प्रमुख समाचार

कुमुदिनी होम्स दोस्रो एसईई कप फुटसलको उपाधि राष्ट्रिय उच्च माविलाई, बास्केटवल छात्र तर्फ अल्फा, छात्रा तर्फ भने गण्डकी बोर्डिङलाई उपाधि

पोखरा २३, वैशाख, पोखराको कुमुदिनी होम्स माध्यमिक विद्यालयकोे आयोजनामा हालै सम्पन्न दोस्रो “एसईई कप” अन्तर्गत फुटसल तथा बास्केटबल प्रतियोगिता अन्र्तगत राष्ट्रिय उच्च माध्यमिक विद्यालयले फुटसलतर्फ उपाधि जितेको छ । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय उच्च माविले उपाधिसहित प्रमाणपत्र, मेडल, ट्रफी र नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ । देवीनगर, बुटवलको नवीन माध्यमिक विद्यालय दोस्रो हुँदै १५ हजार रुपैयाँ तथा सेन्ट फ्रान्सेस स्कुल तेस्रो हुँदै ७ हजार रुपैयाँसहित पुरस्कृत भयो । फुटसलतर्फ विभिन्न जिल्लाका ६० विद्यालय बीच प्रतिस्पर्धा भएको… पुरा पढौ

कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकरण सहयोग

पोखरा, २३ वैशाख , पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्र्तगत कृषि विकास शाखाको आ.व. २०८२÷८३ को स्वीकृत कार्यक्रम अनुसार भावना सामुदायिक कृषि सहकारी संस्था र वडा स्तरिय कृषि संजाल १८ को साझेदारीमा पोखरा १८ का कृषकहरूलाई कृषि उत्पादन सामग्री तथा कृषि यान्त्रिकरण सहयोग अन्र्तगत आज विभिन्न सामग्रीहरु अनुदानमा वितरण गरिएको छ । कृषकहरूलाई पाँच थान मिनि टिलर, एक थान कम्बाइन मिल, एक थान पल्पिङ्ग मेसिन , १० थान टनेल प्लाष्टिक, दुई थान स्प्रेयर, तीन रोल मल्चिङ्ग प्लाष्टिक २२ जना कृषकहरूलाई… पुरा पढौ

पोखरा लेडि जेसिजले मल वितरणदेखि स्वास्थ्य शिविरसम्मका कार्यक्रम गर्ने

दीननाथ बराल,पोखरा २३, वैशाख, पोखरा लेडी जेसीजले युवाहरूको नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने लक्ष्यसहित ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ । ‘सीप र सेवाः सफल व्यक्ति, सुदृढ समाज’ भन्ने मूल मन्त्रका साथ सप्ताहव्यापी कार्यक्रम यही वैशाख २५ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको आज(बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सार्वजनिक गरिएकोे कार्यक्रम तालिका अनुसार पहिलो दिन वैशाख २५ गते कन्या क्याम्पसमा उद्घाटनसँगै छात्रा लक्षित साइबर अपराध तथा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रम हुने… पुरा पढौ

पर्यटकीय गाँउ ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण हुने

पोखरा २३, वैशाख, कास्कीको पर्यटकीय गाउँ ल्वाङमा यही वैशाख २५गते(शुक्रबार) देखि आयोजना ‘सिनेमा संवाद’को चौथो संस्करण हुने भएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा यही बैशाख २६ गते सम्म संचालन हुने उत्तः कार्यक्रमको तयारी पूरा भएको संघ कास्कीका अध्यक्ष सन्तोष बस्यालले बताउनु भयो । नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना हुन लागेको उहाँले जनाउनु भयो । यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न… पुरा पढौ

गण्डकी प्रदेशमा ४ बर्ष पछि भाडा समायोजन

दीननाथ बराल,पोखरा, २३ बुधबार, गण्डकी प्रदेश सरकारले करिब ४ वर्ष पछि सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार नयाँ भाडादर आज (बुधबार÷वैशाख २३) देखि लागू हुने गरी सार्वजनिक गरेको हो । यसअघि २०७८ फागुन १ गते निर्धारण गरिएको भाडादरलाई संशोधन गर्दै हालको बजार मूल्यवृद्धि, विशेषगरी पेट्रोलियम पदार्थको मूल्यमा आएको तीव्र वृद्धि, तथा १३ वटा सूचक र प्रदेशको भौगोलिक अवस्थालाई आधार मानेर नयाँ दर कायम गरिएको मन्त्रालयकी प्रवक्ता मुना अधिकारीले बताउनु… पुरा पढौ

जिसस कास्कीद्वारा रुग्ण र अधुरा आयोजनालाइ प्राथमिकता दिन सरकारलाई आग्रह

पोखरा , बैशाख २२, जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बहुबर्षीय अधुरा र रुग्ण आयोजनालाई प्राथमिकतासहित आगामी आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा समाबेश गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।समितिको मंगलबार सम्पन्न ४८ औ बैठकले उक्त निर्णय गरेको प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो । पौडेलले विभिन्न कारणले बिगतका सरकारका बार्षिक बजेटमा परेर पनि सम्पन्न हुन नसकेका करिब दुइ दर्जन आयोजनाका लागि रकम बिनियोजन गरेर निर्माणमा अबरोधक कारणको पहिचान सहित यथाशिघ्र निर्माण सम्पन्न हुने गरेर अगाडी बढाउँन… पुरा पढौ

पोखरामा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनका लागि विहिबार “वेस्ट द स्पिड सेसन ३” हुने

पोखरा, पोखरामा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनका लागि विशेष कार्यक्रम आयोजना हुने भएको छ। यही वैशाख २४ गते हुने “वेस्ट द स्पिड सेसन ३” प्रतियोगिता वल्र्डलिंक कम्यूनिकेशन्स को आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा दिउँसो ४ बजेदेखि सुरु हुने भएको हो । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदद्वारा प्रमाणित मापन प्रक्रियाअनुसार स्पीड मिटर प्रयोग गरी बलिङ गति परीक्षण गरिने आयोजकले पोखरा क्लिकलाई जनाएको छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष जर्सी प्रदान गरिनेछ भने पोखराबाट उत्कृष्ट १० खेलाडी फाइनल चरणका लागि छनोट हुनेछन्।… पुरा पढौ

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व, अन्जन श्रेष्ठको ५ प्राथमिकता सहितको प्रतिबद्धता

पो्खरा, नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभापछि नयाँ कार्यसमिति चयनका लागि भएको मतदान सम्पन्न भएको छ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार पोखराका अन्जन श्रेष्ठ नयाँ अध्यक्षको जिम्मेवारी पाएका छन् । अब आगामी तीन वर्षसम्म उनले देशभरका उद्योगी–व्यवसायीको नेतृत्व गर्नेछन्। नयाँ नेतृत्वसँगै महासंघभित्र नयाँ कार्यसमिति गठन हुने प्रक्रिया समेत अघि बढेको छ, जहाँ उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि हेमराज ढकाल र शिवप्रसाद घिमिरे नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा भएको छ। श्रेष्ठका ५ प्राथमिकता अध्यक्ष श्रेष्ठले आफ्नो… पुरा पढौ

रारा पोखरा स्पोर्टस्् अवार्डलाई फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीको साथ

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीले प्रायोजनमा रहेर साथ दिने भएको छ । पोखरा १५ नयाँगाउँ चोकमा प्रधान कार्यालय र पोखराको चिप्लेढुंगामा शाखा कार्यालय रहेको फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीले १० औंं पोखरा स्पोर्टस अवार्डमा प्रायोजनमा रहेर साथ दिने भएको हो । फ्रेङ्कलिन इन्टरनेश्नल गु्रपका निर्देशक कमल खड्का र पोखरा स्पोर्टस अवार्ड मुल समारोहका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको… पुरा पढौ

मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीयः प्रदेश प्रमुख भट्ट, प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई

पोखरा, २२ वैशाख, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुक परिवर्तनमा सञ्चार जगतको भूमिका स्मरणीय रहेको उल्लेख गर्नुभएको छ ।पोखरामा मंगलबार ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान’ अर्पण समारोहमा प्रदेश प्रमुख भट्टले नेपालका हरेक राजनीतिक र सामाजिक परिवर्तनहरूमा सञ्चार जगतले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । ‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ । पत्रकारिताको मर्यादा र नैतिकता कायम राख्दै समाज र राष्ट्र निर्माणमा अझै सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छु ।’… पुरा पढौ