जिवनशैली पत्रिका

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टचार ! छानविन गर्न गठित एक टोली पोखरामा

पोखरा २३, असार, देशका ठुला र राष्ट्रि गौरवका योजनालाई कसरी गुणस्तरिय र त्यसलाई भरपर्दा र दिगो बनाउनु भन्दा पनि त्यससंग जोडिएका विभिन्न निकायहरु नै चर्को रकम अशुल्ने गरी भ्रष्टचार गरेका घटनाहरु सार्वजनिक भएको सन्दर्भमा पोखरामा पनि एउटा गौरवको योजना सम्पन्न भएको डेढ बर्ष पछि अनियमितता भएको आरोपमा छानविन गर्न लागिएको छ । गण्डकी प्रदेशको विकासको इन्जिनको रुपमा रहेको तथा राष्ट्रि गौरवको योजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत सहित निर्माणको गुणस्तर लगायतका बिषयमा प्रश्न उठन थाले पछि हाल आर्थिक… पुरा पढौ

पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी

पोखरा २३, असार, पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालिन करार प्राध्यापकहरुले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोका दवावमूलक धर्ना शुरु गरेका छन् । त्यसै गरी नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले आफ्ना विभिन्न मागहरु राखेर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको सेवा अवधि नथपि नयाँ विज्ञापनमा जाने निर्णय गरेको विरुद्ध करार प्राध्यापकहरु आन्दोलनरत छन् । “विश्वविद्यालयले लामो समयसम्म सेवा… पुरा पढौ

कास्कीका सुजन थापा मिस्टर गण्डकी घोषित

पोखरा २३, असार, गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता २०८१ मा कास्कीका सुजन थापा ‘मिस्टर गण्डकी’ घोषित हुनु भएको छ । पोखरामा शनिबार सम्पन्न भएको प्रतियोगितामा कास्कीका थापाले ओभरअल च्याम्पियन हुँदै मिस्टर गण्डकी घोषित हुनु भएको हो । उहाँले उपाधि सहित नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नु भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रतियोगितामा सुजन थापाले ६० केजी तौल समुहको प्रतिष्प्रर्धामा प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । पोखरा रत्न श्री… पुरा पढौ

शनिबार पहिरोले पुरिनु भएको स्याङजाकी एक महिनाको आइतबार शव भेटियो

पोखरा २३, असार, अविरल बर्षाका कारण शनिबार आफ्नै घर माथिको पहिरोले पुरिनु भएको स्याङजाकी एक महिलाको आइतबार शव भेटिएको छ । स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यमिरे बस्ने ७३ बर्षकी खेम कुमारी मल्लको आइतबार शव भेटिएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । उक्त घटना पश्चात शनिबार देखि आइतबार समेत खोजि गर्दा आइतबार प्रहरीले मध्यान्हः १२ः४५ बजेको समयमा मृत अवस्थामा उहाँको शव फेला पारेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीषक रबिन्द्र रेग्मीले पोखराक्लिकलाई बताउनु भयो । पुरा पढौ

तनहुँबाट मोटरसाइकलमा नाबालिकालाई पोखरा ल्याई करणी गर्ने दुई युवा पक्राउ

दीननाथ बराल, पोखरा २३, असार, तनहुँबाट मोटरसाइकलमा पोखरा ल्याई नाबालिकालाई करणी गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन्। तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पुबाट नाबालिकालाई फकाई छलकपट गरी डरत्रास देखाई पोखरामा ल्याई करणी गरेको आरोपमा कास्की प्रहरीले २१ वर्षका अरुण कुमार दास र १९ बर्षका सुनिल दास भन्ने सुनिल कुमारलाई पक्राउ गरेको हो । धनुषा क्षिरेश्वरनाथ गाउँपालिका वडा नं.१० गोपालपुर स्थायी घर भइ हाल पोखरा ११, रानी पौवा बस्ने २१ वर्षका दास र भारत देश बिहार प्रदेश सितामणी… पुरा पढौ

दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला

चितवन, असार २३ भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गर्नुभयो । विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । चितवन जिल्ला जैविक,… पुरा पढौ

चपस कास्कीको स्थापना दिवसमा खोलियो रिभ्यू बक्स

चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यूू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्युुएफएक्स र मिडटाउनमा राखिएको रिभ्यूू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत ८ जना विजेताको घोषणा गरिएको छ । विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ । सो अवसरमा कास्कीको चलचित्र पत्रकारिताको अवस्था र… पुरा पढौ

पोखरामा वोलेरे जिप चोरी

दीननाथ बराल,पोखरा २३, असार, पोखरामा वोलेरे जिप चोरी भएको छ । पोखरा १४ चाउथे अन्र्तगत बिपी मार्गमा पार्किङ गरेर राखेको ना ४ च १६४१ नम्बरको सिंगल क्याप भएको बोलेरे जित गएराति ३ः४७ बजे चोरी भएको स्थानिय कृष्ण गिरीले बताउनु भयो । उक्त जित बिहान खोज तलास गर्दा मियापाटनमा भेटिएको हो । सीसी क्यामराको फुटेजमा हेर्दा बिहान ३ः४७ बजे उक्त गाडी चोरी भएको र मियापाटन तर्फ गाडी गएको थियो । यसैबिच, उक्त गाडी भए नजिकै पुरानो सेतो कलरको अर्को वोलेर जिप… पुरा पढौ

स्याङ्जामा पहिरोमा पुरिएर श्रीमान श्रीमती सहित ३ जनाको मृत्यु

दीननाथ बराल,पोखरा २२, असार, शुक्रबार देखि परेको अविरल बर्षाले गर्दा स्याङ्जामा पहिरोमा पुरिएर श्रीमान श्रीमती सहित ३ जनाको मृत्यु भएको छ । याङ्जाको बिरुवा–६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी, स्थानिय ६७ वर्षीया हरिमाया शर्मा र उहाँका श्रीमान ७१ वर्षीय माधव शर्माको पहिरोले पुरिएको अबस्थामा उहाँहरुको शव भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । शनिबार बिहान ०८ः२० बजेको समयमा स्याङजा बिरुवा गाउँपालिका–६ स्याङदी माझकोट बस्ने बर्ष ६५ कि गुईश्वरी शर्मा मरासिनीको १ तले २ कोठाको पक्की घर र सोहि… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगिता सम्पन्न

यहि असार १९ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको पुरुष सिंगल्स फाइनल खेल भने शनिबार दिनभरी पोखरामा भएको वर्षाका कारण प्रभावित भएको छ । वर्षाले प्रभावित भए संगै आयोजकले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार फाइनलमा पुगेका खेलाडीहरुलाई बिजेता घोषणा गरेको छ । प्रदेशस्तरीय टेनिस पुरुष सिंगल्सको फाइनलमा नेपाल नं १ बरियता खेलाडी प्रदिप खड्का र नेहाल जङ्ग बहादुर थापा पुगेका थिए । आयोजकले दुबै खेलाडीहरुलाई… पुरा पढौ