नागरिक उन्मुक्ति पार्टीको बरिष्ठ उपाध्यक्षमा पोखराका बाँस्तोला

-


     पोखरा क्लिक     
     असार २५ गते २०८१ मा प्रकाशित


पोखरा, २५ असार,

   नागरिक उन्मुक्ति पार्टीको बरिष्ठ उपाध्यक्षमा पोखराका शिव कुमार बाँस्तोला चयन हुनुभएको छ ।
   पोखराका युवा व्यवसायी तथा विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय संघसंस्थामा नेतृत्व लिएर काम गरिसक्नु भएका बाँस्तोलालाई सोमवार अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो ।

   चयन हुनुभएका बाँस्तोला बाँस्तोला कुल सेवा समिति नेपालको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।
   बरिष्ठ उपाध्यक्ष बाँस्तोला पोखरा पर्यटन, संचार, अटोमोवाइल्स् र रियलस्टेटका सफल व्यवसायी समेत हुनुहुन्छ ।