंगलबार पोखरा–१६ दिपबाट पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको उहाँले जनाउनु भयो ।
यसैबिच, यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा रिपोटिङमा खटिनु भएको २ जना पत्रकार विनु थापा र सुरज थापा माथि कुटपिट र दुव्यवहार गर्ने ५ जना युवाहरु पक्राउ पर्नु भएको छ ।
पक्राउ पर्नेहरुमा पोखरा ९ शान्तिबन बस्ने ४१ बर्षका सुर्य बहादुर नेपाली (ट्याक्सी चालक), गोरखा भच्चेक घर भई हाल पोखरा ९, पृथ्वीचोक बस्ने ३३ बर्षका बुद्धि बहादुर बयलकोटी (मजदुर), पोखरा १६ लामाचौर बस्ने १६ बर्षका प्रशान गुरुङ (बसको सहचालक) र लम्जुङ सुन्दरबजार नगरपालिका १ कुन्छा घर भई हाल पोखरा ५ जिरो बस्ने २८ बर्षका ट्याक्सी चालक) सन्तोष बस्नेत र स्याङजा आधिखोला २ चिलाउनेवास घर भई हाल पोखरा १७ बस्ने बर्ष ३५ का टंक बहादुर क्षत्री रहनु भएको छ । उहाँरुलाई सार्वजनिक मुद्धा अभद्र व्यवहार कसुरमा मुद्धा चलाइएको सूचना अधिकारी शर्माले बताउनु भयो । यस घटनाको बिषयमा पत्रकार महासंघ जिल्ला देखि प्रदेश हुदै केन्द्रसम्म प्रेस विज्ञेप्ति जारी गरी भत्सना गरिएको छ । दोषी उपर कडा कार्वाहीको माग सहित अगामी दिनमा यस्ता कृयाकलाप नगर्न चेतावनी समेत दिइएको छ ।