तनहुँबाट मोटरसाइकलमा नाबालिकालाई पोखरा ल्याई करणी गर्ने दुई युवा पक्राउ

-


     पोखरा क्लिक     
     असार २३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २३, असार,

तनहुँबाट मोटरसाइकलमा पोखरा ल्याई नाबालिकालाई करणी गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन्। तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पुबाट नाबालिकालाई फकाई छलकपट गरी डरत्रास देखाई पोखरामा ल्याई करणी गरेको आरोपमा कास्की प्रहरीले २१ वर्षका अरुण कुमार दास र १९ बर्षका सुनिल दास भन्ने सुनिल कुमारलाई पक्राउ गरेको हो ।

धनुषा क्षिरेश्वरनाथ गाउँपालिका वडा नं.१० गोपालपुर स्थायी घर भइ हाल पोखरा ११, रानी पौवा बस्ने २१ वर्षका दास र भारत देश बिहार प्रदेश सितामणी जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वार्ड नं. १ सुरसड गाउँ घर भइ हाल रानीपौवा बस्दै आउनु भएको १९ बर्षका कुमार तनहुँ फर्किने क्रममा पक्राउ परेका हुन् ।

पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा ३० पावरहाउस स्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीद्धारा चेकीङ गर्ने क्रममा उहाँहरु भाग्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । ग ८ प ४२८० नम्बरको मोटरसाईकलको बिचमा राखी नाबालिकालाई भाग्न उमक्न नदिई पोखरा ११ रानीपौवा स्थित डेराकोठामा ल्याई बन्धक बनाई १८ गते बिहान अं.०१ः३० बजेको समयमा पालै पालो सामुहिक रुपमा जबर्जस्ती करणी गरी ०३ः३० बजेको समयमा पोखराबाट तनहुँ फर्किने क्रममा उहाँहरुलाई प्रहरीले नियन्त्रमा लिएको हो । उक्त घटनाको थप अनुसन्धान भई रहेको कास्की प्रहरीले जनाएको छ ।