जिवनशैली पत्रिका

पोखरा सहित कास्कीमा बोइलर कुखुराको मासुको मुल्य आज देखि घट्यो

दीननाथ बराल, पोखरा ४, जेठ, पोखरा सहित कास्कीमा बोइलर कुखुराको मासुको मुल्य घटेको छ । पोखरा सहित कास्कीमा हालसम्मकै बोइलर कुखुराको मासुको उच्च मुल्य भए पनि आज (शुक्रबार) देखि लागु हुने गरी बोइलर कुखुराको मासुको मुल्य घटेको पोल्टी व्यवसायी संघ कास्कीले जनाएको छ । शुक्रबार देखि लागु हुने गरी जिउँदो कुखुराको किसान मुल्यमा ३ सय १० बाट घटेर ३ सय रुपैया कायम भएको संघ कास्कीका अध्यक्ष फौदसिंह भण्डारीले बताउनु भयो । त्यसै गरी शुक्रबार देखि लागु हुने गरी उपभोक्ता मुल्यमा… पुरा पढौ

सेन्ट्रल गार्डनको अन्तरक्रिया

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइइ विद्यार्थीसँग अन्तरक्रिया गरेको छ ।क्लबले क्लबको पढाऔं अभियान अन्तर्गत वैशाख १२ गतेदेखि सञ्चालित उद्घोषण, नेतृत्व विकास, भाषणकला, प्रतिवेदन लेखन र आधारभूत कम्प्युटर तालिमका विद्यार्थीसँग सिकाइ उपलब्धिबारे अन्तरक्रिया गरेको हो । क्ललबका संस्थापक अध्यक्ष हरि भाटले क्लबले हरेक वर्ष पढाऔं अभियान अन्तर्गत दुई लाख बराबरको छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले क्लबले स्थापनाकालदेखि पढाऔं अभियान अक्षयकोष स्थापना गरी हरेक वर्ष एसएलसी दिएका सीमान्तकृत समुदायका छोराछोरीलाई निःशुल्क नेतृत्व… पुरा पढौ

एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन ः अधिकारी

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २०८४ सालको निर्वाचनमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बनाउने अभियानमा निरन्तर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीमा संगठीत रहेका नेता तथा कार्यकर्ताले प्रभावकारी काम गर्न सकेको खण्डमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्नबाट कसैले रोक्न नसक्ने उहाँको दावी छ । ‘हरेक संगठनका मानिस लोकप्रिय हुनुप¥यो, जनताको सुख दुःखमा साथ दिने हुनुप¥यो, ठालु आडम्बरी हुनु भएन अनि बल्ल निर्णायक राष्ट्रिय शक्ति बन्छौ, टपर्टुय्याँ तालले हुँदैन, काम चोर… पुरा पढौ

क्लबस्तरीय भलिबलः लिगचरणको ७ खेल सम्पन्न

पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिगचरणको ७ खेल सम्पन्न भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको स्थापना दिवसको अवसरमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । पोखरा महानगरपालिका ३ स्थित नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिगचरणको खेलमा समूह ‘ए’बाट जनकल्याण र समूह‘बी’बाट जिभिपि युके लण्डनले लगातार दोस्रो जित दर्ता गरेका छन् । बिहीबार भएको समूह ‘बी’तर्फको पहिलो खेलमा जिभिपि युके लण्डनले अन्नपूर्ण गाउँपालिका भलिबल संघलाई २–१… पुरा पढौ

राष्ट्रिय सम्पदाको विन्ध्येश्वरीमा प्रशिक्षण

पोखरा, ३ जेठ अन्तर्राष्ट्रिय जैविक विविधता दिवस पोखराका संरक्षणकर्मीले समेत मनाएका छन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको आयोजनामा बिहीबार गिद्ध र लाटोकोसेरोबारे विद्यार्थीलाई प्रशिक्षण दिइएको हो । विन्ध्येश्वरी माध्यमिक विद्यालय पोखरा १९ का विद्यार्थीलाई संरक्षणकर्मी कृष्णमणि बरालले प्रशिक्षण दिएका हुन् । बरालले विश्वमा २३ प्रजातिका गिद्ध पाइनेमा नेपालमा ९ प्रजातिका गिद्ध रहेको जनाए । उनले भने, ‘नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये सबै पोखरामा पाइन्छन् । तर विविध कारणले गिद्धको संख्या भने घटिरहेको छ ।’ गिद्ध, लाटोकोसेरो जस्ता… पुरा पढौ

पोखरामा तेश्रो ब्रेकिङ बाउण्ड्रिज अन्तर मावि छात्र छात्रा टी–२० क्रिकेट प्रतियोगिता शुरु

जेष्ठ ३,पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा बिहीबारदेखि कास्की जिल्ला स्तरिय तेश्रो ब्रेकिङ बाउण्ड्रिज अन्तर मावि छात्र छात्रा टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको छात्रतर्फ भएको उद्घाटन खेलमा बाराही माविले जनप्रिय माविलाई पराजित गरेको छ । किडासा फाउण्डेशनको सहयोगमा शुरु प्रतियोगिताको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले अफिसियललाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । सो अवसरमा उनले किडासाले विद्यालय स्तरिय क्रिकेट आयोजना गरेर नवप्रतिभाशालि खेलाडी उत्पादनमा योगदान पुर्याएको बताए । किडासाका कार्यक्रम एनालिष्ट कृपासु निरौलाले विद्यार्थी… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा विदेशबाट ३ लाख बढी सहयोग प्राप्त, वैदेशिक सहयोगप्रति मञ्चद्वारा आभार व्यक्त

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अन्तराष्ट्रिय क्षेत्रबाट आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ । मञ्चले सहारा क्ल्वका मानार्थ सदस्यद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ कर्मथलो यू.के. प्रस्थान गर्न लागेको अवसर पारेर बिहीबार आयोजित कार्यक्रमा धन्यवादसहित आभार व्यक्त गरेको हो । यही वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा विदेशस्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो । कार्यक्रममा बोल्दै सहारा क्लव पोखराका मानार्थ सदस्य महेश… पुरा पढौ

पोखरा महानगरद्धारा रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना गर्दै

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना गर्दै युवाहरुलाई रोजगारीसँग जोड्ने बताउनु भएको छ । महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने उहाँको बताउनु भएको हो । परियोजनाले युवाहरुलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान गर्नेछ ।”मेयर आचार्यले बताउनु भयो । पुरा पढौ

महानगरले कृषि यान्त्रिकरण अभियान अन्र्तगत मिनीटिलर वितरण

पोखरा महानगरपालिकाले कृषि यान्त्रिकरण अभियान अन्तर्गत ५० प्रतिशतको लागत साझेदारीमा पोखरा २८ मा २० वटा मिनिटिलर बितरण गरेको छ । यस्तै एक वडा एक पकेट कार्यक्रम अन्तर्गत मौरी विस्तारका लागि १०० वटा घार तथा २ वटा मह मदानी ५० प्रतिशत लागतमा बितरणमा गरेको छ । पुरा पढौ

पारा ब्याडमिन्टन खेलाडी विवेक सुवेदीलाई पोखरामा सहयोग

दीननाथ बराल, पोखरा २, जेठ, पारा ब्याडमिन्टन खेलाडी विवेक सुवेदी बहराइनमा हुने अन्तराष्ट्रिय पारा व्याडमिन्टन प्रतियोगितामा सहभागि हुनु पूर्व पोखरामा उहाँलाई सहयोग गरिएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसनले उहाँको सफल यात्रा सहित प्रतियोगितामा पूर्ण सफलताको कामना गर्दै बुधबार सहयोग रकम हस्तान्तरण गरेको हो । फाउण्डेसनका अध्यक्ष भुगोल गुरुङ सहितको टिमले पारा खेलाडी सुवेदीलाई ४० हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो । मे २१ देखि २६ तारिखसम्म बहराइनमा अन्तराष्ट्रिय ब्याडमिन्टनको पारा खेल हुने भएको हो । पुनम गुरुङले… पुरा पढौ