पोखरा, आगामी फागुन पहिलो साता पोखरामा ग्याल्पो (शेर्पा) ल्होसार २०८२ उत्सव हुने भएको छ । पोखराको अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा फागुन ६ गते देखि ८ गतेसम्म उक्त उत्सव हुने भएको आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । उक्त उत्सवमा परम्परागत शेर्पा साँस्कृतिक प्रस्तुतिहरु, शेर्पा खानाका परिकार तथा हस्तकलाको प्रदर्शनी, साँस्कृतिक अनुष्ठान तथा दिगो पर्यटन र पर्वतीय सम्पदासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु समावेश हुने आयोजकले बताएको छ । मेडीकनेक्ट पोखरा तथा आइसीपीडी नेपालको आयोजना, नेपाल पर्वतारोहण संघ, शेर्पा पर्यटन उद्यमी संघ…
पुरा पढौ