पोखरा २५, साउन,
प्रमुख अतिथी को बन्ने भन्ने बिषयको बिबादले गर्दा शैक्षिक संस्था गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम नै स्थगित भएको छ । गण्डकी विश्वविद्यालयले पोखरा–३२ मालमुल, स्यालटहरोमा निर्माण गर्न लागेको मुख्य प्रशासनिक भवनको शुक्रबार शिलान्यास गर्ने कार्यक्रम तय गरे पनि एकतर्फी ढंगले निर्णय भएको भन्दै बिबाद उत्पन्न भएपछि कार्यक्रम स्थगित भएको श्रोतले जनाएको छ।
उक्त कार्यक्रमको शिलान्यास गर्न नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विहीबार नै पोखरा आउनु भएको थियो । तर अन्तिम समयमा शिलान्यास मन्त्री गुरुङले गर्ने कि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने भन्ने बिषयमा विवाद भएपछि कार्यक्रम स्थगित भएको हो । धेरै क्षेत्रमा यस्तो ढाचाको पत्र समेत पठाइएको थियो ।