पोखराको एक उद्योगमा आगलागी हुँदा २२ लाखको क्षती (भिडियो) सहित

-


     पोखरा क्लिक     
     श्रावण १७ गते २०८१ मा प्रकाशित


पोखरा १७, साउन,

पोखराको एक उद्योगमा आगलागी हुँदा करिब २२ लाख मुल्य बराबरको क्षती भएको छ । पोखरा ४ स्थित तेर्सापट्टिमा रहेको पश्चिमाञ्चल कपास उद्योगमा आज(विहिबार) बिहान आगलागी हुँदा करिब २२ लाख मुल्य बराबरकोे क्षती भएको कास्की प्रहरीले जनाएको छ ।

विहिबार विहान करिब ११ः१० तिर उद्योगमा मेसिन भएको स्थानबाट बिद्युत सर्ट भई आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले आशंका गर्नु भएको छ । मेसिन, भवन र कपडा सहित गर्दा कबि २० देखि २२ लाखको क्षती भएको बताइएको छ ।

यसै सम्बन्धिको भिडियो सामाग्रि पनि ।

टिनको छानोमा ३ कोठा भएको १ तल्ले कच्ची घरमा संचालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा आगलागी हुन साथ नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र पोखरा महानगरको नगर प्रहरी सहित स्थानिय दमकलको सहायतामा करिब १ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । पोखरा ३ र ४ को सिमानामा पर्ने साँघुरो सडक बाटो भएको हुनाले आगो नियन्त्रण गर्न केही समय लागेको स्थानिय हरि प्रसाद पण्डितले बताउनु भयो । रातिको समयमा उक्त आगो लागेको भए मानविय ठुलो क्षती हुने उहाँले दाबी गर्नु भयो । उक्त उद्योगको मेसिनको आवाज र थर्काइले आफुहरुलाई असर पारेकोेले अब उद्योग संचालन गर्दा बिषेश ख्याल गर्नुपर्ने स्थानियको माग रहेको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कास्ककिा सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो ।

विगत १२ बर्ष देखि संचालन हुदै आएको उद्योगले १२ जनालाई समेत रोजगार दिएको अबस्थामा हाल एकाएक आगलागी भई मेसिन सहितको धेरै कपडा नष्ट भएको उद्योग संचालक बसन्त कतिलाले पोखराक्लिक समक्ष गुनासो गर्नु भयो ।