पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अर्जुन पोखरेल प्यानलको उम्मेदवारी घोषणा (भिडियो सहित)

-


     पोखरा क्लिक     
     भाद्र १ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १, भदौं,

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा अर्जुन पोखरेल प्यानलको उम्मेदवारी घोषणा गरिएको छ । शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत पोखरेलले आफ्नो प्यानल घोषणा गर्नु भएको हो । हाल पोखरेल नेतृत्वले संघको पदाधिकारीमा मात्र आफ्नो टिमको उमेदवारी घोषणा गरेको हो । यही भदौं २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनका लागि पोखरेल नेतृत्व टीम संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको प्यानल बिच प्रतिष्प्र्रा हुने भएको छ ।

यद्यपी कार्कीले भने औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छैन् । अघिल्लो कार्यकालमा अध्यक्षमा पराजित हुनु भएको पोखरेलले यस बर्ष निकै मेहनतका साथ पूर्व अध्यक्षहरुको आर्शिरबाद लिदै उहाँहरुको सल्लाह तथा सुझाव अनुसार पुनः उमेदवारी दिने तयारी गरेको अध्यक्षका उमेदवार पोखरेलले जनाउनु भयो । अघिल्लो कार्यकालमा प्राविधिक कारणशव आफु पराजित भए पनि यस बर्ष व्यवसायका धेरै मुद्धा समेत उठाएका कारण हालको कार्यसमितिको पदाधिकारीको अधिकांश टिम नै आफ्नो पक्षमा रहेको उहाँको दाबी छ । भिडियो सामग्री ।

सबै भन्दा पुरानो संस्थाको प्रभावकारिता कम हुँदै गएको, व्यवसायीहरुको गुनासो सम्बोधन गर्न नसकेको, आर्थिक मन्दीको अवस्थामा पोखराका व्यवसायीहरुको धारणा, माग र सुझाव सरकार समक्ष प्रभावकारी रुपमा राख्न नसकेको, पोखराको समग्र विकासमा सरकारले ध्यान नदिँदा संघले जोडदार आवाज उठाउन् नसकेको र उद्यमशिलताको विकास गरी युवालाई स्वरोजगार बनाउन उद्धत्त नभएको उहाँको गुनासो थियो । आफ्नो यी बिषयमा गम्भिर हुने उहाँको भनाई छ । पोखरेलको नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्दाचार्य, उपाध्यक्ष बाणिज्य) तर्फः बलराम आचार्य, उपाध्यक्ष (उद्योग) तर्फ दिनेश वाँस्तोला, महासचिवमा शोभा गौत्तम, उप महासचिबमा बालकृष्ण कोइराला, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठले उमेदवारी दिनुहुने भएको छ ।

व्यवसायीहरु आफ्ना व्यवसायलाई निरन्तरता दिन नपाइरहेको अबस्थामा, घरभाडा, तलब, ब्याज, कर तिर्न ऋण लिनुपर्ने अवस्था रहेकोमा व्यापार, व्यवसाय, कारोबार गिर्दो अबस्थामा रहेकोले जसलाई मिलाउनुपर्ने आवश्यकतामा आफुहरुले पहल गर्ने भएको अध्यक्षका उमेदवार पोखरेलले बताउनु भयो । घरधनी आफ्नो पसल, कवल, कोठाहरु भाडामा नगएर समस्यामा रहेको उल्लेख गर्दै अध्यक्षका उमेदवार पोखरेलले व्यवसायीबाट पसल, कवलको बहाल पाउन गाह्रो भएकोले त्यसमा सशक्त भएर आफ्ना गतिविधि चलाउन गर्नुपर्ने उहाँले बताउनु भयो ।

बैंक र सरकारलाई आवश्यक परे ऋण ब्याजमा छुट पाउने विषयमा सशक्त आवज उठाउनु पर्ने, पुरानो संस्थाको नाताले यहाँ रहेका सबै अन्य संस्थालाई संरक्षण सहित समन्वय गरी अगाडि बढ्नुपर्ने अबस्था रहेको पोखरेलले जनाउनु भयो । संघमा हाल करिब २ हजार ९ सय सदस्य आवद्ध भएको महासचिव बलराम आचार्यले बताउनु भयो । यही भदौं १४ गते उमेदवार दर्ता गर्ने मिति तय गरिएको अध्यक्ष पवनकुमार प्रजापतिले जनाउनु भयो ।