जिवनशैली पत्रिका

फिस्टेल एसइई कपको औपचारिक उद्घाटन

पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को सोमबार औपचारिक उद्घाटन भएको छ । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले रेफ्रीलाई बल हस्तारण गर्दै कार्यक्रमको उद्घाटन गरे । सोमवार प्रिक्वाटरफानलका ८ खेलहरू सम्पन्न भए । पहिलो खेलमा नेपाल आदर्शले वाक ओभर दिएपछि कालिका मावि स्वतः विजयी भयो । यस्तै दोस्रो खेलमा पोखरा पब्लिकलाई ३–२ को पेनाल्टी सुट आउटमा पराजित गर्दै ढुङ्गेसाँघु मावि क्वाटरफानलमा प्रवेश गरेको छ । तेस्रो खेलमा न्यु लेखनाथ एकेडेमीले शिशुनिकेतनलाई ६–१ ले… पुरा पढौ

छिमेकी जिल्लाहरुमा व्यापार प्रवद्र्धन गरेर फर्किए पोखरा होलसेल व्यवसायी

पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु छिमेकी जिल्लाहरुमा व्यापार प्रवद्र्धन गरेर फर्किएका छन् । सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्व तथा सल्लाहकार एवम् पोखरा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य प्रेमप्रसाद सुवेदीको समन्वयमा गएको टोली बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिमहुँदै स्याङ्जामा व्यापार प्रवद्र्धन गरेर पोखरा फर्किएको हो । उद्योग व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले जेठ ३ गतेदेखि ७ गतेसम्म भ्रमण गरेको टोलीले… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्धारा विश्वासको मत प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आज (सोमबार) को बैठकबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कागेंस सहितका दलहरुको विरोधका बाबजुत प्रधानमन्त्री प्रचण्डले राख्नु भएको विश्वासको मत प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो । विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा शुन्य र मत दिन्न भन्ने पक्षमा जम्मा १ मत परेको थियो । विश्वासको मतको प्रस्तावमाथि प्रमुख प्रतिपक्ष कांग्रेस लगायतका केही प्रतिपक्षदलका सांसदहरुले भने मतदान गर्नु भएन । प्रस्तावको पक्षमा नेकपा एमाले, नेकपा… पुरा पढौ

चिल्ड्रेन नेपालद्वारा सहारा आधारभूत बिद्यालयमा सहयोग

पोखरा ९, वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था चिल्ड्रेन नेपालले सहयोग हस्तान्तरण गरेको छ । उक्त संस्थाले बिद्यालयलाई एक समारोहका बिच १ थान रङ्गिन प्रिन्टर हस्तान्तरण गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले बताए । पोखरा महानगरपालिका वडा नं ९, का वडाध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख अतिथ्यतमा सञ्चालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचान कुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । चिल्ड्रेन नेपालले लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले यसरि विद्यालयमा सहयोग गर्न पाउँदा… पुरा पढौ

क्लब १०२ टिकर्ट लिएर सहारा एकेडेमीमा

पोखरा, ६ जेठ सहारा क्लब पोखराले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकका निम्ति टिसर्ट सहयोग गरिएको छ । क्लब १०२ को आयोजना एवं नं। ४ बाहिनी प्रमुख कालीदास धौवजी श्रेष्ठको प्रमुख आतिथ्यमा पोखरा १७, दोबिल्लास्थित एकेडेमीमा आयोजित समारोहमा टिसर्ट सहयोग गरिएको हो । सो अवसरमा क्लब अध्यक्ष केशवराज बरालले नं। ४ बाहिनी प्रमुख श्रेष्ठ र क्लब १०२ का पदाधिकारी, कास्की समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष दिलबहादुर जलारीलाई खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि… पुरा पढौ

पत्रकार विजय नेपाललाई ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान

‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई पुरस्कार र फिल्मकर्मीलाई सम्मान गर्दै आइरहेको छ । लामो समय चलचित्र पत्रकारिता गर्दै आएका विजयलाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गर्ने निर्णय भएको र २०४५ साल देखि नेपाली सिनेमा बनाउँदै आएका फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष प्रभु अधिकारीले जानकारी गराए… पुरा पढौ

जिभिपि युके लण्डनले जित्यो क्लब स्तरीय भलिबलको उपाधि

नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११लाई ३–१को सेटमा पराजित गर्दै उपाधी चुमेको हो । जिभिपी युके लण्डनले जनकल्याणलाई २५–२३,२३–२५,२५–२० र २५–१९ ले जितेको हो । उपाधी बिजेता जिभिपिले नगद १ लाख २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपबिजेता जनकल्याणले नगद ८० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै प्रतियोगितामा माछापुच्छ्रे गाउँपालिका भलिबल… पुरा पढौ

वडाबासीको सित्तैमा जाँच गर्दै पोखरा १७

वडावासीको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको पोखरा १७ ले शनिबार निशुल्क रक्त जाँच शिविर आयोजना गरेको छ । शिविरमा ८ सय ६५ जनाको थाइराइड, मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी वरिष्ठ फिजिसियन डा र्सिजना शर्माले यी रोगबारे प्रकाश पारिन् । उनले सही खानपान, सही जीवनशैली र तनावमुक्त जीवनले धेरै नसर्ने रोग लाग्ने नदिने उल्लेख गरिन् । बेला… पुरा पढौ

बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाको चौथो साधारण सभा सम्पन्न

पोखरा, ५ जेठ, बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ साधारणसभाको एक कार्यक्रमका बीच आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुुभयो । कार्यक्रममा मुख्यमन्त्री अधिकारीले बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनुुपर्नेमा जोड दिनुुभयो । धार्मिक पर्यटनको आँर्फैमा विशिष्ट महत्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले बेगनास ताललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने धारणा राख्नुुभयो । बेगनास र आसपासका क्षेत्रमा पूर्वाधार विकासका कामहरू अघि… पुरा पढौ

गोर्खाका प्रकाश र उषा पोखरा साइकल दौडमा च्याम्पियन

पोखरा, ५ जेठ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ गोर्खाका प्रकाश र महिलातर्फ पनि गोर्खाकी उषा विजेता बनेका हुन् । दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा… पुरा पढौ