दीननाथ बराल,
पोखरा २२, असार,
शुक्रबार देखि परेको अविरल बर्षाले गर्दा स्याङ्जामा पहिरोमा पुरिएर श्रीमान श्रीमती सहित ३ जनाको मृत्यु भएको छ । याङ्जाको बिरुवा–६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी, स्थानिय ६७ वर्षीया हरिमाया शर्मा र उहाँका श्रीमान ७१ वर्षीय माधव शर्माको पहिरोले पुरिएको अबस्थामा उहाँहरुको शव भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
शनिबार बिहान ०८ः२० बजेको समयमा स्याङजा बिरुवा गाउँपालिका–६ स्याङदी माझकोट बस्ने बर्ष ६५ कि गुईश्वरी शर्मा मरासिनीको १ तले २ कोठाको पक्की घर र सोहि स्थान बस्ने माधब शर्माको १ तले २ कोठाको पक्की घर देखी अन्दाजी १५० मिटर माथिबाट पहिरो आएको थियो ।
उक्त पहिरोमा परि स्थानीय गुईश्वरी शर्मा मरासिनी, माधब शर्मा र उहाँकी श्रीमती हरिमाया शर्मा सहित घर पहिरोले पुरेको अबस्थामा प्रहरीले उहाँहरुलाई पहिरोबाट निकालेको हो ।