कास्कीका छिमेकी जिल्लाहरुमा सडक अबरुद्ध, सर्तक रहन कास्की प्रशासनको आग्रह

-


     पोखरा क्लिक     
     असार २२ गते २०८१ मा प्रकाशित



दीननाथ बराल,
पोखरा २२, असार,


हिजो देखि परेको अविरल बर्षाले देशका धेरै ठाँउमा बाढी र पहिरो तथा सडक अबस्द्ध भएको अबस्थामा कास्कीमा भने हालसम्मको अबस्था भने छिटपुट घटना बाहेक समान्य अबस्थामा रहेको छ । यो समाचार तयार पार्दासम्म( दिउँसो ४ः५५ बजेसम्म) कास्कीमा कुनै मानविय क्षती नभएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनु भयो ।
उहाँका अनुसार कास्कीमा हालसम्म बाढी र पहिरोले खासै मानविय क्षती भएको छैन यद्यपी केही ठाँउमा डुबान भएको जनाउनु भयो । पानी निरन्तर परी रहेकोले जोखिमपूर्ण क्षेत्रमा रहनु हुने सबै जना उच्च सर्तकता अपनाउन प्रशासनले पोखराक्लिक मार्फत आग्रह गरेको छ ।
अविरल बर्षाको कारण पोखराको सेतीनदीमा पानीको बाहब बढेसंगै ५ घरका २३ जनालाई टोल विकास संस्थाको भवनमा सारिएको छ । पोखरा १४ स्थित गोष्टी टोलमा रहेका ५ घर परिवारका २३ जनालाई गोष्टी टोल विकास संस्थाको भवनमा सारिएको कास्की प्रहरीले पो्खराक्लिकलाई जनाएको छ ।
पानीको बाहब बढेको र पानी निरन्तर रुपमा परी रहेकोले उच्च जोखिममा रहेका उहाँको सुरक्षाको लागि हाल उक्त भवनमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले बताउनु भयो ।
स्थानिय बिष्णु माया सुनुवारको ५ जनाको परिवार, डोल्मा शेर्पाको ७ जना, सुकदेव गुरुङको ४ जना, डावा शेर्पाको ४ जना र स्थानिय काजी शेर्पाको ३ जनाको परिवारलाई उक्त स्थानमा सारिएको उहाँले जनाउनु भयो ।
कास्की क्षेत्रमा खासै सडक समेत अबरुद्ध नभएको बताउदै उहाँले छिमेकी जिल्लाहरुमा सडकमा पहिरो गएर सडक अबरुद्ध भएको उल्लेख गर्नु भयो । कास्कीका छिमेकी जिल्ला स्याङजा, तनहुँ, पर्वत लगायतका जिल्लाबाट कास्कीको सदरमुकाम पोखरा आउने राजमार्गहरु समेत अबरुद्ध भएका छन्।