पोखरामा नेपाल एयरलायन्सबाटै अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग, भ्रष्टचारीलाई कार्वाही गर्न सुझाव (फोटो, भिडियो)

-


     पोखरा क्लिक     
     असार २४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २४, असार,

पर्यटकीय राजधानि पोखरामा नेपाल एयरलायन्सबाटै अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्न माग गरिएको छ । सोमबार पोखरामा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको डेढ बर्षमा पनि व्यवसायीक रुपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसकेकोमा गुनासो गर्दै अब नेपाली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलायन्सबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग गर्नु भएको हो ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समितिद्धारा गठन भएको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको अध्ययन तथा अनुगमन उपसमितिको एक टोलीसंग सोमबार पोखराका क्षेत्रका पर्यटन व्यवसायी यहाँको निजी क्षेत्र, प्रदेश, स्थानिय सरकार र स्थानिय सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु बिच भएको छलफल कार्यक्रममा सहभागिहरुले पोखराबाट नेपाल एयरलायन्सबाट पहिलो चरणमा अन्तर्राष्ट्रिय हवाई उडान तत्काल सुरु गर्न सुझाव दिनु भएको हो । उक्त विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितताको भएको बिषय चर्चामा आएसंगै उक्त बिषयमा अध्ययनको लागि एक टोली अध्ययन तथा अवलोकन सहित प्रतिवेदन तयार गर्न उपसमितिका संयोजक राजेन्द्र लिङ्देनको संयोजकत्वमा एक टोली आइतबार पोखरा आएको हो ।

उक्त विमानस्थल निर्माणको क्रममा भएको भ्रष्टचारको सत्यतथ्य सार्वजनिक गर्दै दोषी उपर कडा भन्दा कडा कार्वाही गर्न पोखरेलीले माग गरेको नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताउनु भयो । डिपिआर बन्नु पूर्व गहन छलफल विना पर्यटन मन्त्रालय र चाइनाको सीएमसी कम्पनीसंग उक्त परियोजनाको संझौता हुनुनै विमानस्थमा अनियमितताको सुरुवात त्यहीबाट भएको उहाँले दाबी गर्नु भयो । उक्त परियोजना ईपिसि मोडलमा स्विकृत भएको तर त्यसको बारेमा गहन अध्ययन नभएको पूर्व अध्यक्ष मुल्मीले बताउनु भयो । ३ सय ५ मिलियन डलरबाट २ सय १५.९६ मिलियन डलरसम्म कसरी घट्न सक्यो अर्को रह्स्य भएको उहाँको भनाई छ ।

त्यसै गरी पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको पोखरा शहर अन्तराष्ट्रिय क्षेत्रमा पर्यटनको लागी परिचित प्रमुख गन्तव्य भएकोले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बाट नियमीत अन्तराष्ट्रिय उडान राष्ट्रिय ध्वजावाहक जहाज नेपाल एयरलाइन्सवाट शुरुवात गनुपर्ने जोडदार माग गर्नु भयो । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्र्तराष्ट्रिय उडान भर्न नेपाल वाट अन्तराष्ट्रिय उडान सञ्चालन गरेका हवाई प्रदायक कम्पनीहरुलाई आवश्यक प्याकेजको व्यवस्था गरी पोखरा अन्तराष्ट्रिय विमानस्थल वाट उडान गर्न प्रेरित गनुपर्ने माग सहित परिषदले ७ बुंदे माग पत्र उपसमितिका संयोजक लिङ्देनलाई बुझाउनु भएको छ ।

त्यसै गरी पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बाट अन्र्तराष्ट्रिय उडान गर्न आवश्यक निति, नियमहरु सहजिकरण गर्न, पोखरा अन्तराष्ट्रिय विमानस्थल बाट छिमेकी देशहरु भारत र चिनका मुख्यशहर हरुमा उडान गर्न राष्ट्रिय स्तरका हवाई कम्पनीहरुलाई अनुमती प्रदान गर्न, आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट देश भित्रका मुख्य शहरहरुमा सिधा उडान भर्नु अनिवाय गर्नुपर्ने, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिजिविलिटि १६०० मिटर हुदा पोखरा अन्तराष्ट्रिय विमानस्थको भिजिविलिटि ३७०० मिटर हुन् पोखरा अन्र्तराष्ट्रिय विमानस्थलवाट अन्तराष्ट्रिय उडान हुनुको मुख्य कारण हो ? यस विषयमा अध्ययन समितिको ध्यानाकर्षण गराउन गराएको छ भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान गरीरहेका हवाई कम्पनीहरु लाई कम्तीमा पनि हप्तामा दुई वटा फ्लाईट पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट सरकारले अनिवार्य रुपमा उडान गर्ने पर्ने गरी बाध्यकारी बनाउन परिषदले माग गरेको छ ।

उक्त छलफल कार्यक्रममा समितिलाई पोखरामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले दिएको सुझाव सहितको भिडियो ।

कार्यक्रममा गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा विमानस्थलको बिषयमा आफुहरुले पनि उत्तर दिन नसक्ने अबस्थामा रहेको गुनासो गर्दै पोखराबाट अन्तराष्ट्रिय हवाई उडान गर्न माग गर्नु भयो । पोखराका मेयर धनराज आचार्यले पटक पटक विभिन्न छानविन समितिहरु गठन भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो भएको बताउदै, पोखरामा भएको विमानस्थलमा हाल दैनिक जसो ५ हजार जना पर्यटक ओहोर दोहोर गर्ने गरेको दाबी गर्नु भयो । भू राजनीतिकका कारण पोखराबाट अन्तराष्ट्रिय हवाई उडान हुन नसकेको उहाँको आरोप थियो ।

पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष विश्वशंकर पालिखेले ठुलो लगानीमा निर्माण भएको उक्त संरचनालाई दिगो रुपमा संचालन गर्ने बिषयमा नेपाल हवाई उड्डयन प्राधिकरण –क्यान) चुकेको दाबी गर्नु भयो । पोखरा विमानस्थलको ६ मिटर उचाई घटाउनु अनियमितता भएको उहाँको दाबी थियो । पोखराका पर्यटन व्यवसायी गोपी बहादुर भट्टराईले पोखरा विमानस्थलमा पार्किङ शुल्क देखि समस्या रहेको उल्लेख गर्दै पोखरा विमानस्थल, नेपाल भ्रमण बर्षको आधारमा भएको खबौंको लगानीको राज्यले सुरक्षित हुने वातावरण तयार गर्न पोखराबाट अनिवार्य रुपमा अन्तराष्ट्रिय विमानस्थल संचालन गर्नुपर्ने दाबी गर्नु भयो ।

कार्यक्रममा पोखराका व्यवसायी असोक पालिखेले भुटानले पोखरामा अन्तराष्ट्रि«य हवाई उडान गर्न चाहेर पनि किन रोकएको हो भनी प्रश्न गर्दै विमानस्थल निर्माणमा दोषी उपर कार्वाही गर्न माग गर्नु भयो । पोखरा विमानस्थलको नाम अनुसार व्यहारमा लागु हुने गरी अन्तराष्ट्रिय हवाई उडान गर्नुपर्ने पोखरा १४ का वडा अध्यक्ष बोधराज कार्कीले बताउनु भयो । अबौंको परियोजना बने पनि स्थानिय रुपमा उक्त परियोजनाले गर्ने केही भौतिक पूर्वाधार निर्माणमा ढिलासुस्ती गरेको उहाँको आरोप थियो ।

उक्त विमानस्थल निर्माण सम्पन्न भई हाल संचालनमा आएको डेढ बर्ष पछि आर्थिक अनियमितताको छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले हाल चासो देखाउदै अध्ययन गर्न पोखरा आएको हो । असार १३ गते राजेन्द्र लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरेको थियो । टोलीले पोखरा विमानस्थल सहित रिठ्ठेपानी डाँडा लगायतको बिषयमा अध्ययन अवलोकन तथा सोधपुछ गरेको समितिले पोखराक्लिलाई जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे महालेखापरीक्षकको कार्यालयले पनि कैफियत देखाएको छ भने अख्तियारले समेत यस अघि छापा मारी अध्ययन गर्दै गरेको अवस्था रहेको छ । महालेखाले आफ्नो ६१ औँ प्रतिवेदनमा विमानस्थलमा रहेको समस्या हटाएर अन्तर्राष्ट्रिय उडान गर्न सुझाव दिएको छ । उक्त विमानस्थलको बारेमा सम्बन्धित निकायसंग आइतबार र सोमबार जानकारी लिने र फिल्ड भिजिट समेत गर्ने गरी आफुहरुको एक टोली आइतबार पोखरा आएको संयोजक लिङ्देनले बताउनु भयो । आफुहरुले लागत, पहिले देखि हालको अबस्था, यसको उद्धेश्य र आवश्यकताको बारेमा समेत सोधपुछ भएको उहाँको भनाई थियो । सुझावमा आएका बिषय बस्तु माथि आफुहरुले गहन अध्ययन गर्ने उहाँले जनाउनु भयो ।

करिब २२ अर्बमा उक्त विमानस्थल निर्माण भएको हो । पोखरा विमानस्थल निर्माणसम्बन्धी लिङदेनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य रहनु भएको छ ।पोखरामा चाट्र्ड बाहेक नियमति हवाई अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । चाइना, भुटानबाट यस अघि चाट्र्ड हवाई उडान मात्र भएको छ । चाइनाको सिएएमसी कम्पनीले चाइनाकै एम्जिम बैंकसंगको सहकार्यमा ऋण सहायतामा उक्त परियोजना डेढ बर्ष अघि सम्पन्न गरेको थियो । ९३ प्रतिशत मात्र निर्माण कार्य सकिदा उक्त परियोजना हतारमा हस्तान्तरण हुनु अर्को राज्य पक्षबाटे गलत भएको सहभागिले गुनासो गर्नु भएको थियो ।