प्रमुख समाचार

‘१३ कि.मी. भर्टिकल रन २०२६’ मा पुरुष तर्फ गौतम श्रेष्ठ र महिला तर्फ पदम कुमारी सुनुवार विजेता

दीननाथ बराल,पोखरा, २६ कास्की, पोखरामा आज (शनिबार) सम्पन्न भएको ‘१३ के भर्टिकल रन २०२६’ मा पुरुषतर्फ गौतम श्रेष्ठ र महिलातर्फ पदम कुमारी सुनुवार प्रथम हुन सफल हुनु भएको छ । पोखरा महानगरपालिका–१३ स्थित बाझापाटन, काँहुखोलामा रहेको श्री सत्य युवा सेवा समितिको आयोजनामा पोखरा १३ मा पहिलो पटक आयोजना भएको प्रतियोगितामा पुरुष तर्फ श्रेष्ठ र महिला तर्फ सुनुवार प्रथम हुनु भएको हो । पुरुषतर्फको प्रतिस्पर्धामा गौतम श्रेष्ठले नगद रु. १३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो। त्यसैगरी महेन्द्रबहादुर बोगटी द्वितीय हुँदै… पुरा पढौ

नवनिर्वाचित आत्रेय र ओझालाई लेउवा संघको बधाई एवं सम्मान

लेखनाथ, २६ वैशाख, नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न ६० औं निर्वाचनबाट कार्यकारिणी सदस्य पदमा अत्याधिक मतका साथ निर्वाचित भएका संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय र गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई शनिबार एक कार्यक्रमका विच बधाई तथा सम्मान व्यक्त गरिएको छ । कार्यक्रममा बधाई ज्ञापन एवं सम्मान गर्दै संघका अध्यक्ष जानुका पराजुली अधिकारीले नवनिर्वाचित आत्रेय र ओझा केन्द्रीय कार्यकारिणी सदस्य र गण्डकी प्रदेशको कोषाध्यक्षमा निर्वाचित हुँदा लेखनाथ उद्योग वाणिज्य संघ परिवार हर्षित… पुरा पढौ

र्याण्डममा ‘मगर जातिको इतिहास र भर्तीको फन्दा’को परिचर्चा

पोखरा, २६ बैशाख, र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा पत्रकार, इतिहासकार, लेखक अधिवक्ता मनोज घर्तीमगरका कृतिहरूमा आधारित रहेर “मगर इतिहासदेखि भर्तीको फन्दासम्म’’ विषयक परिचर्चा कार्यक्रम गरिएको छ । पठन संस्कृतिको विकासको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा लेखक मेजन पुनले मनोज घर्तीमगरका दुुई पुुस्तक ‘मगर जातिको इतिहास’ र ‘भर्तीको भन्दा’ किताबामाथि कार्यपत्र प्रस्तुत गरेका थिए । ‘लेखकले गोर्खा भर्तीले नेपाली समाजमा… पुरा पढौ

ल्वाङमा सिनेमा संवाद

पोखरा, २६ वैशाख, चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा सिनेमा संवाद सुरु भएको छ । उक्त कार्यक्रमको गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले क्लाप गरी उद्घाटन गरिन् । कार्यक्रम उद्घाटनपछि प्रेस रजिष्ट्रार भण्डारीले सिनेमाले समाजको कथा भन्ने भएकाले समाज रुपान्तरण र चेतना परिवर्तनमा संवाहक भएर अघि बढ्नुपर्ने बताइन् । ‘सिनेमा केवल मनोरञ्जनको साधन मात्र होइन, यो त आमसञ्चारको एउटा यस्तो सशक्त माध्यम हो, जसले बहुसंख्यक नागरिकलाई समाजको कथा भन्छ र ऐना देखाउँछ,’ उनले भनीन्, ‘हामी भन्ने गर्छौँ—… पुरा पढौ

मानवसेवा आश्रम हेमजामा आयोजित महायज्ञ आज समापन हुँदै, पर्यटन व्यवसायी भट्टराईसहित विभिन्न संघसंस्था र दाताबाट सहयोग

पोखरा, मानवसेवा आश्रम, पोखरा–२५ हेमजामा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आज(शनिबार) समापन हुँदैछ। आश्रमको भवन निर्माण सम्पन्नता, अक्षयकोष श्रीवृद्धि तथा लक्ष्मीनारायण मन्दिर निर्माण सहयोगार्थ आयोजित महायज्ञमा विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूबाट उल्लेखनीय आर्थिक सहयोग जुटेको छ। महायज्ञ अवधिभर मानवसेवा र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै देश–विदेशबाट सहयोगी हातहरू जोडिएका आयोजकले जनाएको छ। यसक्रममा पोखरा–६ बैदाम निवासी पर्यटन व्यवसायी नरेश भट्टराई परिवारले भवन निर्माण सम्पन्नताका लागि रु। ५५ हजार ५ सय सहयोग प्रदान गरेका छन्। चन्द्रकला, नरेश, सौमाया, स्मृति र… पुरा पढौ

१० औं पोखरा स्पोर्टस अवार्डः पिपुल्स च्वाइस अवार्डमा ५ खेलाडी बीच प्रतिस्पर्धा

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । मञ्चले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ । पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका ५ जना खेलाडीको लागि भने दुई सातायता भोटिङ भइरहेको छ । जसमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपीन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा परेका… पुरा पढौ

मानवसेवा आश्रमको महायज्ञमा पाण्डे दम्पतीको पुनः ५४ लाख सहयोग, कुल योगदान ८५ लाख

दीननाथ बराल,पोखरा, २५ वैशाख, पोखरा–८ निवासी उद्योगपति तथा समाजसेवी हरि पाण्डे र तुलसा पाण्डे दम्पतीले मानवसेवा आश्रम, पोखरा–हेम्जामा जारी “श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” मा पुनः ५४ लाख ४४ हजार ४ सय ४२ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । यसअघि समेत आश्रमको भवन निर्माणका लागि उल्लेखनीय सहयोग गरिसक्नुभएका पाण्डे दम्पतीको कुल योगदान हाल ८५ लाख रुपैयाँभन्दा बढी पुगेको आश्रमले पोखराक्लिकलाई जनाएको छ । आफ्नो वैवाहिक जीवनको ५९ औँ वर्षगाँठलाई मानवसेवा, धर्म र परोपकारमा समर्पित गर्दै पाण्डे दम्पतीले उक्त सहयोग… पुरा पढौ

पोखराको डेभिडफल्सको कपडा पसलमा आगलागी, करिब ५० लाख बराबरको क्षति

दीननाथ बराल, पोखरा, वैशाख २४ पोखरा १७ डेभिड फल्समा रहेको एक कपडा पसलमा आज विहान आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पोखरा–७ रत्नचोक निवासी ५८ वर्षीय शिवप्रसाद श्रेष्ठले सञ्चालन गर्दै आएको “ह्याण्ड क्राफ्टेड गार्मेन्ट” नामक कपडा पसलका दुई वटा सटरमा रहेका लत्ताकपडा, कस्मेटिक तथा अन्य सामग्री जलेर नष्ट हुदा करिब ५० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आज बिहान करिब १ः३० बजे अचानक आगलागी भएको हुन सक्ने वडा प्रहरी कार्यालय बैदामका प्रमुख… पुरा पढौ

१०औँ रारा पोखरा स्पोट्र्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी अवार्डका लागि खेलाडी, प्रशिक्षक र संस्थाको नामावली सार्वजनिक गरेको हो । हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयनमा परेकाहरुको नामावली सार्वजनिक गरे । सो अवसरमा बोल्दै हिमश्री फुड्सका प्रवन्ध निर्देशक केसीले दक्षिण एशियाकै पहिलो तयारी चाउचाउ राराले नेपाली उपभोक्तामाझ विशेष विश्वास जितिरहेको उल्लेख गर्दै दशौं पोखरा… पुरा पढौ

पोखरा क्लिकका सम्पादक दीननाथ बराललाई वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड

पोखरा २४, वैशाख, पोखरा क्लिक डटकमका प्रकाशक तथा सम्पादक दीननाथ बराल यस वर्षको वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरामा आयोजना गर्ने १० औँ संस्करणको रारा पोखरा स्पोट्र्स अवार्डको अवसरमा पोखरा २२ का बराललाई उक्त अवार्ड प्रदान गर्ने भएको मञ्चले जनाएको छ । मञ्चको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा २४ बर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय बराललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको मञ्चका अध्यक्ष यामबी आस्था मगरले बताए ।… पुरा पढौ