कोन सहकारीको भद्रकाली बहुमुखी क्याम्पसमा छात्रवृत्ति

-


     पोखरा क्लिक     
     असार २२ गते २०८१ मा प्रकाशित


पोखरा, २२ असार,

सहकारीका अध्यक्ष बस्नेतले सामुहिक हितको लागि पारस्परिक सहयोग गर्न र स्वावलम्बी हुन धेरै भन्दा धेरै व्यक्तिहरु मिली स्थापना गरिएको संस्था नै सहकारी हो भन्नुभयो । आर्थिक कारण कुनै पनि व्यक्ति समाजमा पढाइवाट बन्चित नहुन भनी सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्षवाट छात्रबृत्ति सुरु गरिएको बस्नेतले जानकारी दिनुभयो । भद्रकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज रेग्मीले सहकारी क्षेत्रमा अग्रपक्तिमा रहेको संस्थाले सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिनाले क्याम्पस परिवारको तर्फवाट धेरै धेरै धन्यवाद व्यक्त गर्नु भयो ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.द्धारा सामाजिक उत्तरदायित्व अन्र्तगत गरिब तथा जेहेन्दार छात्रवृत्ति शुक्रवार प्रदान गरेको छ । पोखरा १३ स्थित सहकारीले भद्रकाली बहुमुखी क्याम्पसका दुई जना जेहेन्दार विद्यार्थी पुजा घले र पुजा विकलाई छात्रवृत्ति प्रदान गरेको हो । कोन सहकारीका अध्यक्ष तिर्थवहादुर बस्नेत र मानार्थ संरक्षक तथा निवर्तमान अध्यक्ष शरदकान्त सिग्देलले व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सहकारीका मानार्थ संरक्षक सिग्देलले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई शुभकामना दिंदै आगामी दिनमा अझ राम्रो सँग अध्ययन गर्न सल्लाह दिनु भयो ।

गत वर्ष पनि भद्रकाली बुहुमुखी कम्याम्पसमा अध्ययनरत जस्मिना घले र मेनका मल्ललाई सो छात्रवृति प्रदान गरिएको थियो । कोन सहकारीका शिक्षा उपसमितिका संयोजक तथा संचालक खड्क बहादुर गुरुङ(खुशीमान) ले कार्यक्रम संचालन गर्नुभएको थियो ।