
पोखरा, असार २५,
इनरह्लि क्लब अफ न्युरोड पोखराको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । क्लबका २३÷२४ का अध्यक्ष मिना ढकाल शर्माले नवनिर्वाचित अध्यक्ष गिता केसीलाई सो पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुदै डिष्ट्रिक चियरमेन आशाकुमारी श्रेष्ठले महिलाहरुले समाज परिवर्तनको लागि अग्रसर भएर लागेको उल्लेख गर्नुहुदै मानवीय सहयोग नै क्लबको मुलमन्त्र रहेको बताउनुभयो ।
उहाँले यो बर्ष सशक्तिकरण र उज्यालोमा रहेर काम गर्ने बताउनुहुदै सदस्यहरुलाई इनरह्लिको प्रतिष्ठा र फेलोसिप बढाउँदै नयाँ जोशका साथ समाज सेवामा प्रेरित गर्ने बताउनुभयो । विश्वव्यापी रुपमा इनरह्लि परिवारलाई सालग्न हुने अवसरहरु पनि प्रदान गर्ने र स्तन र पाठेघरको क्यान्सर कार्यक्रम, बालबालिकाका लागि अटिजममा विभिन्न विद्यालयहरुसँग सहकार्यमा काम गर्ने श्रेष्ठले बताउनुभयो ।
उहाँले नेपालमा ४१ व्टा क्लब रहेको र यस बर्ष ५० वटा क्लब पुर्याउने लक्ष्य रहेको बताउँदै क्लब र सदस्य संख्या बढाउन आग्रह गर्दै पोखरेली क्लबको एकताको प्रशंसा गर्नुभयो । त्यसैगरी निवर्तमान अध्यक्ष मिना ढकाल शर्माले आफ्नो कार्यकालमा गरिएका गतिविधिहरुको वृत्तचित्र प्रस्तुुत गर्नुहुदै सामाजिक, धार्मिक र मानविय सेवामा लाग्दा सन्तुष्टी प्राप्त हुने बताउनुभयो । उहाँले क्लबले नेतृत्व बिकास सँगै एकताका साथै हरेक क्षेत्रमा काम गर्ने हौसला मिलेको बताउनुभयो ।
रोटरी एसिस्टेन गर्वनर गिता सिग्देलले क्लबले महिला सशक्तिकरण मात्र नभई एकताका लागि शक्ति प्रदान गरेको बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गिता केसीले अग्रज रोटरीयनको साथ लिएर आफ्ना भावी योजना अगाडि बढाई सामाजिक क्षेत्रमा संस्थालाई परिस्कृत गर्दै लैजाने बताउनुभयो । कार्यक्रममा रोटरी क्लब न्युरोडका पूर्वअध्यक्ष रबिप्रसाद बरालले क्लबले अझै जिम्मेवार र परिस्कृत गर्दै लगेकोमा खुसी व्यक्त गर्नुभयो ।
त्यसैगरी वर्तमान अध्यक्ष दिपेन्द्र शर्माले द म्याजिक अफ रोटरीको नारालाई आत्मसाथ गर्दै मानविय सेवामा काम गर्ने बताउनुभयो । कार्यक्रममा इनरह्लि क्लब अन्नपूर्णका अध्यक्ष रेनु श्रेष्ठ, इनरह्लि क्लब अफ पोखराका अध्यक्ष रेश्मा वैद्य, मिटटाउन पोखराका अध्यक्ष जुना थापा, कार्यक्रम संयोजक नारायणी बास्तोला, पूर्वअध्यक्ष गंगाकुमारी पराजुली पौडेल, मेनुका लाभाजु लगायतले क्लब र सामाजिक सेवाको बारेमा बोल्नुभएको थियो ।