जिवनशैली पत्रिका

आइएचएफ ट्रफीमा सहभागिता जनाउने ह्याण्डबल टोलीको बिदाई

भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत आयोजना हुने पुरुष उमेर समुह (यू–२०) र (यू–१८) आई.एच.एफ ट्रफी २०२४ मा सहभागिता जनाउने खेलाडीहरुलाई बिदाई गरिएको छ ।गण्डकी प्रदेश ह्याण्डबल संघले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरेको हो । उक्त प्रतियोगिता यहि असार २६ गतेबाट ३० गते सम्म तय भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगालादेश, भुटान, श्रीलंका, मालदिभ्स, यमन, अफगानिस्तान गरी ८ राष्ट्रले सहभागिता जनाउने छन् । प्रतियोगितामा दुबै उमेर समुहमा गरी सहभागि हुने कुल २८… पुरा पढौ

सवारी दुर्घटनामा परी पोखरामा एक महिलाको मृत्यु

दीननाथ बराल,पोखरा २२, असार, पोखरामा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. १८ ग्यारजातीकी ७२ बर्षीया ललिता थापाको सवार भएको बसले ठक्कर दिदा उपचारकै क्रममा आज मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बिन्दबासिनीचोकबाट सराङकोट तर्फ जादै गरेको ग १ ख ४१५६ नम्बरको बसमा सवार थापा उक्त बसबाट ओर्लिइ हिडने क्रममा बसको पछाडिको पाङग्राले च्यापी गम्भिर घाइते भएको अबस्थामा उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा पुर्याएसंंगै अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो । उक्त घटनाको… पुरा पढौ

मृगौला पीडितलाई निशुल्क डायलसिस सेवा मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताउनुभयो । शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।“गण्डकी सरकारले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”, उहाँले भन्नुभयो । प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको र अब छिट्टै… पुरा पढौ

कास्कीका छिमेकी जिल्लाहरुमा सडक अबरुद्ध, सर्तक रहन कास्की प्रशासनको आग्रह

दीननाथ बराल,पोखरा २२, असार, हिजो देखि परेको अविरल बर्षाले देशका धेरै ठाँउमा बाढी र पहिरो तथा सडक अबस्द्ध भएको अबस्थामा कास्कीमा भने हालसम्मको अबस्था भने छिटपुट घटना बाहेक समान्य अबस्थामा रहेको छ । यो समाचार तयार पार्दासम्म( दिउँसो ४ः५५ बजेसम्म) कास्कीमा कुनै मानविय क्षती नभएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनु भयो ।उहाँका अनुसार कास्कीमा हालसम्म बाढी र पहिरोले खासै मानविय क्षती भएको छैन यद्यपी केही ठाँउमा डुबान भएको जनाउनु भयो । पानी निरन्तर परी रहेकोले जोखिमपूर्ण क्षेत्रमा रहनु… पुरा पढौ

गण्डकी प्राज्ञको सातौं पूर्ण बैठकबाट आगामी आर्थिक वर्षका योजना तय

पोखरा २२ असार, गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष ०८०र०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । यसरी सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण बैठक मार्फत समीक्षा गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पूर्ण बैठकले आगामी आर्थिक वर्ष गर्ने कार्यक्रम लगायतबारे विभिन्न महत्वपूर्ण निर्णय गरेको उहाँले सुनाउनुभयो । ‘विशेषत आर्थिक वर्ष ०८०र०८१ को हामीले सम्पन्न गरेको कार्यक्रमको बारेमा समीक्षा गर्ने काम भयो । हामीले आर्थिक वर्ष ०८०र०८१ मा ५४ वटा… पुरा पढौ

कोन सहकारीको भद्रकाली बहुमुखी क्याम्पसमा छात्रवृत्ति

पोखरा, २२ असार, सहकारीका अध्यक्ष बस्नेतले सामुहिक हितको लागि पारस्परिक सहयोग गर्न र स्वावलम्बी हुन धेरै भन्दा धेरै व्यक्तिहरु मिली स्थापना गरिएको संस्था नै सहकारी हो भन्नुभयो । आर्थिक कारण कुनै पनि व्यक्ति समाजमा पढाइवाट बन्चित नहुन भनी सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्षवाट छात्रबृत्ति सुरु गरिएको बस्नेतले जानकारी दिनुभयो । भद्रकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज रेग्मीले सहकारी क्षेत्रमा अग्रपक्तिमा रहेको संस्थाले सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिनाले क्याम्पस परिवारको तर्फवाट धेरै धेरै धन्यवाद व्यक्त गर्नु भयो । कोन सामुदायिक… पुरा पढौ

एस राज गराज र रिचा थापा को ’माया पिरतीको गाउँ ’ सार्वजनिक

काठमाडौँ २२, असार, गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ । गीतमा सन्तोष तामाङको छाँयाङकन , विजय राज… पुरा पढौ

प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकलाई जनही २० हजार सहित सम्मान

दीननाथ बराल,पोखरा २१, असार, गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकहरुलाई नगद २० हजार सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडी र प्रशिक्षकहरुलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच नगद सहित सम्मान गरेको हो । खेलाडीहरुलाई सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गर्दै आएको दाबी गर्नु भयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले… पुरा पढौ

शनिबार प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता पोखरामा हुने

दीननाथ बराल,पोखरा २१, असार, प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार (भोलि) पोखरामा प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता २०८१ एवं मिस्टर गण्डकी च्याम्पियन हुने भएको छ । पोखरा १२ मा रहेको एस.आर. के.सी.बेन्क्वेटमा विभिन्न ५ वटा तौल समुहमा प्रतिष्प्रर्धा हुने भएको प्रतियोगिताका संयोजक खगेन्द्र क्षत्रीले बताए । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७० तौल समुह माथिको विधामा प्रतिष्प्रर्धा हुने भएको उनले जनाए । ५ विधाका विजेताहरु बिच प्रतिष्प्रर्धा भई ए जना बिजेता भने मिस्टर गण्डकीको उपाधि सहित २५ हजार पुरस्कार… पुरा पढौ

पोखरा १४ का स्थानीयले मणिपाल अस्पतालमा छुट पाउने

पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् ।मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीयले अस्पतालमा छुट पाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । पोखरा–१४ का वडाध्यक्ष कार्कीले वडा बासीका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्धेश्यले अस्पतालसँग ५ शिर्षकमा सम्झौता गरेको बताए । ‘ वडाबासीको स्वास्थ्य उपचारमा सहज र कम खर्चिलो होस भन्ने उद्धेश्यले आज एक कार्यक्रमका बीच मणिपाल अस्पतालसँगै विभिन्न शिर्षकमा सम्झौता गरेका छौं’,… पुरा पढौ