पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टचार ! छानविन गर्न गठित एक टोली पोखरामा

-


     पोखरा क्लिक     
     असार २३ गते २०८१ मा प्रकाशित



पोखरा २३, असार,


देशका ठुला र राष्ट्रि गौरवका योजनालाई कसरी गुणस्तरिय र त्यसलाई भरपर्दा र दिगो बनाउनु भन्दा पनि त्यससंग जोडिएका विभिन्न निकायहरु नै चर्को रकम अशुल्ने गरी भ्रष्टचार गरेका घटनाहरु सार्वजनिक भएको सन्दर्भमा पोखरामा पनि एउटा गौरवको योजना सम्पन्न भएको डेढ बर्ष पछि अनियमितता भएको आरोपमा छानविन गर्न लागिएको छ ।

गण्डकी प्रदेशको विकासको इन्जिनको रुपमा रहेको तथा राष्ट्रि गौरवको योजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत सहित निर्माणको गुणस्तर लगायतका बिषयमा प्रश्न उठन थाले पछि हाल आर्थिक अनियमितताको बिषयमा सोधपुछ र अध्ययन अनुसन्धान गर्न काठमाण्डौंबाटै एक टोली पोखरा आएको छ ।

उक्त विमानस्थल निर्माण सम्पन्न भई हाल संचालनमा आएको डेढ बर्ष पछि आर्थिक अनियमितताको छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले हाल चासो देखाउदै अध्ययन गर्न पोखरा आएको हो । असार १३ गते राजेन्द्र लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे महालेखापरीक्षकको कार्यालयले पनि कैफियत देखाएको छ भने अख्तियारले समेत यस अघि छापा मारी अध्ययन गर्दै गरेको अबस्था रहेको छ । महालेखाले आफ्नो ६१ औँ प्रतिवेदनमा विमानस्थलमा रहेको समस्या हटाएर अन्तर्राष्ट्रिय उडान गर्न सुझाव दिएको छ । उक्त विमानस्थलको बारेमा सम्बन्धित निकायसंग सोमबार जानकारी लिने र फिल्ड भिजिट समेत गर्ने गरी आफुहरुको एक टोली आइतबार पोखरा आएको संयोजक लिङ्देनले बताउनु भयो । आफुहरुले लागत, पहिले देखि हालको अबस्था, यसको उद्धेश्य र आवश्यकताको बारेमा समेत सोधपुछ गर्ने भएको श्रोतले जनाएको छ ।

करिब २२ अर्बमा उक्त विमानस्थल निर्माण भएको हो । पोखरा विमानस्थल निर्माणसम्बन्धी लिङदेनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य रहनु भएको छ । पोखरामा चाट्र्ड बाहेक नियमति हवाई अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।