जिवनशैली पत्रिका

नागरिक उन्मुक्ति पार्टीको बरिष्ठ उपाध्यक्षमा पोखराका बाँस्तोला

पोखरा, २५ असार, नागरिक उन्मुक्ति पार्टीको बरिष्ठ उपाध्यक्षमा पोखराका शिव कुमार बाँस्तोला चयन हुनुभएको छ । पोखराका युवा व्यवसायी तथा विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय संघसंस्थामा नेतृत्व लिएर काम गरिसक्नु भएका बाँस्तोलालाई सोमवार अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो । चयन हुनुभएका बाँस्तोला बाँस्तोला कुल सेवा समिति नेपालको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । बरिष्ठ उपाध्यक्ष बाँस्तोला पोखरा पर्यटन, संचार, अटोमोवाइल्स् र रियलस्टेटका सफल व्यवसायी समेत हुनुहुन्छ । पुरा पढौ

इनरह्लि क्लब अफ न्युरोड पोखराको पदस्थापना कार्यक्रम सम्पन्न

पोखरा, असार २५, इनरह्लि क्लब अफ न्युरोड पोखराको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । क्लबका २३÷२४ का अध्यक्ष मिना ढकाल शर्माले नवनिर्वाचित अध्यक्ष गिता केसीलाई सो पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुदै डिष्ट्रिक चियरमेन आशाकुमारी श्रेष्ठले महिलाहरुले समाज परिवर्तनको लागि अग्रसर भएर लागेको उल्लेख गर्नुहुदै मानवीय सहयोग नै क्लबको मुलमन्त्र रहेको बताउनुभयो । उहाँले यो बर्ष सशक्तिकरण र उज्यालोमा रहेर काम गर्ने बताउनुहुदै सदस्यहरुलाई इनरह्लिको प्रतिष्ठा र फेलोसिप बढाउँदै नयाँ जोशका साथ समाज सेवामा प्रेरित गर्ने बताउनुभयो । विश्वव्यापी… पुरा पढौ

एम्नेष्टी नेपाल अन्नपूर्ण समूह ५४ को २३ औं वार्षिक साधारण सभा सम्पन्न

अन्तराष्ट्रिय मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कार्यक्रमको एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक कोमलनाथ कुवरले उद्घाटन गर्दै मानवअधिकारको वकालत गर्ने गरी एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको बताउदै एम्नेष्टी अभियानलाइ व्यापक बनाइ मानवअधिकार संरक्षण नयाँ उचाईमा पुराउनु पर्ने बताउनुभयो । एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक नविनराज बरालले मानव अधिकारका क्षेत्रमा प्रभावकारि भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक अनन्त कोइराला , एम्नेष्टी… पुरा पढौ

‘प्रवासी नेपाली मन्च युके साउथ वोइस्ट’ शाखाको अध्यक्षमा प्रमिश, सचिवमा अधिकारी चयन

प्रवासी नेपाली मन्च युके साउथ वोइस्ट शाखाको अध्यक्षमा प्रमिश शर्र्मा शिवै सर्वसम्मत चयन भएका छन्।युकेमा भएको मन्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का, सचिवमा प्रताप अधिकारी र कोषाध्यक्षमा चन्दन गुरुङ चयन भए । यस्तै मन्चको सदस्यहरुमा नइन्द्र गुरुङ, हेम थापामगर, सपना मल्ल के।शी, सुसेन थापा, सन्तबहादुर गुरुङ, प्रकाश गिरी र प्रमोद थापा चयन भएका छन् । यसअघि कार्यक्रम बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको बिकास र प्रबर्द्धन हुने सकारात्मक खालको काम गर्ने बताए । उनले आफुलाई अध्यक्ष बनाएकोमा सबैलाई… पुरा पढौ

पोखरामा नेपाल एयरलायन्सबाटै अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग, भ्रष्टचारीलाई कार्वाही गर्न सुझाव (फोटो, भिडियो)

दीननाथ बराल, पोखरा २४, असार, पर्यटकीय राजधानि पोखरामा नेपाल एयरलायन्सबाटै अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्न माग गरिएको छ । सोमबार पोखरामा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको डेढ बर्षमा पनि व्यवसायीक रुपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसकेकोमा गुनासो गर्दै अब नेपाली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलायन्सबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग गर्नु भएको हो । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिद्धारा गठन भएको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको अध्ययन तथा अनुगमन उपसमितिको एक टोलीसंग सोमबार पोखराका क्षेत्रका पर्यटन व्यवसायी यहाँको… पुरा पढौ

ग्राण्ड फिनालेको तयारीमा नेपालको पहिलो फुड रियालिटी शो

नेपालको पहिलो फुड रियालिटी शो ुशेफ नेपालुको बाँकी भाग आगामी बिहीबारदेखि प्रसारण हुने भएको छ । विभिन्न अप्ठ्याराहरूका कारण रोकिएको बाँकी एपिसोडहरू आगामी बिहिवार, शुक्रबार र शनिबार कान्तिपुर टेलिभिजनमा प्रसारणमा हुने शेफ नेपालले जनाएको छ । आउँदो शनिबार शेफ नेपालको एकजना उत्कृष्ट प्रतिस्पर्धि पहिलो फुड रियालिटी शोको पहिलो विजेता छनोट हुने जानकारी एक पत्रकार सम्मेलनबीच शेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए । ललितपुर बुङ्मतिमा रहेको नेपालकै अत्याधुनिक इनडोर अम्युजमेन्ट पार्क दि वन्डरल्याण्ड बाँकी एपिसोडका लागि मुख्य… पुरा पढौ

३७ युनिट रगत संकलन

पोखरा, २४ असार पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले ब्लड ब्याग हस्तान्तरण गरी शुुभारम्भ गर्नुुभयो । कार्यक्रममा उहाँले रक्तदान जीवनदान भएको बताउँदै यसको महत्वबारे प्रकाश पार्नुुभयो । महानगरभित्रका सहकारीमा खासै समस्या नदेखिएको बताउँदै उहाँले यहाँका सहकारीलाई चुस्त दुुरुस्त राख्नका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुुभयो ।… पुरा पढौ

रोटरी क्लब अफ लेकसाइडको नवौं पदस्थापन

पोखरा, २४ असार, रोटरी क्लब अफ पोखरा लेकसाइडको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४÷२५ का अध्यक्ष उपेन्द्र अधिकारीको टिमको आइतबार आयोजित समारोहमा पदस्थापन भएको हो । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यमा भएको पदस्थापनमा कोइरालाले रोटरीले वातावरण, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा रोटरीले काम गर्दै आएको बताए । रोटरी लेकसाइडका सल्लाहकारसमेत रहेका उनले क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले यस वर्ष प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिए कार्यक्रममा… पुरा पढौ

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

२४ असार, पोखरा, अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए । बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका ८ घर परिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए । उनका अनुसार बाढी पीडितलाई चामल, दाल, तेल, नुनलगायत सहयोग गरिएको हो । ‘नदी… पुरा पढौ

पर्यटन राजधानीमा आर के हस्पिटालिटीको अन्तराष्ट्रिय स्तरको किचन ल्याब

पोखरा, २४ असार , गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पर्यटन राजधानी पोखराको सिर्जनाचोकमा चार वर्ष अघिदेखि सञ्चालनमा आएको आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ । कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ संस्थाले अन्तराष्ट्रियस्तरको किचन ल्याब सञ्चालनमा ल्याएको हो । किचन ल्याबको एक कार्यक्रमका बीच आइतबार होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसी लगायतले उद्घाटन गर्नुुभयो ।कार्यक्रममा होटेल संघ पोखराका अध्यक्ष… पुरा पढौ